Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

संसदको निकासका लागि प्रधानमन्त्री र सभामुखले एमालेसँग छलफल गर्नुपर्‍यो : विशाल भट्टराई

१४ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद अवरोधको निकास निकाल्न प्रधानमन्त्री र सभामुखले आफ्नो पार्टीसँग छलफल गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको समस्या समाधानका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ । बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]

संसद विघटन सही थियो भन्ने पार्टीको निष्कर्ष हो : बादल 

१४ असोज, काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् । यद्यपि विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको उनले बताए । भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो […]

सुस्तायो शेयर बजार, ७३ लाख कित्तामात्रै किनबेच

१४ असोज, काठमाडौं । तीन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ । उता ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ४१ अंकले घटेको छ […]

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

१४ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । उनकाअनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न […]

एमाले विधान महाधिवेशन : हलमा नअटेका प्रतिनिधिलाई टेन्टमा राखिने

१४ असोज, काठमाडौं । भोलि शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनको शुक्रबार १२ः१५ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए अनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी […]

गृहले सीडीओहरुलाई सोध्यो- संघीयतापछि तपाईंहरुको भूमिकामा के परिवर्तन भयो ?

१४ असोज, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुको भूमिकामाथि समीक्षा गर्ने भएको छ । संघीयता लागू भइसकेको अवस्थामा गृह प्रशासन, जिल्ला प्रशासन र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे गृहले समीक्षा गर्न लागेको हो । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै संघीयतामा प्रशासनको भूमिकाबारे प्रश्नावली पठाएको छ । मन्त्रालयका शाखा अधिकृत सुमन पण्डितले […]

एचआईडीसीएलको शेयर लिलामीमा सिण्डिकेट

१४ असोज, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को शेयर ठूला लगानीकर्ताहरुको सिण्डिकेट हुने गरी आवेदन लिइएको छ । कम्पनीले सामान्य नागरिकको पहुँच नै नहुने गरी शिलबन्दी बोलपत्रद्वारा शेयर बिक्री गर्न लागेको हो । कम्पनीले साउन ५ देखि भदौ ५ गतेसम्म शतप्रतिशत हकप्रद खुला गरेको थियो । शेयरधनीहरुले हकप्रदमा रुचि नदेखाएपछि संस्थापक […]

बालबालिकाको सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

१४ असोज, गोरखा । मंगलबार दिउँसो साढे १ बजे गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरु खाजा खान व्यस्त देखिन्थे । ईसीडीका बालबालिकाहरु जाउलो चना खाँदै थिए भने त्यसभन्दा माथि ५ कक्षासम्मका बालबालिका चना भुजा । सरकारले ईसीडीदेखि ५ कक्षासम्मका बालबालिकालाई लक्षित गरी दिवा खाजा कार्यक्रम लागू गरेसँगै विद्यार्थीले विद्यालयमै खाजा खान पाउन थालेका हुन् […]

खलङ्गामा एक हप्तादेखि यातायात सेवा ठप्प

१४ असोज, जाजरकोट। डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको छ । थाप्ले, ठाँटीलगायतका ठाउँको ढल सोही ठाउँमा जम्मा हुँदा सडक भत्कने मुख्य कारण बन्दै आएको छ । ‘माथि ठूलाठूला […]

एमालेको विधान महाधिवेशनबारे के भन्छ स्थानीय प्रशासन ?

१४ असोज, काठमाडौं । कोरोना संक्रमको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ । तर प्रमुख विपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ, जहाँ ५७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । स्थानीय प्रशासनको आदेशले एमालेको महाधिवेशन प्रभावित हुन्छ ? ललितपुरका प्रमुख जिल्ला अधिकारी […]

खाडी मुलुक र थाइल्याण्ड घुम्न जाने नेपालीले अब २५० डलर मात्रै बोके पुग्ने

१४ असोज, काठमाडौं । पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा […]

डोटी प्रशासनको उर्दी- नागरिकता बनाउन आउँदा बुवाको नागरिकता अनिवार्य

१४ असोज, डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिन आउने व्यक्तिले बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेको छ । बुवाको नागरिकता नभए वडा कार्यालयमार्फत प्रहरी मुचुल्का ल्याउनुपर्ने व्यवस्था गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गरी बुवा र आमा दुवैको […]

ईपीएलमा चितवनको लगातार दोस्रो जित

१४ असोज, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटमा चितवन टाइगर्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा चितवनले काठमाडौं किङ्ग्स ११ लाई ३ विकेटले हराएको हो । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले अन्तिम ८ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि राजेश पुलामीले […]

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेश

१४ असोज, काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए । तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट […]

विद्यार्थी र शिक्षकलाई भाइरल ज्वरो आएपछि रोल्पाको एक विद्यालय बन्द

१४ असोज, रोल्पा । विद्यार्थी र शिक्षकलाई भाइरल ज्वरो आएपछि रोल्पाको एक विद्यालय बन्द गरिएको छ । जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्द गरिएको प्रधानाध्यापक धनबहादुर पुनले बताए । विद्यालयमा अध्ययनरत ६० प्रतिशतभन्दा बढी विद्यार्थी र शिक्षक एक्कासी बिरामी परेपछि विद्यालय खुलेको केही दिनमै बन्द गर्नुपरेको पुनको भनाइ छ […]

राष्ट्रियसभाको बैठक १८ गतेका लागि सर्‍यो

१४ असोज, काठमाडौं ।आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..अध्‍यक्षज्‍यूले २०७८ साल असोज १८ गते सोमबार बिहान ११:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको […]

अफगानिस्तान : जेलबाट छुटेका कैदीबाट महिला न्यायाधीशलाई ‘थ्रेट’

१४ असोज, काठमाडौं । अफगानिस्तानमा यसअघिको सरकारको पालामा न्यायाधीश रहेका २२० भन्दा धेरै अफगान महिला न्यायाधीश अहिले तालिबानको डरको कारण लुकेर बसेका छन् । तालिबानले सजाय दिन सक्ने आशंकाले उनीहरु अहिले लुकेर बसेका हुन् । बीबीसीले अफगानिस्तानमा लुकेर बसेका ६ महिला न्यायाधीशसँग कुराकानी गरेको छ । सुरक्षाको कारण यहाँ उनीहरु सबैको नाम परिवर्तन गरिएको छ […]

घटस्थापनाको साइत बिहान ११ः४६ मा

१४ असोज, काठमाडौं । गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११ः४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० […]

राउटेको गणना अन्तिममा गर्ने तयारी

१४ असोज, कर्णाली। स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ। जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो। राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिन्डे नगरपालिका वडा-१ को घाटगाउँमा बस्दछन् । सुर्खेत प्रदेश जनगणना कार्यालयले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने […]

कार्गोबाट हङकङ पठाउन लागिएको चरेससहित एक पक्राउ

१४ असोज, काठमाडौं । हङकङ पठाउन लागिएको तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र ललितपुर प्रहरी परिसर, जावलाखेलको संयुक्त टोलीले मानभवनबाट मोरङका एक युवकलाई पक्राउ गरेको हो । ब्यूरोले प्रकरणको अनुसन्धान जारी रहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । अनुसन्धान अधिकृतहरुका अनुसार चरेस कार्गोमार्फत विदेश पठाउन लागिएको […]

मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिन्छ : प्रचण्ड

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् । सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ ।’ उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत जानकारी […]



from समाचार – Online Khabar https://ift.tt/2YeRJ3t
via IFTTT
Powered by Blogger.