समाचार
१६ भदौ, काठमाडौं । सोमबारको मध्यरातपछि अब अफगानिस्तानमा कुनै पनि अमेरिकी सेना बाँकी छैनन् । सन् २००१ पछि पहिलोपटक यस्तो अवस्था आएको हो ।अमेरिकाले अफगानिस्तानमा रहेका अधिकांश अमेरिकी र जोखिममा रहेका अफगान नागरिकको उद्धार गरेपछि आफ्ना सेना पनि फिर्ता लगेको हो । पछिल्लो दुई सातामा अमेरिकाले १ लाख १४ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ […]
१६ भदौ, काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बैंठक स्थगित गर्न माग गर्दै पार्टी केन्द्रीय समितिमा इमेल पठाएका छन् । अध्यक्ष मिश्रले पार्टी विधान र घोषणापत्र विपरीत मार्ग परिवर्तन गरेको र एजेन्डाकै छलफलमा हुँदा एकलौटी बैठक बोलाएकोले बैठक स्थगित गर्न पुन: माग गरेका छन् । अध्यक्ष रवीन्द्र मिश्रलाई अन्तिम आग्रह भनेर पठाइएको इमेलमा […]
१६ भदौ, बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका-५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ । सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिरोले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । वडा नं ५ का अध्यक्ष राजकुमार […]
१६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेको बताए । तर नेपालको टिमबाट को खेल्दैछ भन्नेले धेरै अर्थ नराख्ने भन्दै उनले भने, ‘नेपालसँग खेल्नु सधैं कठिन […]
१६ भदौ, बुटवल । प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । प्रदेश सभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग […]
१६ भदौ, काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सुन्दर राष्ट्र बनाउने अभिभारा युवा पुस्तामा रहेको बताएका छन् । अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहेको बताउँदै उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए । काठमाडौंको रविभवनस्थित ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले […]
१६ भदौ, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा […]
१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो । कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी […]
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर अभियान शुभारम्भ गरिएको हो । विष्णुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा कपुर, समी, क्यालेण्ड्रा, टिकोमा, करविर र बगमवेली बिरुवा रोपिएको छ । कार्यक्रममा गृहमन्त्री […]
१६ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् । धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् । बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता […]
१६ भदौं, काठमाडौं । विकास बैंकहरुको निक्षेपमा गिरावट आएको छ । विकास बैंकहरुको निक्षेप पछिल्लो एक सातामा नै २ अर्ब २३ करोड ६० लाख रुपैयाँले बैंकहरुको निक्षेप घटेको छ । ५ भदौंसम्म विकास बैंकहरुको निक्षेप ४ खर्ब ८९ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ थियो । ११ भदौसम्म आइपुग्दा निक्षेप ०.४६ प्रतिशत अर्थात २ अर्ब […]
१६ भदौ, विराटनगर । प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका-६ शिवालय चोकबाट पेस्तोलसहित दुई जना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो । मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर […]
१६ भदौ, सप्तरी । भुईँमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना बालकलाई मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका-१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको मृत्यु भएको छ । प्रहरीका अनुसार गोठमा खेल्ने क्रममा बालकलाई लत्रिएको विद्युतको नाङो तारबाट […]
१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् । खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज […]
१६ भदौ, काठमाडौं । पाकिस्तानमा लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्ष युसुफ खुस्कसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा दुई देशको बीचमा साहित्यको क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भनी धारणाको आदान प्रदान भएको इस्लामावादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । भेटमा राजदूत अधिकारीले नेपाली साहित्यलाई उर्दु र पाकिस्तानमा अन्य भाषामा अनुवाद गर्न […]
१६ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए । भेटमा प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु […]
१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले अनलाइनखबरलाई बताए । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । ‘एमालेमा अन्तरसंघर्ष चलिरहेको […]
१६ भदौ, काठमाडौं । सेवामूलक क्षेत्रमा निकै ठूलो लगानी रहेको नेपालकै सफल र प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनेको आईएमई समूहले उत्पादनमूलक उद्योगमा लगानी विस्तार गरेको छ । शुरुआतमा यो समूहले नेपालकै ठूलो नेपाल पल्स एण्ड पेपर उद्योगमा लगानी गरेको छ । उद्योगमा स्थानीय उद्योगी केके सर्राफ समेतको लगानी रहने गरी आईएमई समूहले लगानी गरेको छ । […]
अनार स्वास्थ्य र स्वाद दुवै दृष्टिबाट महत्वपूर्ण फलफूल हो । मानिसको रोजाइमा सजिलै पर्ने अनारमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन-बी र भिटामिन-सी पाइन्छ । इरानमा उत्पत्ति भएको मानिएको अनार नेपालमा सबै क्षेत्रमा पाइन्छ । नेपालमै उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि अनार खेतीलाई व्यवस्थित गर्न नसक्दा ठूलो आयात हुने फलफूलमा यो पनि पर्दछ । […]
१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ। काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी […]
from समाचार – Online Khabar https://ift.tt/3DDILfO
via IFTTT






















