Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कलंकी गोलीकाण्डः हतियारको ‘ब्यालेस्टिक’ रिपोर्ट पर्खिँदै प्रहरी

५ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनाको अनुसन्धानमा छिमेकीको संलग्नता देखिन सक्ने बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ । सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो । लगत्तै, गएर हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो । अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनाललाई सोधपुछका लागि नियन्त्रणमा […]

अन्तरिम संरचनाको बहसमा अल्झियो कांग्रेस

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बुधबार पनि पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनबारे ठोस प्रस्ताव आएन । बरु नेताहरुले अन्तरिम संरचना पुस कि असोजभित्र बनाउने भन्ने बहस गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको वैठकमा महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यलगायतको विवरण अपडेट गर्नुपर्ने बताए भने उपसभापति विमलेन्द्र निधिले यो सबै […]

ट्रकसँग ठोक्किदा मोटरसाइकलमा सवार युवकको मृत्यु

१५ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ बसामाडी लेवटमा बुधबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० बर्षीय सौरभ सुवेदी रहेका प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका १८ बर्षीय अस्मित सुनार गम्भीर घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक […]

गण्डकी सरकारको समीक्षा : संघले हेरेन, स्थानीय तहले टेरेन

१५ साउन, पोखरा । ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको गण्डकी प्रदेशले ५८ प्रतिशतभन्दा बढाउन सकेन । गत आर्थिक वर्षमै गर्छु भनेका थुप्रै काम सुरुवात नै गर्न सकेन । लक्ष्यअनुसारको योजना कार्यान्वयन गर्न कहाँ चुक्यौं, कहाँ ठेस लाग्यो ? गण्डकी प्रदेश सरकारले बुधबार समीक्षा गरेको छ । सातै मन्त्री, सचिव, योजना आयोगका पदाधिकारी […]

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

१५ साउन, बुटवल । उच्च अदालतले बुटवल उपमहानगरपालिकाले १६ परिवार बस्दै आएको वस्तीमा डोजर लगाएर थालेको कभर्ड हल निर्माण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ४८ वर्षदेखि बस्दै आएका १६ घर परिवारलाई घरबारविहीन हुनेगरी उपमहानगरले प्रहरी समेत प्रयोग गरी कभर्ड हल बनाउन थालेको थियो । २०२८ सालदेखि तत्कालीन श्री […]

भूकम्पबाट क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण सकियो

१५ साउन, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सकिएको छ । त्यसमा सरकारको लगानीमा ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा […]

प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग चालू आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरुले आर्थिक वर्ष २०७६/०७७ को लागि बार्षिक कार्ययोजना पेश गरे । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । सुरुमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट […]

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]

मप विश्वविद्यालय वेथिति : क्याम्पसका भित्तैभरि चिट, चोर्न नदिएको भन्दै प्राध्यापकलाई धम्की

१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन । कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने […]

नेपाली आयातकर्ता फकाउन कोलकाताको टोली वीरगञ्जमा

१५ साउन, वीरगञ्ज । भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्ने नेपाली व्यवसायी भारतको विशाखापट्टनम बन्दरगाहतर्फ आकर्षित भएका छन् । सामान आयातमा अनेकन झञ्झट ब्यहोर्नुपरेको भन्दै व्यवसायी कोलकाता बन्दरगाह छाडेर विशाखपट्टनमतर्फ आकर्षित भएपछि नेपाली व्यवसायी फकाउन कोलकाताको एक टोली वीरगञ्ज आएको छ । मंगलबार उनीहरुले वीरगञ्जका व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेका छन् । अप्रिल महिनायता […]

मोरङमा कुलोमा डुबेर एकजनाको मृत्यु

१५ साउन, काठमाडौं । मोरङमा पैनी (कुलो)मा डुबेर एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-९ भक्का चोकमा रहेको पैनीमा डुबेर सोही ठाउँका ६० वर्षीय भीमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । दिउँसो साढे १ बजे भएको घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ

१५ साउन, काठमाडौं । नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ । गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको हो । एक अधिकारीका अनुसार नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित […]

तेहोरो कर नहटाए आन्दोलन गर्ने वन महासंघको चेतावनी

१५ साउन, बुटवल । सामुदायिक वनहरुलाई संघीय, स्थानीय र प्रदेश सरकारले तेहोरो कर लगाउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । हालसम्म लगाइँदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गर्दै महासंघ आन्दोलित भएको हो । सामुदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह […]

म रवीन्द्र अधिकारीको उत्तराधिकारी : मन्त्री भट्टराई

१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए । ‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न […]

विश्वविद्यालय शिक्षा मृत्युशैयामा लम्पसार परेको छ : साझा पार्टी

१५ साउन, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले विभिन्न विश्वविद्यालयमा रिक्त भएका उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति दलीय भागवण्डाका आधारमा नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भागवण्डाका आधारमा विश्वविद्यालयका उपकुलपछि नियुक्त नगर्न सरकारलाई खबरदारी गरेका हुन् । विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक […]

नयाँ मन्त्रीका ८ चुनौती : वाइडबडीदेखि ईयुको प्रतिबन्धसम्म

१५ साउन, काठमाडौं । बुधबार दिउँसो एक बजेतिर अनलाइनखबरखबरकर्मी सिंहदरबारस्थित पर्यटन मन्त्रालय पुग्दा नयाँ मन्त्री आउने कुनै छेकछन्द थिएन । साढे दुई बजे बल्ल गाईंगुईं सुन्न थालियो । टेलिफोनका घन्टी बज्न थाले । ‘पाँच बजे नयाँ मन्त्रीको सपथ छ, बाहिर नजानु’ भन्ने सन्देश कर्मचारीहरुलाई आएपछि मन्त्रीमा को नियुक्त भयो भन्ने खुल्दुली सुरु भयो । तर, […]

इँटाभट्टाको खाल्डोमा डुब्दा दाजु बहिनीको मृत्यु

१५ साउन, रौतहट । खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा स्थानीय ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साहको मृत्यु भएको हो । रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीका अनुसार उनीहरु दाजुबहिनी हुन् । सर्लाहीको हरिपुर नगरपालिका […]

कोठा खोजिदिन माग गर्दै महानगरपालिकामा उजुरी

१५ साउन, काठमाडौं । कोठा खोजिदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो । त्यसैगरी घर भाडा भाग लगाई पाउँ भनी एउटा जुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन् । […]

संसदको एउटा बैठक बस्दा ७ लाख खर्च

१५ साउन, काठमाडौं । प्रतिनिधिसभा (संसद) को एउटा बैठक बस्दा ७ लाख रुपैयाँ खर्च हुने गरेको पाइएको छ । प्रतिनिधिसभाको बैठकको पुर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत जोड्दा प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, […]

पर्यटनमन्त्री भट्टराईले लिए सपथ

१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि […]

बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ पुग्यो

१५ साउन, धम्बोझी (बाँके) । यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताए […]



from समाचार – Online Khabar https://ift.tt/2Mw5bro
via IFTTT
Powered by Blogger.