समाचार
१० असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसिरहेको हो । स्थायी कमिटी बैठक सकिएपछि केन्द्रीय कमिटी बस्दैछ । शुक्रबार देखि शुरु भएको केन्द्रीय कमिटी बैठक कसरी समापन गर्ने भन्नेबारे बैठक चलिरहेको छ । आगामी १५-१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान […]
१० असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुनसकेको छैन । स्थानीयले लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको बताएका […]
१० असोज, काठमाडौं । स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् । कोरोना भाइरसको महामारीपछि यति एयरलाइन्सले आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरिएको हो । सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाडौंबाट हुने उडानका दौरान हेर्न सकिन्छ । आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । […]
१० असोज, बाँके। प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । […]
१० असोज, मोरङ। मोरङ प्रहरीले १७ केजी अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५ वर्षीया आरती देवी यादव रहेका छन् । घरमा लागूऔषध लुकाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई १७ केजी अवैध लागूऔषध गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ […]
१० असोज, काठमाडौं । तालिबानले अफगानिस्तानको हेरात सहरमा अपहरणमा संलग्न रहेको आरोप लागेका चार जनालाई मृत्युदण्ड दिएर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याइएको बताएको छ । बीबीसीकाअनुसार तालिबानका एक अधिकारीले अफगानिस्तानमा यसअघिको तालिबानको शासनकालमा जस्तै सार्वजनिक स्थलमा मृत्युदण्डको व्यवस्था लागू हुन सक्ने बताएको केही दिनमा नै तालिबानले सार्वजनिक स्थानमा शव झुण्ड्याउन थालेको हो । अल जाजिराले […]
१० असोज, काठमाडौं । रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६00 जनाको नाम सरकारले सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो । इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ […]
१० असोज, महेन्द्रनगर । ‘दशैं आयो, खाउँला पिउला…’ शुक्रबार दिउँसो भीमदत्त नगरपालिका-९ मटैनास्थित कलबिर राउटेको जस्तापाताले छाएको घरमा पुग्दा रेडियोमा यही गीत बजिरहेको थियो । दिउँसोको तीन बजेको छ । सिमसिम पानी परिरहेको छ । कलबिर दम्पती दुई कोठे घरभित्रै थिए । झ्याल र ढोकासमेत नभएको घरको अर्को कोठामा छोरी संगीता निदाइरहेकी थिइन् । बाहिर […]
१० असोज, धनगढी । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव भएको छ । डोटीको शिखर नगरपालिका स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका-२ बस्दै आएकी २६ वर्षीया कल्पना मल्लको मृत्युपछि आक्रोशित आफन्तले अस्पताल घेराउ गरेका छन् । शनिबार राति सुत्केरी भएकी मल्लको अवस्था गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएकोमा आइतबार बिहान ८ बजे मृत्यु भएको जिल्ला […]
१० असोज, काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेल हुनेछ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा समूह सी मा रहेको विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिनै एपीएफ क्लब […]
१० असोज, पोखरा । नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे विजयी भएका छन् । ४१४ मत ल्याउँदै उनी महानगर सभापतिमा विजयी भएका हुन् । विजुक्छेका निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीले ३४६ मत ल्याएका थिए । देशकै ठूलो महानगर पोखराको सभापतिका लागि विजुक्छे र पराजुलीसहित रामराज लामिछाने, मिलन तिवारी, ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि सभापतिका […]
१० असोज, काठमाडौं । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली आइतबार सार्वजनिक गरेको छ र उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिइएको छ । आफूखुसी […]
१० असोज, काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि हाल कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र ओमानबीचको खेल कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार बेलुका ७ बजे (नेपाली समय अनुसार राति ९:४५ बजे) सुरु हुनेछ । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका […]
१० असोज, डोटी । नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन । दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका […]
१० असोज, चितवन । चितवनका सातमध्ये पाँच स्थानीय तहमा भएका अधिवेशनबाट पदाधिकारीहरु निर्वाचित भएका छन् । पाँचमध्ये तीन वटामा रामचन्द्र पौडेल पक्षका र दुई वटामा देउवा पक्षका निर्वाचित भएका छन् । कांग्रेस चितवनका अनुसार कालिका नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा अधिवेशनबाट नयाँ पदाधिकारीहरु चयन भएका छन् । भरतपुर महानगरपालिका र […]
१० असोज, धनगढी । कञ्चनपुरका ९ वटै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न भएको स्थानीय तहको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । जिल्ला सदरमुुकाम समेत रहेको भीमदत्त नगरपालिकाको सभापतिमा अच्युतराज कलौनी विजयी भएका छन् । प्रतिद्वन्द्वी आशिष खत्रीलाई पराजित गर्दै कलौनी नगर सभापतिमा विजयी भएका हुन् । कलौनीले […]
१० असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठक आज बस्दै छ । आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । त्यसपछि बैठकले प्रतिवेदन पारित गर्ने नेता योगेश भट्टराईले जानकारी दिए । राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल शनिबार सकिएको थियो । […]
१० असोज, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा शाक्यको […]
१० असोज, दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्वाचित गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो । भीमराज खरेल, रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्ष चयन भएका छन् । प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर […]
गत वर्ष कमरेड घनश्याम भुसालका दुई लेख खूबै चर्चित भएका थिए । ‘कसरी बाँच्छ कम्युनिष्ट पार्टी ?’ र ‘नेकपाः बाँच्नका लागि एक मात्र बाटो’ । शायद पहिलो लेख उनले ओली सरकारको कृषिमन्त्री हुनुभन्दा अगाडि लेखेका थिए र दोस्रो त्यसपछि । दुवै लेखले निकै राम्रो चर्चा, प्रशंसा र वाह्वाही पाएका थिए । कम्युनिष्ट पंक्तिको एउटा तप्का […]
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो । योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ । बाँकी ८ जिल्लाको क्रियाशील सदस्यतालाई टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको […]
from समाचार – Online Khabar https://ift.tt/3AWXWPP
via IFTTT






















