समाचार
१२ असोज, भक्तपुर । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् । कोभिड-१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक […]
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
१२ असोज, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा-छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । […]
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान […]
१२ असोज, धादिङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङका १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्ष हाबी देखिएको छ । पौडेल पक्षले ९ वटा पालिकामा नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ । […]
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।
नेपाली समाजमा एउटा भनाइ प्रचलित छ– ‘कुतीको बाटो हिंडेर काशी पुगिंदैन।’ राज्यको वर्तमान चरित्र र संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना हेर्दा कतै हामी कुतीको बाटो काशीको यात्रा त गरिरहेका छैनौं भन्ने भान हुन्छ । संविधानमा समाजवादउन्मुख राज्यको परिकल्पना गरेपश्चात् राज्य संयन्त्रका हरेक अंगमा यसको प्रतिबिम्ब देखिनुपर्ने हो तर न यसअघिको कम्युनिष्ट पार्टी नेतृत्वको करीब […]
१२ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको […]
१२ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ । यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए […]
११ भदौ, पोखरा । पोखरा लेकसाइडबाट बिहान देखिएको सर्लक्कै खुलेको हिमाल अन्नपूर्ण गाउँपालिकाको नौडाँडा देउराली पुग्दा लगभग बादलको घुम्टोभित्र लुकिसकेको थियो । १० बजे नौडाँडा पुग्दा २ घन्टाअघिजस्तो हिमालको लस्कर देखिएन । बादलले ढाकिनै आँटेको अन्नपूर्णलाई पृष्ठभूमिका राखेर पार्क योङ सुकले जीवनसाथीसँग सेल्फी खिचे उनी हुन्, नेपालका लागि दक्षिण कोरियाली राजदूत । गत साल राजदूत […]
११ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् । यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले […]
११ असोज, काठमाडौं । सरकारले दल विभाजन सहज हुने गरी ल्याएको अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । गत भदौ २ गते जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले पार्टीको संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेको थियो । सरकारले ३२ साउनमा हठात […]
११ असोज, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने […]
११ असोज, काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक […]
११ असोज, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचानका लागि गरिने जिन सिक्वेन्सिङ सरकारी प्रयोगशालामा नै शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ शुरु भएको हो । सोमबार डा. झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि जैविक केन्द्रीय विभागमा […]
११ असोज, बुटवल । रुपन्देहीका छड उद्योगीको एक समूहले स्पञ्ज आइरन आयातमा शून्य भन्सार दर कायम गरिएको प्रति आपत्ति जनाउदै पुरानै भन्सार दर लागू गर्न माग गरेको छ । प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको बजेटमा सीमित उद्योगीको स्वार्थपूर्ति र एकाधिकार लाद्न सहयोग पुग्ने गरी स्पञ्ज आइरन आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शून्यमा झार्नु र एमएस विलेटको […]
११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ […]
११ असोज, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् । संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर […]
गएको शुक्रबारसम्म कान्ति बाल अस्पतालमा ७४ जना बालबालिकामा एमआईएससी रोगको संक्रमण पुष्टि भयो । बच्चा एवं परिवारका अन्य सदस्यलाई कोरोना लागेको तीनदेखि पाँच हप्ताभित्र देखिने प्राणघातक रोग एमआईएससीबाट शुक्रबारसम्म कान्ति बाल अस्पतालमा मात्रै १७ जना बच्चाको ज्यान गएको अस्पतालले जनाएको छ। यीमध्ये अधिकांशको यो रोगको लक्षण थाहा नपाएर समयमै अस्पताल नल्याउँदा मुटु, मिर्गौला, मस्तिष्क र […]
११ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । कर्जा (ऋण) लगानीमा आक्रामक भएका बैंकहरुले निक्षेप संकलन भने अत्यन्तै न्युनमात्रै गरेका कारण बैंकहरुमा तरलता अभाव हुने संकेत देखिएको हो । असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको […]
११ असोज, काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका थिएनन् । तर जब काठमाडौंमा पनि जहाज अवतरण गरेन र फनफनी घुम्न थाल्यो, के भएको हो भनेर सोधीखोजी गरे । विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, […]
from समाचार – Online Khabar https://ift.tt/39JBX2I
via IFTTT