समाचार
१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् । सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ ।’ उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत जानकारी […]
१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग न्यूयोर्कमा भएको भेटमा विशेष छलफल नभएको बताएका छन् । गत आइतबार खड्कासँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सन्जालमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए । बिहीबार स्वदेश फर्किएका मन्त्री खड्कासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले […]
१४ असोज, बागलुङ। गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका-६ मा सडक अवरुद्ध पारे। यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो । नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुधारका लागि नगरप्रमुखसहित सरोकार […]
१४ असोज, काठमाडौं । दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको डेढ महिना नाँघेकोे छ । तालिबान सरकारप्रति पाकिस्तान र चीन लगायतका मुलुकले तुलनात्मक नरम नीति लिएपनि संयुक्त राष्ट्रसंघसहित अन्य शक्ति राष्ट्रहरूले अहिलेसम्म ‘पर्ख र हेर’ को नीति अख्तियार गरेका छन् । सत्ता हातमा लिएसँगै तालिबानले आफ्नो शासन पहिलेको भन्दा फरक हुने, मानव अधिकार […]
१४ असोज, काठमाडौं। पछिल्लो केही समययता रुस र पाकिस्तानबीचको निकटता बढेको छ । रुसी समाचार संस्था तासका अनुसार रुस र पाकिस्तानको रक्षा मन्त्रालयले दुवै मुलुक रक्षा सहयोग बढाउन तयार रहेको बताएका छन्। समाचारमा बताइए अनुसार बुधबार रुसका उप रक्षामन्त्री एलेक्जेन्डर फोमिनले इस्लामावादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको एक बैठकमा यस्तो जानकारी दिएका हुन् । फोमिनले भने, […]
१४ असोज, गुल्मी। बुधवार राति गुल्मी जिल्लामा चट्याङ लागेर ९ जना घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-३ को तोरीपाटा भन्ने स्थानमा चट्याङले लागेर एकैटोलका ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङले लागेर घाइते ९ जनामध्ये १ जनाको पाल्पामा र २ जनाको गुल्मी अस्पतालमा र ६ जनाको स्थानीय स्वास्थ्य […]
१४ असोज, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमालेका नेताहरू भने सहभागी भएनन् । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
१४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर १७ हजार भन्दा बढी विषयगत शिक्षक अभाव भएको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगलाई बुझाएको विवरण अनुसार तीन तहमा देशभर शिक्षकको अभाव भएको देखिएको छ । यहि विवरणको आधारमा शिक्षक सेवा आयोगले दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षकको अभावले हुने प्रभाव र […]
१४ असोज, काठमाडौं । कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनहरुको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । बिहीबारका लागि मुद्दाको पेशी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो । आफूहरुलाई सरकारले गलत ढंगले समायोजन गरेको दावी गर्दै कर्मचारीहरुले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई संघमा नै राख्नू भनी अन्तरिम […]
क्वाडको प्रवर्धन, अकुस सुरक्षा सम्झौताको जन्म र अफगानिस्तानबाट भएको बहिर्गमनले हिन्द-प्रशान्त (इन्डो-प्यासिफिक) क्षेत्रमा केन्द्रित हुने अमेरिकाको रणनीतिक संकल्पलाई संकेत गर्छन् । अमेरिकाका यी कदमले मुख्य प्रतिद्वन्द्वी शक्ति राष्ट्र चीनसँग जारी विवाद चर्काउने, दक्षिणपूर्वी एशियामा असहजता निम्त्याउने र युरोपसँगको सम्बन्ध कमजोर पार्न सक्ने अपेक्षा मात्रै गर्न सकिन्छ । वाशिङ्टनले यसखाले जोखिमलाई नजरअन्दाज गर्नुको अर्थ महत्वपूर्ण मानिने […]
१४ असोज, काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन् । लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका हुन् । राजीनामा पत्रमा नेता लेखीले अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएका उल्लेख गरेका छन् । लेखी नेकपा एमालेमा […]
१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । […]
१४ असोज, काठमाडौं । साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका […]
१४ असोज, काठमाडौं । उद्योगमा आगलागी भएपछि यति कार्पेटलाई करिब ३ वर्ष बजारबाट हराउन बाध्यता आईपर्यो । करिब ५०देखि ६० प्रतिशत मार्केट सेयर भएको कार्पेट एकाएक बजारमा आउन छाडेपछि परिस्थिति फरक बनेको थियो । यो बीचमा विभिन्न नयाँ उद्योगहरु थपिए, प्रतिस्पर्धाले नयाँ रुपमा लियो । तर, २०७७ पुसमा यतिले नयाँ उद्योगबाट नयाँ प्रविधिमार्फत नयाँ ढंगले […]
१४ असोज, गोरखा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । दुई संघीय निर्वाचन क्षेत्रका चार प्रदेश सभा क्षेत्रको अधिवेशन मंगलबार राति सककिएको हो । निर्वाचन क्षेत्र नम्वर १ ‘क’ प्रदेशको सभापतिमा खुन प्रसाद रेग्मी विजयी भएका छन् । रेग्मीले २०५ मत प्राप्त गरेका छन् भने उनका […]
१४ असोज, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार बिहान १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए । वर्तमान […]
१४ असोज, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जना महिलाको शव भेटिएको छ । क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको […]
१४ असोज, काठमाडौं । अहिले समग्र विश्व नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको अवस्थामा नेशनल जियोग्राफीले हिमालय क्षेत्रमा यसको अध्ययनको क्रममा तीनओटा कीर्तिमान कायम गरेको छ । उनीहरुले सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने अध्ययन गरेका थिए । रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दू-कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण […]
१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ । आजै दिउँसो १ बजे प्रतिनिधि […]
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित […]
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान […]
from समाचार – Online Khabar https://ift.tt/3zXgii9
via IFTTT