Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

समलिंगी बिहे : खुल्दैछ समाज, कानूनी उल्झन उस्तै

१० असोज, काठमाडौं । मोरङका धिरज बस्नेत र रामेछापका आर्थिकजंग बस्नेतले गत भदौ १६ गते समलिंगी विवाह गरेको भिडियो र फोटो टिकटकमा भाइरल बन्यो । उनीहरुको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । आर्थिकको रिक्वेस्ट धिरजले एसेप्ट गरेपछि हुन थालेको कुराकानीसँगै सम्बन्ध गहिरो हुँदै गयो । गत भदौमा काठमाडौंमा भएको पहिलो प्रत्यक्ष भेटमै […]

नेपाल स्काउटको तदर्थ समिति खारेज

१० असोज, काठमाडौं । सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति खारेज गरेको हो । भण्डारीले पनि पत्र आएको स्वीकार गरे । ‘तदर्थ समिति खारेज गरेको भनेर पत्र अफिसमा आएको खबर पाएको छु, भोलि पत्र बुझ्छु,’ भण्डारीले […]

लुम्बिनीको सञ्चार विधेयक सच्याउन प्रेस काउन्सिलको आग्रह

१० असोज, लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन आग्रह गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी उक्त विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता […]

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

१० असोज, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए । अफ्रिदीले क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्ध अझ बलियो बनाउन सकिने बताए । ‘म यहाँ रहँदा […]

ग्लोबल अस्पतालमा ९५० रुपैयाँमै पीसीआर परीक्षण

१० असोज, काठमाडौं । ग्वार्कोस्थित ग्लोबल अस्पतालले ९५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । अस्पतालले दशैं तिहारलाई लक्षित गरी सरकारले तोकेभन्दा कम शुल्कमा पीसीआर विधिबाट कोभिड -१९ परीक्षण गर्ने घोषणा गरेको हो । सरकारले पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई २ हजार रुपैयाँ र सरकारी प्रयोगशालालाई १ हजार रुपैयाँ शुल्क तोकेको छ । अस्पतालका मेडिकल […]

कोभिड महामारीपछि पोखरामा राजदूतसहित विशिष्ट पाहुना

१० असोज, पोखरा । डा. थोमस प्रिन्ज गत भदौ तेस्रो साता मात्र नेपालका लागि जर्मन राजदूत नियुक्त भएका हुन् । राजदूत भएर आए पनि उनले नेपाल घुम्न पाएका थिएनन् । नेपालमा कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अन्त्य भएर जनजीवन सहज भएसँगै उनी कतै घुम्न निस्कने योजनामा थिए । उनले चाहेझैं पराराष्ट्र मन्त्रालयमार्फत गण्डकी […]

कांग्रेस महाधिवेशनमा ‘गच्छदार फ्याक्टर’ कति निर्णायक ?

कांग्रेस नेता मीन विश्वकर्मा महाधिवेशनमा गच्छदार समूह निर्णायक हुने बताउँछन् । ‘यो समूहले महाधिवेशनमा ठूलो प्रभाव पार्छ । कुल महाधिवेशन प्रतिनिधिको करिव दश प्रतिशत प्रतिनिधि तत्कालिन फोरम लोकतान्त्रिकबाट आउँछन्,’ उनी भन्छन, ‘यो संख्या कसैलाई जिताउन र हराउन पर्याप्त हुन्छ ।’

बेनी–जोमसोम सडक : ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता   

१० असोज, म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो […]

लुटपाट प्रयासको आरोपमा ४ जना थुनामा, ३ जना रिहा

१० असोज, विराटनगर । जिल्ला अदालत मोरङले सुन्दरहरैँचास्थित विराट चोकमा सुनपसल लुटपाट प्रयासको आरोपमा पक्राउ परेका सातमध्ये चार जना पुर्पक्षका लागि जेल चलान भएका छन्, तीन जना छुटेका छन् । आइतबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा थुनछेक बहसपछि चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । दुई जनालाई भने […]

मकवानपुरको १० स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व

१० असोज, हेटौंडा । मकवानपुरका सबै १० स्थानीय तहमा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ । बकैया गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा सर्वसम्मत र अरु स्थानीय तहमा निर्वाचन प्रक्रियाबाट कार्यसमिति चयन भएको हो । कांग्रेसको हेटौंडा उपमहानगरपालिका सभापतिमा उत्सव इटनी विजयी भएका छन् । इटनीले २८४ र उनका प्रतिस्पर्धी महेन्द्र राउतले १३२ मत पाए । […]

बैना रकम फिर्ता मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

१० असोज, काठमाडौं । बैना रकम फिर्ताको मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको गोरखा नगरपालिका–१ घर भई काठमाडौंको टोखामा बस्दै आएका हरिबाबु जोशीलाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं जिल्ला अदालतको गत चैत २७ गतेको फैसलाले बैना रकम फिर्ता पाउँ […]

बुढीगण्डकी बनाउन दबाब दिँदै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

१० असोज, काठमाडौं । बुढीगण्डकी आयोजना निर्माणका लागि दबाब दिँदै गोरखा र धादिङका वासिन्दाले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोजना डुवान क्षेत्रमा विकास निर्माणको काम ठप्प भएको र आफूहरु सुकुम्बासी हुने स्थिति आएको भन्दै प्रभावित क्षेत्रका वासिन्दाले आयोजना छिटो शुरु गर्न माग गरेका हुन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिको आयोजनामा असोज ४ […]

कमजोर अनुसन्धानले अपहरणका आरोपीले पाए सफाइ

१० असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले १५ पुसमा सर्लाहीका कुमार बुढाथोकी उर्फ सोले कुमारलाई पक्राउ गर्‍यो । श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक महत्वपूर्ण सदस्यलाई पक्राउ गर्नुलाई सीआईबीले सफलताका रुपमा देखाएको थियो । तर भारतको दार्जिलिङबाट पक्राउ परेका तिनै आरोपी बुढाथोकीले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका छन् । ५ […]

सिंजा सभ्यताको संरक्षण गर्न गैरसरकारी विधेयक 

१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]

भारतीय नागरिकको मृत्युपछि टिपरमा आगजनी

१० असोज, जनकपुरधाम । टिरपको ठक्करले जनकपुरधाममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका छन् । जनकपुरधाममबाट ढल्केबरतर्फ जाँदै गरेको ना.७ख ४६४८ नम्बरको टिपरले पिडारी चोकमा भारतीय नागरिक सबार ज ९ प १४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करले भारतको बिहार राज्य अन्तर्गत मुजफ्रपुर जिल्ला साहेबगंज निवासी अन्दाजी […]

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल घेराउ

१० असोज, कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । डोटीको शिखर नगरपालिका-६ की २६ वर्षीया कल्पनासिंह मल्लको आइतबार बिहान मृत्यु भएपछि उनीहरुले अस्पताल घेराउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको मृतकका आफन्तको आरोप […]

अभिषेक चौधरी हत्‍या प्रकरण: थप दुईजना पक्राउ

१० असोज, विराटनगर। प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई पक्राउ गरेको छ । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्रहरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दुवैजना अभिषेक चौधरी हत्यामा संलग्नता […]

एमाले बैठकमा घनश्याम भुसालको तीन बुँदे फरक प्रस्ताव

१० असोज, काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले केन्द्रीय कमिटी बैठकमा तीन बुँदे फरक प्रस्ताव राखेका छन् । गत ३ असोजको स्थायी कमिटी बैठकमा पनि भुसालले लिखित रुपमा फरक प्रस्ताव राखेका थिए । केन्द्रीय कमिटी बैठकमा पनि भुसालले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा फरक प्रस्ताव राखेका छन् । उनले विगतको समीक्षा, नयाँ कार्यदिशाका […]

हुम्लामा सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो

१० असोज, काठमाडौँ । हुम्लामा नेपाल र चीनबीचको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जनाए […]

भोट माग्न कसरी जाने होला भन्ने स्थिति छैन : ओली

१० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताए । कुनै कारणले धक्का खायौं वा प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले भने, ‘फेरि […]

आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था खारेज गर्न एमालेको माग

१० असोज, काठमाडौं  । प्रमुख विपक्षी नेकपा एमालेले आयस्रोत नखुलाई लगानी गर्न पाइने बजेटको व्यवस्थाप्रति आपत्ति जनाएको छ । एमाले केन्द्रीय कमिटीको आइतबार सकिएको बैठकले आफ्नो विरोधका बीच बलजफ्ती बजेट पास गरेको र त्यसमा आयस्रोत नखुलाई लगानी गर्न पाइने प्रबन्ध गरिएको भन्दै आपत्ति नजाएको छ । यो संविधान र नेपालले गरेका सन्धि तथा अनुबन्धहरु विपरीत […]



from समाचार – Online Khabar https://ift.tt/3udKEeV
via IFTTT
Powered by Blogger.