समाचार
१० असोज, डोटी । नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन । दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका […]
१० असोज, चितवन । चितवनका सातमध्ये पाँच स्थानीय तहमा भएका अधिवेशनबाट पदाधिकारीहरु निर्वाचित भएका छन् । पाँचमध्ये तीन वटामा रामचन्द्र पौडेल पक्षका र दुई वटामा देउवा पक्षका निर्वाचित भएका छन् । कांग्रेस चितवनका अनुसार कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट नयाँ पदाधिकारीहरु चयन भएका छन् । भरतपुर महानगरपालिका र […]
१० असोज, धनगढी । कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न भएको स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । जिल्ला सदरमुुकाम समेत रहेको भीमदत्त नगरपालिकाको सभापतिमा अच्युतराज कलौनी विजयी भएका छन् । प्रतिद्वन्द्वी आशिष खत्रीलाई पराजित गर्दै कलौनी नगर सभापतिमा विजयी भएका हुन् । कलौनीले […]
१० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । […]
१० असोज, दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो । भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्ष चयन भएका छन् । प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर […]
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको […]
१० असोज, काठमाडौं । जर्मनीमा आज आम निर्वाचन हुँदै छ । जर्मन चान्सलर एङ्गेला मर्केलको १६ वर्ष लामो सत्ता सन्चालनपछि नयाँ चान्सलर चयनका लागि हुन लागेको यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमा एङ्गेला मर्केलको समर्थन पाएका अर्मेल ल्यानसेट र अनेलिना बेरभोकबीच मुख्य प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । जर्मनीका ६ करोड […]
१० असोज, बुटवल । नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए । बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय […]
१० असोज, काठमाडौं । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् । काठमाडौँ वसन्तपुर […]
१० भदौ, पोखरा । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ । राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र […]
९ असोज, दाङ । सत्तारुढ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको प्रथम सम्मेलनको उदघाटन समारोहलाई शनिबार सम्बोधन गर्दै महराले भने, ‘तपाईंहरू ढुक्क हुनुस् एमसीसी कुनै पनि हालतमा पास हुँदैन ।’ उनले एमसीसीलाई नेपालमा टेकेर […]
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए […]
९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय नेताहरुले विगतको गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्न नसक्ने बताएका छन् । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले पार्टी अहिलेको अवस्थामा आइपुग्नुको कारणबारे गम्भीर समीक्षाको माग गरेका हुन् । समूहगत छलफलपछि टोली नेताहरुले शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा सुझाव पेश गरेका थिए । ‘पार्टी एकता, सरकार गठन, सरकारले गरेको कामहरु, […]
९ असोज, पोखरा । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेको बताएका छन् । बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू निर्वाचनले एमाले भातृ संगठन अनेरास्ववियुको औपचारिक विदाई गर्ने जिकीर गरे । केपी ओलीको पटक–पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले निकट अनेरास्ववियुले विद्यार्थी […]
९ भदौ, पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र छिर्ने सडकबाटै नेपाली कांग्रेस पोखरा महानगर समिति निर्वाचनको चहलपहल थियो । कास्की कांग्रेसको राजनीतिमा पोखरा महानगर समितिले ठूलो अर्थ राख्ने भएकाले नेता, कार्यकर्ताको ध्यान यतै थियो । पोखरा महानगर समितिमा सभापतिका उम्मेदवारको पम्प्लेट भिरेर मतदाता तथा शुभेच्छुकले भोट मागिरहेका थिए । आम निर्वाचनकै झल्को दिने गरी […]
अहिले धरान बजारमा लाहुरे–लाहुरेनीको भीड देखिंदैन । बेलायतमा बस्ने अधिकार पाएपछि धरानबाट लाहुेरहरू एकएक गर्दै बेलायत, सिङ्गापुर र ब्रुनाईतिर लागिसके । धरानमा रहेका करीब १० हजार भूपू गोर्खा परिवारमध्ये ९० प्रतिशत जति बेलायत गइसकेको भूपू लाहुरेहरू बताउँछन् ।
‘एउटा व्यापारीले इलामको इतिहास नै नामेट पारिसक्दासमेत कसैको कानमा बतास लागेन हौ,’ उद्योगी-व्यापारीकै नेता इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालु प्रायः पत्रकारसँग भेट्नेबित्तिकै गुनासोको पोको खोलिहाल्छन्, ‘इलाम र चिया पर्यायवाची थिए, चियाको इतिहास चैं चिया ठेकेदारले नै सखाप पार्ने भए ।’ जिल्लाबाट निर्वाचित भएर देशकै ठूलो ओहोदामा पुगिसकेका नेतादेखि मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि […]
उनी कार्यक्रममा पुगेको एक घण्टा पुगेपछि हातको घडी हेर्दै भन्थे, ‘लौ एक घण्टा भयो, म हिंडें ।’ उनी त्यसो भनेर जुरूक्क उठेर हिंडिहाल्दथे चाहे कार्यक्रम सकिन लागेको होस्, आधा भएको होस् वा भर्खरै शुरू हुन लागेको किन नहोस् ।
पीडाहरु बटुलेर, रोई रहुँ जस्तो लाग्छ खुसीहरु समेटेर, हाँसी रहुँ जस्तो लाग्छ आँशु-आँशु हुन्न जीवन खुसी-खुसी हुन्न जीवन भेट्यो जस्तै उस्तै हुन्छ, सोचे जस्तो हुन्न जीवन श्वेता खड्का के बन्न चाहन्थिन् ? अतीतलाई फर्केर हेर्दा उनलाई यही प्रश्नले विथोल्छ । बुवा भन्थे, ‘आर्मी अफिसर बन्नुपर्छ ।’ उनले आफ्नै मनलाई सोधिन् । र, जवाफ त्यही पाइन् […]
९ असोज, काठमाडौं । प्रविधि पत्रकार मञ्चको अध्यक्षमा गोपाल साउद चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको अधिवेदशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा रवीन्द्र घिमिरे, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा अर्पना मगर चयन चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा रक्षा रेग्मी, राजु बास्कोटा, अभिषेक गुप्ता र मिना […]
९ भदौ, पोखरा । कोरोना माहामारी जोखिम कम हुनेबित्तिकै घुम्न निस्किंदा पोहोर यही छेको पोखराको पामे क्षेत्र एकाएक आकर्षणको केन्द्र बन्यो । पामे क्षेत्रमा लागेको नेपाली पर्यटकको भीडले धेरैलाई खुसीको सञ्चार मात्रै गरेन, लकडाउनकै बीच रेस्टुरेन्टहरु समेत निर्माण भए । तनहुँको मानुङकोट सामाजिक सञ्जालमा भाइरल थियो । मानुङकोटमा जम्मा भएको थेगिनसक्नु भीडले देशैभरि तरंग ल्यायो […]
from समाचार – Online Khabar https://ift.tt/3mgMNTR
via IFTTT





















