Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ

१६ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ […]

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

काठमाडौं । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि […]

छापामा आज : २५०० बिघा जग्गा अझै ‘माओवादी’को कब्जामै

१६ साउन, काठमाडौं । राजनीतिक दलभित्रको कचिंगलदेखि तत्कालीन माओवादीले कब्जा गरेको जग्गा अझै फुकुवा नभएकोसम्मका विषय आजका दैनिक पत्रिकाहरूको ‘हेडलाइन’ बनेको छ । अन्नपूर्णले ‘२५०० बिघा माओवादी कब्जामै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । तत्कालीन विद्रोही माओवादीको अगुवाइमा दाङमा कब्जा भएको २५ सय बिघा जग्गा अझै फिर्ता नभएको हो । तत्कालीन माओवादीले नेपाल संस्कृत […]

प्रधानमन्त्री र मन्त्रीवीच एकवर्षे लिखित सम्झौता !

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेकै बेला बुधबार सिंहदरबारमा अकस्मात सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ भयो । यी लिखित सम्झौताहरुको अवधि एक आर्थिक वर्ष, अर्थात ०७७ साल असार मसान्तसम्म छ । प्रधानमन्त्रीले मन्त्रीहरुसँग लिखित सम्झौता गरेको नेपाली राजनीतिमा नयाँ कदम भएको प्रशासन मामिलाका जानकार बताउँछन् […]

ओलीले बाचा पूरा गरे, योगेशको परीक्षा सुरु भो

१५ साउन, काठमाडौं । योगेश भट्टराई र रवीन्द्र अधिकारी तत्कालीन एमालेको राजनीतिमा ‘हल जोडी’ थिए । ०५३ सालमा अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालको झगडाले पार्टी नै फुट्ने अवस्था आएपछि एमालेले चारजना विद्यार्थी नेतालाई अखिलबाट विदा दिएको थियो । त्यसरी विदा पाउनेमा योगेश भट्टराई र रवीन्द्र अधिकारी एउटा गुटबाट थिए भने भानुभक्त ढकाल […]

कलंकी गोलीकाण्डः हतियारको ‘ब्यालेस्टिक’ रिपोर्ट पर्खिँदै प्रहरी

५ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनाको अनुसन्धानमा छिमेकीको संलग्नता देखिन सक्ने बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ । सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो । लगत्तै, गएर हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो । अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनाललाई सोधपुछका लागि नियन्त्रणमा […]

अन्तरिम संरचनाको बहसमा अल्झियो कांग्रेस

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बुधबार पनि पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनबारे ठोस प्रस्ताव आएन । बरु नेताहरुले अन्तरिम संरचना पुस कि असोजभित्र बनाउने भन्ने बहस गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको वैठकमा महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यलगायतको विवरण अपडेट गर्नुपर्ने बताए भने उपसभापति विमलेन्द्र निधिले यो सबै […]

ट्रकसँग ठोक्किदा मोटरसाइकलमा सवार युवकको मृत्यु

१५ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ बसामाडी लेवटमा बुधबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० बर्षीय सौरभ सुवेदी रहेका प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका १८ बर्षीय अस्मित सुनार गम्भीर घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक […]

गण्डकी सरकारको समीक्षा : संघले हेरेन, स्थानीय तहले टेरेन

१५ साउन, पोखरा । ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको गण्डकी प्रदेशले ५८ प्रतिशतभन्दा बढाउन सकेन । गत आर्थिक वर्षमै गर्छु भनेका थुप्रै काम सुरुवात नै गर्न सकेन । लक्ष्यअनुसारको योजना कार्यान्वयन गर्न कहाँ चुक्यौं, कहाँ ठेस लाग्यो ? गण्डकी प्रदेश सरकारले बुधबार समीक्षा गरेको छ । सातै मन्त्री, सचिव, योजना आयोगका पदाधिकारी […]

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

१५ साउन, बुटवल । उच्च अदालतले बुटवल उपमहानगरपालिकाले १६ परिवार बस्दै आएको वस्तीमा डोजर लगाएर थालेको कभर्ड हल निर्माण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ४८ वर्षदेखि बस्दै आएका १६ घर परिवारलाई घरबारविहीन हुनेगरी उपमहानगरले प्रहरी समेत प्रयोग गरी कभर्ड हल बनाउन थालेको थियो । २०२८ सालदेखि तत्कालीन श्री […]

नयाँ पर्यटनमन्त्रीको उद्घोष : वाह ! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ

मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग सल्लाह दिनुभयो, त्यसका निम्ति सबैप्रति आभार […]

भूकम्पबाट क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण सकियो

१५ साउन, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सकिएको छ । त्यसमा सरकारको लगानीमा ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा […]

प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग चालू आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरुले आर्थिक वर्ष २०७६/०७७ को लागि बार्षिक कार्ययोजना पेश गरे । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । सुरुमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट […]

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]

मप विश्वविद्यालय वेथिति : क्याम्पसका भित्तैभरि चिट, चोर्न नदिएको भन्दै प्राध्यापकलाई धम्की

१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन । कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने […]

नेपाली आयातकर्ता फकाउन कोलकाताको टोली वीरगञ्जमा

१५ साउन, वीरगञ्ज । भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्ने नेपाली व्यवसायी भारतको विशाखापट्टनम बन्दरगाहतर्फ आकर्षित भएका छन् । सामान आयातमा अनेकन झञ्झट ब्यहोर्नुपरेको भन्दै व्यवसायी कोलकाता बन्दरगाह छाडेर विशाखपट्टनमतर्फ आकर्षित भएपछि नेपाली व्यवसायी फकाउन कोलकाताको एक टोली वीरगञ्ज आएको छ । मंगलबार उनीहरुले वीरगञ्जका व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेका छन् । अप्रिल महिनायता […]

मोरङमा कुलोमा डुबेर एकजनाको मृत्यु

१५ साउन, काठमाडौं । मोरङमा पैनी (कुलो)मा डुबेर एकजनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका-९ भक्का चोकमा रहेको पैनीमा डुबेर सोही ठाउँका ६० वर्षीय भीमबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । दिउँसो साढे १ बजे भएको घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

सैनिक पोशाक प्रयोगमा सर्वसाधारणलाई कडाइ

१५ साउन, काठमाडौं । नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले प्रयोग गर्न थालेपछि नियमन थालिएको छ । गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको हो । एक अधिकारीका अनुसार नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित […]

तेहोरो कर नहटाए आन्दोलन गर्ने वन महासंघको चेतावनी

१५ साउन, बुटवल । सामुदायिक वनहरुलाई संघीय, स्थानीय र प्रदेश सरकारले तेहोरो कर लगाउन खोजेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ । हालसम्म लगाइँदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सबै तहका वन पैदावार शुल्कहरु हटाउन माग गर्दै महासंघ आन्दोलित भएको हो । सामुदायिक वन उपभोक्ता समूहले व्यापारिक प्रयोजनका लागि समूह […]

म रवीन्द्र अधिकारीको उत्तराधिकारी : मन्त्री भट्टराई

१५ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले परिस्थितिले आफू अधिकारीको कुर्चीमा बस्न आइपुगेको भन्दै सबै अग्रजसँग राय सल्लाह लिएर अगाडि बढ्ने बताए । ‘परिस्थितिले उहाँ बस्नुभएको कुर्सीमा म बसेको छु,  उहाँले नै राम्रोसँग सम्हाल्न […]

विश्वविद्यालय शिक्षा मृत्युशैयामा लम्पसार परेको छ : साझा पार्टी

१५ साउन, काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले विभिन्न विश्वविद्यालयमा रिक्त भएका उपकुलपतिलगायतका पदाधिकारीको नियुक्ति दलीय भागवण्डाका आधारमा नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भागवण्डाका आधारमा विश्वविद्यालयका उपकुलपछि नियुक्त नगर्न सरकारलाई खबरदारी गरेका हुन् । विश्वविद्यालयको गुणस्तर र प्राज्ञिक उन्नयनका लागि प्राज्ञिक […]



from समाचार – Online Khabar https://ift.tt/2LQpWyF
via IFTTT
Powered by Blogger.