समाचार
१० असोज, काठमाडौं । चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट एक जनालाई पक्राउ गरेको छ । भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो । साइकलमा सवार यादवलाई शंका लागी चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको […]
१० असोज, काठमाडौं। महानगरीय अपराध महाशाखाले क्यानडामा फुड प्याकेजिङमा काम लगाइदिने भनी ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका-१० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय प्रवेज आलम रहेका छन् । उनीहरुले पीडित झापा कमल गाउँपालिका-६ घर भइ काठमाडौं बानेश्वर बस्ने आशिष काफ्लेलाई क्यानडामा फुड […]
१० असोज, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा करिव ५ हजार नेता कार्यकर्ता सहभागी हुने भएका छन् । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनको उद्घाटन १५ असोजमा ललितपुर, गोदाबरीको सनराइज हलमा हुनेछ । महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको मस्यौदालाई केन्द्रीय कमिटी बैठकले आइतबार पास गरेको छ ।
१० असोज, काठमाडौं । जर्मनीमा आइतबार आम निर्वाचन हुँदैछ । यो निर्वाचनपछि जर्मन चान्सलर एन्जेला मर्र्केलको कार्यकाल सकिनेछ । मर्केलले पटक पटक गरी १६ वर्ष चान्सलर पद सम्हालेपछि पद छाड्न लागेकी हुन् । उनी विदा भए पनि उनका नीतिहरु कार्यान्वयन गर्न उनैको पार्टीलाई जिताउने वा विपक्षी पार्टीलाई सरकार बनाउने मौका दिने भन्ने निर्णय अब जर्मन […]
१० असोज, काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् । साफको तयारीका लागि हाल कतारमा रहेको २५ जनाको टोलीबाट गोलकिपर […]
१० असोज, काठमाडौं । आन्तरिक पर्यटकीय गतिविधि बढाउन सरकारी कर्मचारीलाई दिइने भनिएको पर्यटन काज बिदा छिटो कार्यान्वयनमा ल्याउन होटल व्यवसायीले माग गरेका छन् । विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा होटेल संघ नेपाल (हान)मा आवद्ध व्यवसायीहरुले यस्तो अनुरोध गरेका हुन् । हानद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको […]
१० असोज, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले बैठकले कोरोना महामारीलाई […]
१० असोज, काठमाडौं । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिने ललितपुरस्थित एक निजी अस्पताललाई कारबाही गरिएको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलले एन्टिजेन परीक्षणमा सेवाग्राहीसँग बढी शुल्क लिएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना तिराइएको हो । सहायक प्रजिअ बस्नेतले अनलाइनखबरसँग भने, ‘सेवाग्राहीको उजुरीको आधारमा संयुक्त बजार अनुगमन […]
१० असोज, रौतहट। रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको ज्यान गएको छ भने अर्का एकजना बेपता भएका छन्। राजदेवी नगरपालिका-९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा मार्न गएका ४ जना मध्ये एकजनाको मृत्यु भएको हो । माछा मार्न गएका बालकहरु नदीमा नुहाउने क्रममा डुब्न थालेपछि स्थानियले दुई जनाको जिवितै उद्धार गरेका […]
१० असोज, कञ्चनपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ । शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका […]
१० असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को शुरुवातबाटै वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा नेपालले कुल ४४ अर्ब रुपैयाँ बराबरको निर्यात गरिसकेको छ । निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा मात्र २० अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको थियो । यो वर्ष […]
१० असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञहरुले बिरामी नहेर्ने गरेको पाइएको एक अध्ययनले देखाएको छ । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको स्थलगत निरीक्षणको प्रतिवेदनअनुसार प्रतिष्ठानमा उपचार गराउन आउने बिरामीको उपचार रेजिडेन्ट चिकित्सकहरुले मात्र हेर्ने गरेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण समिति नन फंगसन भएकाले अस्पतालमा भएका शल्यक्रिया भएका बिरामीहरुमा संक्रमणको […]
१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ […]
१० असोज, काठमाडौं । एक इँटा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार भएको छ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि उच्च अदालत विराटनगरको गेट अगाडि उनकै पार्टनर विराटनगर–६ का २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार दिउँसो सावा १ बजेतिर कार्कीले लामालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । […]
१० असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले जानकारी दिएका छन् । महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो । धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना […]
१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई आरक्षण दिने कि नदिने ? भन्ने विषयमा सामान्य छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालका अनुसार चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीका लागि ‘संस्थागत कोटा’ भनेर छुट्टै मेरिटमा प्रतिस्पर्धा गर्न पाउने अभ्यास छ । तर, […]
१० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताए । कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि […]
१० असोज, दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तुलसीपुर नगरसभापतिमा सुरेश हमाल ३६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरे । त्यस्तै उपसभापतिमा विनिल केसीले ३५९ र गौरव सुवेदीले २८५ मत प्राप्त गरी विजयी भए । यसैगरी सचिवतर्फ विमल पौडेल ३२९ र सुशील वलीले २७५ […]
१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । ‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री […]
१० असोज, बुटवल । गत १ गतेदेखि न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेको टोली बुटवल पुगी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय अगाडि धर्ना दिन शुरु गरेका छन् । पीडित र अधिकारकर्मीहरुको टोलीले बाँकेमा भएका दुई वटा घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रा शुरु गरेका हुन् । गत साउन ६ […]
१० असोज, पर्वत । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि कुश्मा नगरपालिका-११ पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्रावि बन्द गरिएको हो । एक सातादेखि विद्यार्थीमा ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको विश्वज्योति प्राविधिक तथा व्यावसायिक माविका प्रधानाध्यापक गणेश तिमिल्सिनाले […]
from समाचार – Online Khabar https://ift.tt/3AVgaAQ
via IFTTT