समाचार
१२ असोज, काठमाडौं । भक्तपुरमा लरीले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेका छन् । मोटरसाइकलको पछाडि बसेका मध्यपुर थिमि नगरपालिका-३ कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते भएका छन् । उनी उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको […]
१२ असोज, काठमाडौं । नेपाल-चीन व्यापारिक नाका तातोपानी र रसुवागढीबाट निर्यात बढाउने आश्वासन आएको उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नाकामा अहिले देखिएको समस्या समाधान गर्न चीन तत्पर रहेको र नेपाल प्रवेश गर्ने कन्टेनर संख्या बढाउने अनौपचारिक जानकारी आएको वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले जानकारी दिए । नेपाल प्रवेश गर्ने कन्टेनरको हालको […]
१२ असोज, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनाअनुसार प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा […]
१२ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको भनाइ छ । पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार पेरिसडाँडामा […]
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुरमा पालिका अधिवेशन सम्पन्न भएको छ । ६ पालिका रहेको ललितपुरमा तीन वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ भने ललितपुर महागनगरसहित तीन वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोदावरी नगरपालिका, वाग्मती गाउँपालिका र महांकाल गाउँपालिकामा सोमबार नै सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला […]
१२ असोज, काठमाडौं । वि.सं. २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने भएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले उक्त निर्णय गरेको हो । ‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव […]
१२ असोज, भक्तपुर । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र चाँगुनारायण नगरपालिका विद्यालय दशैँ तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन् । कोभिड-१९ सङ्क्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक […]
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
१२ असोज, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना-५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा-छोरा हुन् । सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । […]
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताएका छन् । संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई आज बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले अफगानिस्तान, लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएको बताए । उनले ती देशका समस्या समाधान […]
१२ असोज, धादिङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धादिङका १३ स्थानीय तहमध्ये ११ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । ११ वटा पालिकाको नेतृत्व टुङ्गो लाग्दा धादिङमा पौडेल पक्ष हाबी देखिएको छ । पौडेल पक्षले ९ वटा पालिकामा नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्व देउवा पक्षले हात पारेको छ । […]
१२ असोज, काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले आज मंगलबार संयुक्त राष्ट्रसंघ (यूएन)को ७६औं महासभालाई सम्बोधन गर्ने भएका छन् । आज जनरल डिबेटको अन्तिम दिन नेपाललगायत अन्य एक दर्जन मुलुकका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सभामा भाग लिनका लागि नै सपथ लिए लगत्तै मन्त्री खड्का न्यूयोर्क प्रस्थान गरेका थिए ।
नेपाली समाजमा एउटा भनाइ प्रचलित छ– ‘कुतीको बाटो हिंडेर काशी पुगिंदैन।’ राज्यको वर्तमान चरित्र र संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थाको परिकल्पना हेर्दा कतै हामी कुतीको बाटो काशीको यात्रा त गरिरहेका छैनौं भन्ने भान हुन्छ । संविधानमा समाजवादउन्मुख राज्यको परिकल्पना गरेपश्चात् राज्य संयन्त्रका हरेक अंगमा यसको प्रतिबिम्ब देखिनुपर्ने हो तर न यसअघिको कम्युनिष्ट पार्टी नेतृत्वको करीब […]
१२ असोज, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको […]
१२ असोज, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको काठमाडौंस्थित चिनियाँ दूतावासले जानकारी दिएको छ । यसअघि भारतीय विदेशमन्त्री एसजयशंकरले खड्कालाई बधाई सन्देश पठाएका थिए […]
११ भदौ, पोखरा । पोखरा लेकसाइडबाट बिहान देखिएको सर्लक्कै खुलेको हिमाल अन्नपूर्ण गाउँपालिकाको नौडाँडा देउराली पुग्दा लगभग बादलको घुम्टोभित्र लुकिसकेको थियो । १० बजे नौडाँडा पुग्दा २ घन्टाअघिजस्तो हिमालको लस्कर देखिएन । बादलले ढाकिनै आँटेको अन्नपूर्णलाई पृष्ठभूमिका राखेर पार्क योङ सुकले जीवनसाथीसँग सेल्फी खिचे उनी हुन्, नेपालका लागि दक्षिण कोरियाली राजदूत । गत साल राजदूत […]
११ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् । यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले […]
११ असोज, काठमाडौं । सरकारले दल विभाजन सहज हुने गरी ल्याएको अध्यादेश सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गरेकी छन् । गत भदौ २ गते जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले पार्टीको संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सक्ने व्यवस्था गरेको थियो । सरकारले ३२ साउनमा हठात […]
११ असोज, काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने […]
११ असोज, काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक […]
११ असोज, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचानका लागि गरिने जिन सिक्वेन्सिङ सरकारी प्रयोगशालामा नै शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ शुरु भएको हो । सोमबार डा. झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि जैविक केन्द्रीय विभागमा […]
from समाचार – Online Khabar https://ift.tt/3APFLv1
via IFTTT