Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विप्लव नेतृत्वको नेकपा अझै आन्तरिक सुरक्षामा चुनौति रहेको सेनाको विश्लेषण

८ असोज, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अझै चुनौतिका रुपमा रहेको नेपाली सेनाले विश्लेषण गरेको छ । जंगीअड्डामा भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’मा विप्लव नेतृत्वको नेकपा अझै सुरक्षा चुनौतिका रुपमा रहेको जर्नेलहरुले निष्कर्ष निकालेका हुन् । नेपाली सेना ‘तीन जोड एक कमाण्ड’ संरचनामा गएपछि पहिलो पटक भएको बैठकमा मूलतः […]

एमालेमा १० नेता : असन्तुष्टि छ, विकल्प छैन

८ असोज, काठमाडौं । शुक्रबार शुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले अन्तर पार्टी निर्देशिका (अपानि)–१२ पनि छलफलको एजेण्डा बनाउन माग गरे । १३ भदौमा जारी उक्त अपानिमा १० बुँदे सहमति कार्यान्वयन गर्ने ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटीको निर्णय समावेश छ । उपाध्यक्ष रावललाई केन्द्रीय सदस्यहरू झपड रावल […]

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना पदमुक्त पछि पनि भ्रष्टाचारमा तानिने

८ असोज, काठमाडौं । छोरीको नाममा शेयर खरीद गरेर विवादमा तानिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मप्रसाद ढुंगानाले भ्रष्टाचारको आरोप आकर्षित हुने काम गरेको खुलेको छ । अर्थ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको कागजात र अन्य प्रमाणले ढुंगानाका गतिविधि शंकास्पद देखिन्छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले गरेका मुख्य तीन क्रियाकलापहरू भ्रष्टाचार र […]

वसन्तपुरमा महिलाले ताने इन्द्रजात्राको रथ

८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको प्रमुख जात्रा मानिने इन्द्रजात्राको अन्तिम दिन  शुक्रबार इन्द्रको विधिपूर्वक पूजा गरिएको छ । जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि शुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ । जात्रा नसकिँदासम्म हरेक दिन बेलुकी श्वेत भैरवको प्रसाद स्वरुप जाँड र समयबजी खुवाइने […]

३० वर्षअघि क्यामेरा चलाउने ग्रामीण महिलाको कथा

करीब तीन दशकअघि सुर्खेतको रामघाटमा एउटा अनौठो कार्यक्रम भयो । गाउँका केही महिलाहरु भिडियो खिच्ने एउटा तालिममा सहभागी भए । आफ्ना कुरा आफैं क्यामेरामा खिच्ने र त्यसलाई आफू हेर्ने र अरुलाई पनि हेराउने यो कार्यक्रम त्यसबेला यस दुर्गम गाउँका लागि अनौठो थियो नै । महिलाहरुले गाउँको समस्याबारे बोल्ने, भिडियो खिच्ने र यसरी खिचिएका भिडियो गाउँमा […]

कांग्रेसमा टुंगियो समावेशी प्रतिनिधित्वको विवाद

८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समावेशी प्रतिनिधित्वको विवाद टुंगिएको छ । अब प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक जना दलित तथा मधेसी/थारु/मुस्लिम/अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना अनिर्वाय महाधिवेशन प्रतिनिधित्व हुने भएको छ । जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दा अल्पसंख्यक समुदायको प्रतिनिधित्व घट्ने भन्दै कांग्रेसमा असन्तुष्टि देखिएको थियो । नेपाल दलित संघसम्वद्ध नेताहरुले […]

खेमबहादुरको बयान : श्रीपेच लगाएपछि राजा बनिन्छ भन्ने लाग्यो

८ असोज, काठमाडौं । रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार अवलोकनका लागि नारायणहिटी दरबार संग्रहालय पुगे । टिकट काटेर संग्रहालयको विभिन्न कक्ष नियाल्दै अघि बढेका उनी जब श्रीपेच रहेको कक्षमा पुगे, अनपेक्षित गतिविधि गर्न थाले । उनले श्रीपेच राखिएको कोठाको भित्तामा रहेको सोकेसको सिसा फुटाए । त्यहाँबाट खुकुरी निकालेर श्रीपेच भएतिर अघि […]

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ प्रचण्ड र बादल दुवै चितवनका हुन् […]

विमलेन्द्र, शशांक र प्रकाशमानबीच भेट : सहमतिमा उम्मेदवारी दिने विषयमा छलफल

८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिका तीन आकांक्षी नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ महामन्त्री शशांक कोइरालाको निवासमा भएको छलफलमा उनीहरुबीच आसन्न महाधिवेशनमा सहमतिमा उम्मेदवारी दिने लगायतका विषयमा छलफल भएको बताइएको छ । निधि, कोइराला र सिंहबीच आसन्न महाधिवेशनमा सभापति पदका अन्य आकांक्षी नेताहरुसँग पनि छलफल […]

कानून मिचेर औषधिको मूल्यवृद्धि, महानिर्देशकले अनुचित लाभ लिएको आरोप

८ असोज, काठमाडौं । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कानून विपरीत ७ वटा विदेशी कम्पनीका ५२ ब्राण्डको औषधिको मूल्य वृद्धि गरेको पाइएको छ । यसमा करोडौंको व्यक्तिगत लाभ लिएको आशंका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । ‘विभागका महानिर्देशक र औषधि व्यवस्थापकले गुपचुप औषधिको मूल्य बढाउनु […]

मकवानपुरमा दशैं लक्षित सुरक्षा योजना, भीडभाड नगरी चाडपर्व मनाउन आग्रह

९ असोज, वीरगञ्ज । जिल्ला सुरक्षा समिति मकवानपुरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमसँगै चाडबाडमा हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि […]

वर्षायामको रातमा बिजुली लैजाने र हिउँदका दिनमा फर्काउने बिहारको प्रस्ताव

८ असोज, काठमाडौं । नेपालमा खपत भएर बढी भएको विद्युत् भारतको विहारसँग आदान-प्रदानको लागि प्राधिकरणले छलफल अघि बढाएको छ । प्राधिकरणले वर्षायाममा खेर गएको बिजुली किन्न गरेको प्रस्तावमा विहारको सरकार सकारात्मक देखिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संसदको विधायन व्यवस्थापन समितिमा बुधबार यसबारे जानकारी दिएका छन् । उनका अनुसार विहारले वर्षायाममा नेपालको साँझ […]

१५ बेडको बागलुङ नगर अस्पताल सञ्चालनमा

८ असोज, गलकोट । बागलुङ नगरपालिकामा १५ शैय्याको नगर अस्पतालको सञ्चालनमा आएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप बागलुङ नगरपालिका–१३ स्थित पैंयुपाटा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी बागलुङ नगर अस्पताल बनाइएको हो । शुक्रबार एक समारोहका बीच बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरे । नगर अस्पताल निर्माणका लागि स्थानीयको […]

पर्यटकलाई अनअराइभल भिसा खुल्दा व्यवसायीमा उत्साह

८ असोज, काठमाडौं । ११ चैत २०७६ सालमा शुरु भएको लकडाउनपछि नेपाली पर्यटन उद्योगमा सकारात्मक सञ्चार गर्ने खबर बिहीबार फैलियो । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट बोकेर आए अनअराभइल भिसा प्राप्त गर्न सक्ने निर्णय गरेको छ । यसले नेपाल आउन चाहेर पनि क्वारेन्टिनको झन्झटका कारण आउन नमानिरहेका पर्यटकलाई उत्साह […]

मकवानपुर प्रहरीले गर्‍यो ३ हजार गाँजाको विरुवा नष्ट

८ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजाको ३ हजार विरुवा नष्ट गरेको छ । शुक्रबार दिउँसो ३: ४५ बजेको सयमा प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले ३ हजार गाँजाको विरुवा नष्ट गरेको हो । राक्सिराङ गाउँपालिका झिल्किनीबाट पलासेतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले लागुऔषध गाँजाको विरुवा फालेको प्रहरीले जनाएको छ ।

सिक्चेतमा देखिएको खाद्यान्‍न समस्या समाधान गर्न पहल गर्छु : गृहमन्त्री खाण

८ असोज, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पहिरोले सडक अवरुद्ध गोरखाको चुमनुबरी गाउँपालिकाका-६ को सिक्चेत गाउँमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका छन्। ‘चूम सिक्चेत मानखाङ गुम्बा’को उद्घाटन गर्न शुक्रबार सिक्चेत पुगेका मन्त्री खाणले सडक अवरुद्ध हुँदा देखिएको खाद्यान्‍न समस्या समाधानका लागि तत्काल पहल सुरु गर्ने बताए। गत भदौ दुई गते लोक्पा र सर्दी […]

बागमती प्रदेश प्रहरीले सबै वडामा गुनासो पेटिका राख्ने

८ असोज, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबारदेखि रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका १ सय ५१ वटा वडाबाट सुझाव पेटिका […]

नेतृत्वलाई गगनको प्रश्न : कहिल्यै विधिमा चल्नुनपर्ने ?

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशन अनिश्चित बन्दै गएकोमा असन्तुष्ट जनाएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन्, ‘ कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन । कहिल्यै विधिमा चल्नुनपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।’ नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्‍नुपर्ने अवस्था रहेको भन्‍दै […]

चोरी गरी ल्‍याएको मोबाइलसहित दुईजना पक्राउ

८ असोज, काठमाडौं । प्रहरीको महानगरी अपराध महाशाखाले भारतबाट चोरी गरी ल्‍याएको आरोपमा मोबाइलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ घर भइ काठमाडौं शंखमुल बस्‍दै आएका २१ वर्षीय आकाश कार्की र बर्दिबास नगरपालिका-१४ घर भइ हाल काठमाडौं महानगरपालिका-३१ जडिबुटी बस्‍दै आएका २१ वर्षीय अमित कुमार महतो रहेका छन् । भन्सार छलेर चोरी […]

वसन्त चौधरीलाई हृदयघात

८ असोज, काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई हृदयघात भएको छ । हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।

थप १,४७६ जनामा कोरोना संक्रमण,  १,५५० संक्रमणमुक्त

८ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो […]



from समाचार – Online Khabar https://ift.tt/3o5uUtn
via IFTTT
Powered by Blogger.