समाचार
९ असोज, जनकपुरधाम । अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् । गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ […]
९ असोज, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह […]
९ असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् । उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउन एशियाली […]
९ असोज, काठमाडौँ । अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुपर्छ तथा बङ्गालको खाडीबाट जलवाष्फयुक्त हावा आउनेक्रम रोकिनुपर्छ । ‘अहिले त्यस्तै अवस्था रहेको छैन । त्यसैले तत्काल मनसुन बाहिने सम्भावना छैन’ उनले भनिन् । यस वर्ष […]
९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दुई पटक प्रतिनिधिसभा संसद् विघटन गर्नुपर्नाको कारण राजनीतिक प्रतिवेदनमा आउनुपर्ने माग राखेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन मस्यौदा अपूर्ण रहेको आचार्यको भनाइ छ । उनले राजनीतिक प्रतिवेदनमा संसद् विघटन गर्नुपर्ने बाध्यताबारे खुलाउन माग गरेका छन् । ‘पुस ५ गते प्रतिनिधिसभा […]
अहिले धरान बजारमा लाहुरे–लाहुरेनीको भीड देखिंदैन । बेलायतमा बस्ने अधिकार पाएपछि धरानबाट लाहुेरहरू एकएक गर्दै बेलायत, सिङ्गापुर र ब्रुनाईतिर लागिसके । धरानमा रहेका करीब १० हजार भूपू गोर्खा परिवारमध्ये ९० प्रतिशत जति बेलायत गइसकेको भूपू लाहुरेहरू बताउँछन् ।
९ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूहरुविरुद्धको मुद्दा किनारा लागेकाले अब छिट्टै सरकारमा सहभागी हुने बताइन् । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरुद्धमा परेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि अब सरकारमा सहभागी हुने र पार्टीभित्रका अरु काम अघि बढाउन सहज भएको उनको भनाइ छ । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दैै उनले […]
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफूले पार्टीमा फर्स्ट म्यान भएर काम गर्न चाहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए । फेरि पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए कांग्रेसको हालत प्रजा परिषदको […]
९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ । केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताए । समूह प्रदेशका आधारमा बनाइएको […]
९ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स-११ लाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनायो । ललितपुरका लागि पवन सर्राफले ६१ रन बनाए । […]
९ असोज, गुल्मी । गुल्मीको मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणा भएको छ । जिल्लाका १२ वटा स्थानीय तहमध्ये मालिका पहिलो पूर्ण संस्थागत प्रसूति गाउँपालिका बनेको छ । गत आर्थिक बर्ष ०७७÷७८ मा गाउँपालिकाका ३३२ जनाको प्रसुति अस्पतालमा भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले बताए । जसमा २४२ जना गाउँपालिका भित्रैका बर्थिङ्ग सेन्टरमा […]
एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी छोरी लीमा अधिकारी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट सक्रिय राजनीतिमा आउने भएकी छन् । एकीकृत समाजवादीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
९ असोज, महेन्द्रनगर । महेन्द्रनगर बजारबाट शनिबार प्रहरीले छ क्वीन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा ठूलो परिमाणमा घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका व्यापारी पदम ठकुराठीको हो । प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा […]
९ भदौ, काठमाडौं । काठमाडौंमा शनिबार शुरु भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् । अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे । उक्त ओभरमा ललितपुरले १४ रन जोडेको थियो । ईपीएलको उद्घाटन खेलमा […]
९ असोज, न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय महासभामा भारत र पाकिस्तानबीच चर्काचर्की भएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि मुस्लिमविरुद्ध ‘आतंक मच्चाइरहेको’ र भारतलाई मुस्लिमरहित मुलुक बनाउन खोजेको आरोप लगाएपछि चर्काचर्की भएको हो । सयुक्त राष्ट्रसंघमा पाकिस्तानले बारम्बार भारतको आलोचना गर्दै आएको छ । तर यसपालिको बैठकमा खानले गरेको भाषण अलि आक्रामक […]
श्रीमती मालार्डलाई बिसञ्चो नै त थिएन तर उनी पूर्ण स्वस्थ पनि थिइनन् । पछिल्ला कतिपय वर्षदेखि मुटुको व्यथाले उनलाई निरन्तर दुःख दिइरहेको थियो । यहीबीच अचानक उनलाई श्रीमान्को मृत्युको दुःखद खबर दिनुपर्ने भयो । परिचितहरूले यस कुरामा निकै हेक्का पुर्याए र उनका श्रीमान्को मृत्युको समाचार सुनाउँदा बज्रपात पर्ने जस्तो गरी नभई सकेसम्म सहज होस् भन्ने […]
पीडाहरु बटुलेर, रोही रहुँ जस्तो लाग्छ खुसीहरु समेटेर, हाँसी रहुँ जस्तो लाग्छ आँशु-आँशु हुन्न जीवन खुसी-खुसी हुन्न जीवन भेट्यो जस्तै उस्तै हुन्छ, सोचे जस्तो हुन्न जीवन श्वेता खड्का के बन्न चाहन्थिन् ? अतितलाई फर्केर हेर्दा उनलाई यही प्रश्नले विथोल्छ । बुवा भन्थे, ‘आर्मी अफिसर बन्नुपर्छ ।’ उनले आफ्नै मनलाई सोधिन् । र, जवाफ त्यही पाइन् […]
९ असोज, काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ […]
९ भदौ, पोखरा । कोरोना माहामारी जोखिम कम हुनेबित्तिकै घुम्न निस्किंदा पोहोर यही छेको पोखराको पामे क्षेत्र एकाएक आकर्षणको केन्द्र बन्यो । पामे क्षेत्रमा लागेको नेपाली पर्यटकको भीडले धेरैलाई खुसीको सञ्चार मात्रै गरेन, लकडाउनकै बीच रेस्टुरेन्टहरु समेत निर्माण भए । तनहुँको मानुङकोट सामाजिक सञ्जालमा भाइरल थियो । मानुङकोटमा जम्मा भएको थेगिनसक्नु भीडले देशैभरि तरंग ल्यायो […]
‘एउटा व्यापारीले इलामको इतिहास नै नामेट पारिसक्दासमेत कसैको कानमा बतास लागेन हौ,’ उद्योगी-व्यापारीकै नेता इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालु प्रायः पत्रकारसँग भेट्नेबित्तिकै गुनासोको पोको खोलिहाल्छन्, ‘इलाम र चिया पर्यायवाची थिए, चियाको इतिहास चैं चिया ठेकेदारले नै सखाप पार्ने भए ।’ जिल्लाबाट निर्वाचित भएर देशकै ठूलो ओहोदामा पुगिसकेका नेतादेखि मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि […]
९ असोज, काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । ‘विभिन्न मुलुकले ऊर्जा क्षेत्रको अबको बाटो हाइड्रोजनको प्रयोगबाट तय गर्ने रणनीति बनाइसकेका छन्’ विश्वविद्यालयले गरिरहेको […]
from समाचार – Online Khabar https://ift.tt/2WcNXqn
via IFTTT






















