समाचार
१४ असोज, काठमाडौं । अहिले समग्र विश्व नै जलवायु परिवर्तनको असरको सामना गरिरहेको अवस्थामा नेशनल जियोग्राफीले हिमालय क्षेत्रमा यसको अध्ययनको क्रममा तीनओटा कीर्तिमान कायम गरेको छ । उनीहरुले सगरमाथामा जलवायु परिवर्तनको असर कस्तो देखिएको छ भन्ने अध्ययन गरेका थिए । रोलेक्स, नेशनल जियोग्राफी र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा हिन्दू-कुश पर्वत श्रृङ्खलामा पर्ने सगरमाथामा जलवायु परिवर्तनको कारण […]
१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान १० बजे बालुवाटार बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । बंठकमा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल हुनेछ । आजै दिउँसो १ बजे प्रतिनिधि […]
काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोएल्सलाई ७ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपछि राजस्थानले दिएको १५० रनको लक्ष्य बैंगलोरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । म्याक्सेवलले ३० बल खेल्दै ६ चौका र एक छक्का मद्दतमा अविजित […]
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै रोनाल्डोले निर्णायक गोल गरेपछि युनाइटेडले भियारिया माथि २-१ को पुनरागमन जित हात पारेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेल खेल्दै रोनाल्डोले च्याम्पियन्स लिगमा १७८औं खेल खेल्ने कीर्तिमान […]
काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले इंग्लिस क्लब चेल्सीलाई १-० ले पराजित गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जिताउन फेडेरिको चिएसाले ४६औं मिनेटमा एक मात्र गोल गरे । समूह एचमा लगातार दोस्रो जित हात पारेको युभेन्ट्स ६ अंकसहित शीर्ष स्थानमा छ । पराजित चेल्सी तीन अंकसहित दोस्रो स्थानमा छ । अर्को खेलमा जेनित […]
सिद्धान्त के हो ? जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त हो कि होइन निर्क्योल गर्नुपूर्व सिद्धान्त के हो र यसले के गर्छ भन्नेतर्फ ध्यान दिनु जरूरी छ । त्यसपछि मात्रै यो प्रष्ट हुनेछ कि जबज सिद्धान्त हो कि होइन । सिद्धान्त एउटा मानक हो । तथ्यबाट सत्य पत्ता लगाउने सार्वभौम नियमहरू सहितको मानक । तथ्यहरू सत्य […]
काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१-२२ खराब प्रदर्शनको सिलसिला कायम राख्दा लगातार दोस्रो हार बेहोरेको छ । समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भएको हो । वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो […]
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगमा डिनामो किभलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह ई मा लगातार दोस्रो खेल जित्ने क्रममा बायर्नका लागि रोवर्टो लेवान्डोस्कीले दुई गोल गरे । घरेलु मैदान एलिएन्ज एरेनामा लेवान्डोस्कीले १२औं र २७औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बायर्नलाई २-० को अग्रता दिलाएका थिए । […]
गैरआवासीय नेपाली संघको आसन्न चुनावको माहोल तातिरहेको छ । उम्मेद्वारहरू मत माग्न व्यस्त छन् । १०औं महाधिवेशनको सँघारमा आइपुग्दा गैरआवासीय नेपाली संघका गतिविधि र पछिल्लो चुनावी माहोल हेर्दा धेरैको मनमा विभिन्न प्रश्न उठिरहेका छन् । विश्वभरि छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै आफ्नो मातृभूमि प्रति जोड्ने एउटा महान उद्देश्य सहित ‘नेपालीका लागि नेपाली’ भन्ने नारा बोकेर […]
१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]
१३ असोज, काठमाडौं । रघुजी पन्त, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै विश्वास गर्ने नेताहरुमध्ये पर्छन् । अहिलेसम्म साथ दिएका पन्तले माधव नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाउँदा भने साथ दिएनन् । धेरैका लागि यो आश्चर्यजनक थियो । पन्तका अनुसार नेता नेपालले नयाँ पार्टीमा आउन मात्र होइन, महासचिवको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए । तर […]
१३ असोज, काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा शव भेटिएको छ । होटलको एक कोठामा शव भेटिएको खबर आएपछि अहिले डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली पुगेको छ । मृतक कतारी नागरिक भएको प्रहरीले बताएको छ । चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने होटलमा जानकारी गराएका थिए । तर दिउँसो १२ बजेसम्म […]
१३ असोज, पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको केही होचो भागमा छ । पोखरा शहरको धेरैजसो क्षेत्रको वर्षाको पानीको निकास यही विमानस्थल क्षेत्रमै जान्छ । पोखरा महानगरपालिका–१४ चाउथेमा बनिरहेको उक्त विमानस्थल होचो भागमा भएकै कारण त्यहाँ पोखराका फुलबारी, शितलादेवी, कुँडहर क्षेत्रको पानी जम्मा हुने गर्छ । तर, ती पानीको निकासको उचित व्यवस्थापन नहुँदा […]
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन् । ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ । ‘उहाँको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग […]
१३ असोज, वीरगञ्ज। प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ […]
१३ असोज, गुल्मी । चितुवाको छालासहित प्रहरीले गुल्मीमा २ जनालाई पक्राउ गरेको छ । छत्रकोट गाउँपालिका–२ भेडुवाका २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरिबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए । छत्रकोट–३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छालासहित उनीहरुलाई पक्राउ गरिएको हो । चितुवाको छालाको […]
१३ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास गठन हुन सक्ने वा नसक्ने भन्ने विवाद संवैधानिक इजलासबाट निरुपण गर्न कठिनाइ भएको बताएका छन् । संवैधानिक कानून व्यवसायी मञ्चका नवनियुक्त पदाधिकारीसँगको भेटमा उनले हाल संयुक्त इजलासमा विचाराधीन रहेको अधिवक्ता गणेश रेग्मीले दिएको रिट संवैधानिक इजलासमा पठाउन कठिन भएको बताएका हुन् । यो मुद्दामा यसअघि […]
१३ असोज, जनकपुरधाम । प्रदेश २ मा सम्भवत सवभन्दा बढी चर्चा पाएको योजनामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । ‘बेटी बचाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तरगत विद्यालयमा अध्ययनरत छात्राहरुलाई वितरण गर्न साइकल खरिदमा नियमितता भएको आशंकामा अख्तियारको टोलीले छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री लालबाबु राउतले […]
१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् । यस्तै एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल […]
१३ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले […]
from समाचार – Online Khabar https://ift.tt/3mcNZHv
via IFTTT