समाचार
१२ असोज, काठमाडौं । कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक भेटिएका हुन् । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् । सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई […]
१२ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले तत्काल आम निर्वाचनमा जानुपर्नेमा जोड दिएको छ । शेरबहादुर देउवा सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चार माध्यमहरुमाथि पनि सरकारले संविधान मिचिँदा पनि मौन बसेको आरोप लगाए । २९ असारमा सरकार छाडेका ओलीले पहिलो पटक मंगलबार सम्पादक तथा पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । प्रचार […]
१२ असोज, जनकपुरधाम । पटक–पटक आश्वासन मात्रै दिएको भन्दै मधेश आन्दोलनका शहीद परिवारले सोमबार जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमा धर्ना दिँदै नाराबाजी गरेका छन् । जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक मंगलबार बिहानदेखि धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा चलिरहेको छ । शहीद परिवार तथा घाइते भएकाहरु बैठकस्थलमै आएर धर्ना तथा नाराबाजी गरेका […]
१२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा सम्पन्न गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ । मंगलबारसम्म प्रदेशका १०९ मध्ये ९ जिल्लाका ७७ स्थानीय तहमा अधिवेशन सम्पन्न हुँदा सभापति शेरबहादुर देउवा पक्षका भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा दोब्बर बढी संख्यामा निर्वाचित भएका छन् । प्रदेशका १२ […]
१२ असोज, काठमाडौं । बाढीले क्षतिग्रत भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि नयाँ ठेक्का लगाउने तयारी भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै मन्त्रिपरिषदमा कार्ययोजना प्रस्ताव पठाएको छ । योसँगै एसियाली विकास बैंक (एडीबी) ले आयोजनाको पुनर्स्थापनाका लागि खर्च नगर्ने पक्का भएको छ । बाढीग्रस्त आयोजनालाई […]
१२ असोज, काठमाडौं । नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिएको छ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरेको हो । आइतबार बसेको कार्यदलको बैठकले माओवादी छाडेर एमालेमै रहेका नेताहरु सहित २ जेठ २०७५ अगाडिको एमाले संरचनाका नेताहरुसहितको बैठक राखेर पार्टी सञ्चालनमा ल्याउने निर्णय […]
१२ असोज, वीरगञ्ज । गर्भपतनलाई अन्तिम विकल्पको रुपमा मात्रै लिन सरोकारवालाहरुले सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले असुरक्षित गर्भपतनले महिला ज्यान जाने खतरा हुने बताए । सिद्धार्थ इन्टरनेशनल कलेजकी निर्देशक डा. सुष्मा द्विवेदीले गर्भपतनका क्रममा आफूले भोगेको तीतो अनुभव सुनाइन् । शिक्षित परिवारमा जन्मिएकी उनले सामाजिक परिवेशका […]
१२ असोज, काठमाडौं । भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिले अदालतबाट सफाइ पाएपछि काठमाडौं प्रहरी परिसर, टेकुले बल्ल प्रमाण जुटाउन थालेको छ । अपहरण तथा शरीर बन्धक कसुरका आरोपी दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई प्रहरी भारतबाट पक्राउ गरेको थियो । तर अदालतबाट सफाइ पाए । काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद […]
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६औं महासभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले विभिन्न अन्तर्राष्ट्रिय, क्षेत्रीय र दुईपक्षीय एजेण्डा र विषयमा नेपालको धारणा राखेका छन् । यस अगाडिको तुलनामा केही अन्तर्राष्ट्रिय एजेण्डामा नेपालले आफ्नो पोजिसन स्पष्ट पारेको छ । महासभामा नेपालले उठाएका विषयलाई बुँदागत रुपमा विश्लेषण गरिएको छ । […]
१२ असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले निजी क्षेत्रको गुनासो सम्बोधन गरेर सूचना प्रविधिको थप विकासमा लाग्न सरकारसँग आग्रह गरेकी छन् । निजी क्षेत्रको गुनासोलाई सम्बोधन नगरी सूचना प्रविधि क्षेत्रको विकासले गति लिन नसक्ने उनको भनाइ छ । मंगलबार काठमाडौंमा आयोजित सूचना प्रविधि क्षेत्रको विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा सभापति खड्काले भनिन्, […]
१२ असोज, गुल्मी । गुल्मीमा पाइने चराहरुको विषय समेटिएको पुस्तक सार्वजनिक गरिएको छ । नेपाल पंक्षी संरक्षण संघ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको विषय समेटिएको पुस्तक मंगलबार एक कार्यक्रमका बीच विमोचन गरिएको हो । जिल्ला सदरमुकाम तम्घासमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण […]
१२ असोज, वीरगञ्ज । मानव सेवा आश्रम वीरगञ्ज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्धार गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीबाट उनको उद्धार गरिएको हो । लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने बित्तिकै गाली गर्ने र एक्लै पनि कराइरहने समस्या उनमा छ । सामाजिक […]
१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको छलफलमा प्रमुख विपक्षी दलका नेता ओलीले सरकारको यो निर्णयले नेपालमा विपत्ति ल्याउने बताए । सरकारले बजेट प्रतिस्थापन विधेयकको दफा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, ईन्जिनियर, कानुन व्यवसायी, लेखा […]
१२ असोज, काठमाडौं । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका […]
१२ असोज, काठमाडौं । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा सम्पर्कविहीन भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका विनोद शर्माले छोरा सम्पर्कविहीन भएको भन्दै उजुरी दिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले अनलाइनखबरलाई बताए । उनका अनुसार नजिकै बस्ने एक जना आफन्तले उनलाई लिएर गएको हुनसक्ने देखिएको छ । ‘भारत घर भएका […]
१२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालयको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । अभियान […]
१२ असोज, काठमाडौं । संसदीय समितिले चाडपर्वको बेलामा सर्वसाधारणलाई खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु सर्वसुलभ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेको बैठकले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको […]
१२ असोज, जनकपुरधाम। सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय रुपेश बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ । बीआर०७भी ५३१६ नम्बरको मोटरसाइकलमा सबार रहेका बैठालाई ट्याक्टरले ठक्कर दिँदा घट्नास्थलमै […]
१२ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ । गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ । जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद […]
१२ असोज, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा नेपाली नागरिक जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थीले आफ्नो पुत्ला जलाएकोप्रति आपत्ति जनाएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार बुझाएको ज्ञापनपत्र मन्त्रालयमा बुझ्दै मन्त्री खाणले घटनाको सम्बन्धमा छानबिन समितिले अहिलेसम्मकै राम्रो प्रतिवेदन बुझाएको र त्यो प्रतिवेदन आफूले […]
१२ असोज, काठमाडौं । भारतीय विदेश मन्त्रालयका नेपाल मामिला हेर्ने एक उच्च अधिकारी मंगलबार काठमाडौं आएका छन् । भारतीय दूतावास स्रोतका अनुसार विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव काठमाडौं आएका हुन् । उनी संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।
from समाचार – Online Khabar https://ift.tt/3zOS6yt
via IFTTT