Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उपल्लो डोल्पाका किसानलाई उवा भित्र्याउने चटारो

१३ असोज, जाजरकोट । उपल्लो डोल्पाका किसानले हिउँदेबाली उवा भित्र्याउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका किसानले उवा लगायतका हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्याधिक चिसोका कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको उवा अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले बताए । अन्य समयमा हिउँले […]

२१ वर्षीय युवक २१ दिनदेखि सम्पर्कविहीन

३ असोज,वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय युवक २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् । वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिए । दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा […]

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

१३ असोज, काठमाडौं । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएका हुन् । जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ । ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो […]

सन्दर्भ विश्व मुटु दिवस : गाउँमा पनि बढे मुटुरोगी

१३ असोज, चितवन । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा पनि बढेको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी यातयात सञ्जाल […]

विश्व मुटु दिवस : वीरगञ्जमा ‘थोरै हिँड्नुस्’ कार्यक्रम

१३ असोज, वीरगञ्ज । आजविश्व मुुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यसवर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदैछ । सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष […]

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१३ असोज, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो । […]

नेता-मन्त्रीहरू विदेशमा उपचार गराउने गलत नजीर बन्यो- डा. लोचन कार्की

धेरैजसो सर्वसाधारण घरमै रोग पालेर बस्न बाध्य छन् । किन ? सर्वसाधारणको कोणबाट हेर्दा यसका केही कारण छन् । जस्तो कि, हामीकहाँ स्वास्थ्य सेवा सर्वसुलभ छैन । स्वास्थ्य प्रणाली झन्झटिलो छ । सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन् । अनुभवी–दक्ष स्वास्थ्यकर्मीको अभाव छ । साथसाथै उपचार पद्धति खर्चिलो छ । यद्यपि चिकित्सकहरू यो कुरा […]

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो । मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका […]

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी […]

नारायणी बहुप्राविधिक शिक्षालयमा नियम मिचेर प्रशिक्षक नियुक्तिको प्रयास

१३ असोज, चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गत चितवनको भरतपुरमा सञ्चालित नारायणी बहुप्राविधिक शिक्षालयले गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षालय सन्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रक्रिया पूरा गरेर मात्र प्रशिक्षक नियुक्त गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी सो शिक्षालय सञ्चालक समितिको […]

तनहुँमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

१३ असोज, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए […]

चितवनका थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’ 

१३ असोज, चितवन । चितवनका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै, गाउँदै जितिया मनाइरहेका छन् । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत […]

रेसुङ्गा र मदाने क्षेत्रमा ३०० भन्दा धेरै प्रजातिका चरा

१३ असोज, तम्घास । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा तीन सय भन्दा बढी प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ । नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये रेसुङ्गा र मदाने क्षेत्रमा ३५ प्रतिशत चराहरु रहेको बताए । रेसुङ्गा […]

‘राष्ट्रिय गौरवका आयोजनाको लागि विशेष कानून र संरचना चाहिन्छ’

राष्ट्रिय गौरवका आयोजनाको लागि छुट्टै कानून बन्नुपर्छ । यी आयोजना विना रोकतोक कार्यान्वयन हुने सुनिश्चितता गर्नुपर्छ । आयोजनाका प्रोजेक्ट म्यानेजरहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट हुनुपर्छ ।

आमाहरुको पर्व जितिया

१३ असोज, काठमाडौं । भनिन्छ, संस्कृति नै मानिसको पहिचान हो। यही पहिचानले मानिस र प्रकृतिबीचको सम्बन्ध युगसम्‍म कायम रहिरहन्छ। तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ खासगरी विवाहिता थारु महिला र आमाहरुको लागि। सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्‍म अर्थात वैशाखदेखि चैतसम्‍म बाह्रै महीना प्रकृतिलाई आधार बनाएर आफ्नो सांस्कृतिक चाडबाडहरु मनाउँदै आएका छन्। […]

जितिया पर्वसँग जोडिएका किंवदन्ती र कथा

थारू समुदायको महान् पर्व हो- जितिया । महिला/आमाहरू आफ्ना सन्तानको दीर्घायु, सुख-समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब कोही मानिस मर्नबाट संयोगवश बाँच्छ, त्‍यतिबेला भनिन्छ- ‘तिम्री आमाले खर अर्थात् शुद्ध दिन जितियाको व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’ किंवदन्ती अनुसार जब देवी पार्वतीले देवाधिदेव महादेवलाई सोध्छिन्- मृतभुवन (पृथ्वीलोक)मा महिलाले आफ्नो […]

पारिवारिक र सामाजिक सद्भाव कायम गर्दै जितिया पर्व

सम्पूर्ण तराई क्षेत्रमा जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् । आफ्नो छुट्टै पहिचान बनाएका थारु समुदाय सामाजिक रूपमा जुनसुकै समुदायसँग सजिलै मिलेर बस्ने स्वभावको रहेको हुन्छ । आ-आफ्नो योग्यता र क्षमता अनुसार कामको बाँडफाँड गरी समाजमा सामन्जस्य कायम गर्नु यो समुदायको विशेषता हो । थारू समुदायले मनाउने विभिन्न संस्कृतिमध्ये जितिया पर्व पनि एक हो । […]

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

काठमाडौं । लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे । घरेलु मैदान पार्क […]

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

१३ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने […]

जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

१३ गते, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने । प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् । जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना […]

छाडा पशु व्यवस्थापनको छैन संयन्त्र

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका ठूला सहरमा छाडा चौपायाहरू यत्रतत्र भेटिन्छन् । छाडा छाडिएका गाई, गोरु, कुकुरलगायत जनावरले सडक दुर्घटनादेखि मानवीय क्षति हुने गरेपनि यसको संरक्षणमा राज्य पक्ष निष्क्रिय देखिन्छ । २०७६ मा नेपालगञ्ज उपमहानगरपालिकाले ३ सय ७० वटा गाई सुर्खेतको कटकुवा जंगलमा लगेर छाडेको घटनाले पनि छाडा चौपायाको विकराल अवस्था प्रष्ट देखाउँछ । […]



from समाचार – Online Khabar https://ift.tt/3oeEI4n
via IFTTT
Powered by Blogger.