समाचार
१४ असोज, काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ । ् पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी […]
१४ असोज, बनेपा । काभ्रेको बनेपा बजारमा सञ्चालित अधिकांश पशु बधशाला दर्ताविना नै सञ्चालन भएको पाइएको छ । जिल्ला बजार अनुगमन समिति, काभ्रेले बुधबार गरेको बजार अनुगमनका क्रममा विनादर्ता बधशाला सञ्चालन गरेको पाइएको हो । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले खाद्यान्न, मासु, कस्मेटिकलगायतका पसलको अनुगमन गरेको हो । अनुगमन टोलीले पशु […]
१४ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ । प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ […]
१४ असोज, काठमाडौं। चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरई) का कारण न्यून तथा मध्यम आय भएका मुलुकहरु अर्बौं डलर बराबर ‘अदृश्य ऋण’को भार बोक्न बाध्य भएका छन् । हालै गरिएको एक अनुसन्धानले बिआरआईका कारण कैयौं मुलुकहरु झण्डै ३८५ अर्ब अमेरिकी डलर बराबरको ‘अदृश्य ऋण’ बोक्न बाध्य भएको देखाउँछ । उक्त अनुसन्धानले केही वर्षदेखि […]
१४ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् । उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो । नारायणभक्तलाई काठमाडौंको सिफलबाट […]
१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसदमा नाराबाजी गरिरहेको नेकपा एमाले स्वयंम अनुपस्थित भयो। बालुवाटारमा बसेको बैटकमा सहभागी दलहरुले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक भइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे । तर बिहीबार पनि एमालेले संसदमा नाराबाजी गर्यो । बैठक सुरु हुनासाथ नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनमा […]
१४ असोज,बुटवल । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी गौडेलको हत्या भएको थियो […]
१४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्यामडी अहमद इलिजिबली, नेपालका लागि […]
१४ असोज,बुटवल । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लामा भएको गाउँ/नगर अधिवेशनमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व देखिएको छ । जिल्लाका १० पालिकामध्ये ९ वटा पालिकामा सम्पन्न अधिवेशनमा पौडेल पक्षका ७ जना र शेरबहादुर देउवा पक्षका २ जना सभापति निर्वाचित भएका हुन् । कपिलबस्तुको सदरमुकाम कपिलबस्तु नगरपालिकाको सभापतिमा पौडेल पक्षका खुर्सेद अहमद […]
१४ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]
१४ असोज, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् । यद्यपि विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको उनले बताए । भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो […]
१४ असोज, काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ […]
१४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । उनकाअनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न […]
१४ असोज, काठमाडौं । भोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको शुक्रबार १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी […]
१४ असोज, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको भूमिकामाथि समीक्षा गर्ने भएको छ । संघीयता लागू भइसकेको अवस्थामा गृह प्रशासन, जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे गृहले समीक्षा गर्न लागेको हो । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै संघीयतामा प्रशासनको भूमिकाबारे प्रश्नावली पठाएको छ । मन्त्रालयका शाखा अधिकृत सुमन पण्डितले […]
पहिले एक किलो जिरा मसला किन्ने ग्राहकहरु अहिले आधी किलोमा झरेका छन् । खटाइ–खटाइ उपभोक्ताहरु बजारमा किनमेल गरिरहेका छन् । सडकमा हिंड्ने मान्छेको चहल पहलबाट चाहिं दशैं लाग्यो तर व्यापारमा छैन ।
१४ असोज, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को शेयर ठूला लगानीकर्ताहरुको सिण्डिकेट हुने गरी आवेदन लिइएको छ । कम्पनीले सामान्य नागरिकको पहुँच नै नहुने गरी शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्न लागेको हो । कम्पनीले साउन ५ देखि भदौ ५ गतेसम्म शतप्रतिशत हकप्रद खुला गरेको थियो । शेयरधनीहरुले हकप्रदमा रुचि नदेखाएपछि संस्थापक […]
१४ असोज, गोरखा । मंगलबार दिउँसो साढे १ बजे गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरु खाजा खान व्यस्त देखिन्थे । ईसीडीका बालबालिकाहरु जाउलो चना खाँदै थिए भने त्यसभन्दा माथि ५ कक्षासम्मका बालबालिका चना भुजा । सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् […]
१४ असोज, जाजरकोट। डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । ‘माथि ठूलाठूला […]
१४ असोज, काठमाडौं । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ । तर प्रमुख विपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ, जहाँ ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । स्थानीय प्रशासनको आदेशले एमालेको महाधिवेशन प्रभावित हुन्छ ? ललितपुरका प्रमुख जिल्ला अधिकारी […]
१४ असोज, काठमाडौं । पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा […]
from समाचार – Online Khabar https://ift.tt/3oixnkj
via IFTTT