Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विश्व मुटु दिवस : वीरगञ्जमा ‘थोरै हिँड्नुस्’ कार्यक्रम

१३ असोज, वीरगञ्ज । आजविश्व मुुटु दिवस । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यसवर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदैछ । सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष […]

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१३ असोज, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि १६ भदौमा पेशीमा चढेको यो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो । […]

नेता-मन्त्रीहरू विदेशमा उपचार गराउने गलत नजीर बन्यो- डा. लोचन कार्की

धेरैजसो सर्वसाधारण घरमै रोग पालेर बस्न बाध्य छन् । किन ? सर्वसाधारणको कोणबाट हेर्दा यसका केही कारण छन् । जस्तो कि, हामीकहाँ स्वास्थ्य सेवा सर्वसुलभ छैन । स्वास्थ्य प्रणाली झन्झटिलो छ । सरकारी अस्पताल एवं स्वास्थ्य केन्द्र सुविधायुक्त छैनन् । अनुभवी–दक्ष स्वास्थ्यकर्मीको अभाव छ । साथसाथै उपचार पद्धति खर्चिलो छ । यद्यपि चिकित्सकहरू यो कुरा […]

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो । मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका […]

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता

१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् । सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउन माओवादी […]

नारायणी बहुप्राविधिक शिक्षालयमा नियम मिचेर प्रशिक्षक नियुक्तिको प्रयास

१३ असोज, चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गत चितवनको भरतपुरमा सञ्चालित नारायणी बहुप्राविधिक शिक्षालयले गैरकानुनी रुपमा प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षालय सन्चालक समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले प्रक्रिया पूरा गरेर मात्र प्रशिक्षक नियुक्त गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी सो शिक्षालय सञ्चालक समितिको […]

तनहुँमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

१३ असोज, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा आज (बुधबार) बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए […]

चितवनका थारू जातिले यसरी मनाउँदैछन् ‘जितिया पर्व’ 

१३ असोज, चितवन । चितवनका आदीवासी भूमिपुत्र थारु जातिले ‘जितिया पर्व’ मनाइरहेका छन् । थारुहरुको बाक्लो बसोवास रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा जितियाको विशेष उल्लास छ । आज थारु समुदायका महिलाहरु बिहानैदेखि निराहर व्रत बसी झाम्टा नाच नाच्दै, गाउँदै जितिया मनाइरहेका छन् । बिहानै नुहाइधुवाइ गरी बेलको पात टिपेर दिनभर निराहर व्रत […]

रेसुङ्गा र मदाने क्षेत्रमा ३०० भन्दा धेरै प्रजातिका चरा

१३ असोज, तम्घास । गुल्मी जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा तीन सय भन्दा बढी प्रजातिका चराहरु फेला परेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीले जनाएको छ । नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले नेपालमा पाइने ८ सय ८६ प्रजातिका चराहरुमध्ये रेसुङ्गा र मदाने क्षेत्रमा ३५ प्रतिशत चराहरु रहेको बताए । रेसुङ्गा […]

‘राष्ट्रिय गौरवका आयोजनाको लागि विशेष कानून र संरचना चाहिन्छ’

राष्ट्रिय गौरवका आयोजनाको लागि छुट्टै कानून बन्नुपर्छ । यी आयोजना विना रोकतोक कार्यान्वयन हुने सुनिश्चितता गर्नुपर्छ । आयोजनाका प्रोजेक्ट म्यानेजरहरू खुल्ला प्रतिस्पर्धाबाट छनोट हुनुपर्छ ।

आमाहरुको पर्व जितिया

१३ असोज, काठमाडौं । भनिन्छ, संस्कृति नै मानिसको पहिचान हो। यही पहिचानले मानिस र प्रकृतिबीचको सम्बन्ध युगसम्‍म कायम रहिरहन्छ। तराईमा अहिले जितिया पर्वको रौनक र उल्लास छ खासगरी विवाहिता थारु महिला र आमाहरुको लागि। सांस्कृतिक सम्पदाहरूको धनी थारु समुदायले शिरुवादेखि फगुवासम्‍म अर्थात वैशाखदेखि चैतसम्‍म बाह्रै महीना प्रकृतिलाई आधार बनाएर आफ्नो सांस्कृतिक चाडबाडहरु मनाउँदै आएका छन्। […]

जितिया पर्वसँग जोडिएका किंवदन्ती र कथा

थारू समुदायको महान् पर्व हो- जितिया । महिला/आमाहरू आफ्ना सन्तानको दीर्घायु, सुख-समृद्धि र मनोकामना पूर्ण गराउन जितियाको व्रत लिन्छन् । थारू समुदायमा जब कोही मानिस मर्नबाट संयोगवश बाँच्छ, त्‍यतिबेला भनिन्छ- ‘तिम्री आमाले खर अर्थात् शुद्ध दिन जितियाको व्रत लिएकी हुनाले तिमी बाँच्यौ ।’ किंवदन्ती अनुसार जब देवी पार्वतीले देवाधिदेव महादेवलाई सोध्छिन्- मृतभुवन (पृथ्वीलोक)मा महिलाले आफ्नो […]

पारिवारिक र सामाजिक सद्भाव कायम गर्दै जितिया पर्व

सम्पूर्ण तराई क्षेत्रमा जितिया पर्व धुमधामका साथ मनाइरहेका छन् । आफ्नो छुट्टै पहिचान बनाएका थारु समुदाय सामाजिक रूपमा जुनसुकै समुदायसँग सजिलै मिलेर बस्ने स्वभावको रहेको हुन्छ । आ-आफ्नो योग्यता र क्षमता अनुसार कामको बाँडफाँड गरी समाजमा सामन्जस्य कायम गर्नु यो समुदायको विशेषता हो । थारू समुदायले मनाउने विभिन्न संस्कृतिमध्ये जितिया पर्व पनि एक हो । […]

च्याम्पियन्स लिग : पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे गोल

काठमाडौं । लिओनल मेस्सीले क्लबका लागि पहिलो गोल गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । समूह ए अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले घरेलु मैदानमा सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि अर्को गोल एद्रिसा गुईले गरे । घरेलु मैदान पार्क […]

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना

१३ असोज, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने […]

जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

१३ गते, असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने । प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् । जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना […]

छाडा पशु व्यवस्थापनको छैन संयन्त्र

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका ठूला सहरमा छाडा चौपायाहरू यत्रतत्र भेटिन्छन् । छाडा छाडिएका गाई, गोरु, कुकुरलगायत जनावरले सडक दुर्घटनादेखि मानवीय क्षति हुने गरेपनि यसको संरक्षणमा राज्य पक्ष निष्क्रिय देखिन्छ । २०७६ मा नेपालगञ्ज उपमहानगरपालिकाले ३ सय ७० वटा गाई सुर्खेतको कटकुवा जंगलमा लगेर छाडेको घटनाले पनि छाडा चौपायाको विकराल अवस्था प्रष्ट देखाउँछ । […]

स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

१३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ […]

कर्णालीमा कांग्रेस अधिवेशन : ६२ पालिकाको नेतृत्व चयन, पौडेल पक्ष हाबी

१३ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक […]

एनआरएनए नेतृत्वका लागि बद्री केसीले बनाए प्यानल

बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका प्रत्यासी डा.बद्री केसी प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। राजनीतिक, क्षेत्रगत र जनजातिको सहभागिताको हिसाबले पनि आफूहरुले समावेशी समूह बनाएको डा. केसीले दाबी गरेका छन्। वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका डा. केसीले आफ्नो एजेण्डासँग सहमत उम्मेदवारहरुलाई साथमा लिएर औपचारिक रुपमा उम्मेदवारी घोषणाको अन्तिम तयारीमा रहेको बताउँछन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले […]

जडीबुटी चोकमा न्याय कुरिरहेको एउटा ‘बूढो घर’

१२ असोज, काठमाडौं । जडीबुटी चोकबाट पेप्सीकोलातर्फ मोडिंदा एउटा होचो, तर जीर्ण घर रंग खुइलिएको त्रिपाल ओढेर ठिङ्ग उभिएको छ । इँटा, माटो र काठको यो घरको भित्तामा झार उम्रिएको छ भने कतिपय भाग भत्किन शुरु गरिसकेको छ । साँधमै ढल फुटेर पानी बगिरहेको छ । कोटेश्वर र जडीबुटी जोड्न विस्तारका क्रममा रहेको सडकको ‘नयाँ […]



from समाचार – Online Khabar https://ift.tt/39OI4md
via IFTTT
Powered by Blogger.