समाचार
१४ असोज, काठमाडौं । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । बिहीबारका लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो । आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको दावी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम […]
१४ असोज, काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् । लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् ।
१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । […]
१४ असोज, काठमाडौं । साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका […]
१४ असोज, काठमाडौं । उद्योगमा आगलागी भएपछि यति कार्पेटलाई करिब ३ वर्ष बजारबाट हराउन बाध्यता आईपर्यो । करिब ५०देखि ६० प्रतिशत मार्केट सेयर भएको कार्पेट एकाएक बजारमा आउन छाडेपछि परिस्थिति फरक बनेको थियो । यो बीचमा विभिन्न नयाँ उद्योगहरु थपिए, प्रतिस्पर्धाले नयाँ रुपमा लियो । तर, २०७७ पुसमा यतिले नयाँ उद्योगबाट नयाँ प्रविधिमार्फत नयाँ ढंगले […]
१४ असोज, गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो । निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने उनका […]
१४ असोज, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए । वर्तमान […]
१४ असोज, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जना महिलाको शव भेटिएको छ । क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको […]
१४ असोज, काठमाडौं । अहिले समग्र विश्व नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको अवस्थामा नेशनल जियोग्राफीले हिमालय क्षेत्रमा यसको अध्ययनको क्रममा तीनओटा कीर्तिमान कायम गरेको छ । उनीहरुले सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने अध्ययन गरेका थिए । रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दू-कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण […]
१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ । आजै दिउँसो १ बजे प्रतिनिधि […]
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित […]
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान […]
काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब चेल्सीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन फेडेरिको चिएसाले ४६औं मिनेटमा एक मात्र गोल गरे । समूह एचमा लगातार दोस्रो जित हात पारेको युभेन्ट्स ६ अंकसहित शीर्ष स्थानमा छ । पराजित चेल्सी तीन अंकसहित दोस्रो स्थानमा छ । अर्को खेलमा जेनित […]
सिद्धान्त के हो ? जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त हो कि होइन निर्क्योल गर्नुपूर्व सिद्धान्त के हो र यसले के गर्छ भन्नेतर्फ ध्यान दिनु जरूरी छ । त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन । सिद्धान्त एउटा मानक हो । तथ्यबाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरू सहितको मानक । तथ्यहरू सत्य […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१-२२ खराब प्रदर्शनको सिलसिला कायम राख्दा लगातार दोस्रो हार बेहोरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भएको हो । वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो […]
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा डिनामो किभलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह ई मा लगातार दोस्रो खेल जित्ने क्रममा बायर्नका लागि रोवर्टो लेवान्डोस्कीले दुई गोल गरे । घरेलु मैदान एलिएन्ज एरेनामा लेवान्डोस्कीले १२औं र २७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई २-० को अग्रता दिलाएका थिए । […]
गैरआवासीय नेपाली संघको आसन्न चुनावको माहोल तातिरहेको छ । उम्मेद्वारहरू मत माग्न व्यस्त छन् । १०औं महाधिवेशनको सँघारमा आइपुग्दा गैरआवासीय नेपाली संघका गतिविधि र पछिल्लो चुनावी माहोल हेर्दा धेरैको मनमा विभिन्न प्रश्न उठिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै आफ्नो मातृभूमि प्रति जोड्ने एउटा महान उद्देश्य सहित ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर […]
१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]
१३ असोज, काठमाडौं । रघुजी पन्त, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै विश्वास गर्ने नेताहरुमध्ये पर्छन् । अहिलेसम्म साथ दिएका पन्तले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाउँदा भने साथ दिएनन् । धेरैका लागि यो आश्चर्यजनक थियो । पन्तका अनुसार नेता नेपालले नयाँ पार्टीमा आउन मात्र होइन, महासचिवको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर […]
१३ असोज, काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा शव भेटिएको छ । होटलको एक कोठामा शव भेटिएको खबर आएपछि अहिले डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ । मृतक कतारी नागरिक भएको प्रहरीले बताएको छ । चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म […]
१३ असोज, पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको केही होचो भागमा छ । पोखरा शहरको धेरैजसो क्षेत्रको वर्षाको पानीको निकास यही विमानस्थल क्षेत्रमै जान्छ । पोखरा महानगरपालिका–१४ चाउथेमा बनिरहेको उक्त विमानस्थल होचो भागमा भएकै कारण त्यहाँ पोखराका फुलबारी, शितलादेवी, कुँडहर क्षेत्रको पानी जम्मा हुने गर्छ । तर, ती पानीको निकासको उचित व्यवस्थापन नहुँदा […]
from समाचार – Online Khabar https://ift.tt/3CZOls0
via IFTTT