समाचार
१६ साउन, काठमाडौं । विद्यार्थीकालमा नेत्र चिकित्सा (अफ्थ्याल्मोलोजी) पढ्दा सुमन थापालाई एउटा कुरा कहिल्यै चित्त बुझ्दैनथ्यो, आफ्ना विषयका शिक्षक, विद्यार्थी सबैमा एउटा आम सहमति के थियो भने उनीहरूले निश्चित अवस्थाका बिरामीको आँखा परीक्षण गर्न हुँदैन । “सबैको विश्वास के थियो भने कि हामीले ग्लकोमाजस्ता रोगको परीक्षण गर्नुहुँदैन किनकि यसको निदान हुने सम्भावना अत्यन्त कम हुन्छ […]
१६ साउन, काठमाडौं । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् । प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा […]
१६ साउन, काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय […]
१६ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवाेध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ । नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र […]
१६ साउन, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय […]
१६ साउन, हेटौंडा । मकवानपुरको बसामाडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सौरभ सुवेदी र अस्मित सुनारको मृत्यु भएको हो । हेटौंडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-३ […]
१६ साउन, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयनमा भूमिका खेलेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो । ‘जभाद जरिफले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेका छन्’, ट्रेजरी सेक्रेटरी स्टेभन मुचिनले […]
१६ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ […]
काठमाडौं । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि […]
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेकै बेला बुधबार सिंहदरबारमा अकस्मात सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ भयो । यी लिखित सम्झौताहरुको अवधि एक आर्थिक वर्ष, अर्थात ०७७ साल असार मसान्तसम्म छ । प्रधानमन्त्रीले मन्त्रीहरुसँग लिखित सम्झौता गरेको नेपाली राजनीतिमा नयाँ कदम भएको प्रशासन मामिलाका जानकार बताउँछन् […]
१५ साउन, काठमाडौं । योगेश भट्टराई र रवीन्द्र अधिकारी तत्कालीन एमालेको राजनीतिमा ‘हल जोडी’ थिए । ०५३ सालमा अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालको झगडाले पार्टी नै फुट्ने अवस्था आएपछि एमालेले चारजना विद्यार्थी नेतालाई अखिलबाट विदा दिएको थियो । त्यसरी विदा पाउनेमा योगेश भट्टराई र रवीन्द्र अधिकारी एउटा गुटबाट थिए भने भानुभक्त ढकाल […]
५ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनाको अनुसन्धानमा छिमेकीको संलग्नता देखिन सक्ने बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ । सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो । लगत्तै, गएर हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो । अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनाललाई सोधपुछका लागि नियन्त्रणमा […]
१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बुधबार पनि पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनबारे ठोस प्रस्ताव आएन । बरु नेताहरुले अन्तरिम संरचना पुस कि असोजभित्र बनाउने भन्ने बहस गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको वैठकमा महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यलगायतको विवरण अपडेट गर्नुपर्ने बताए भने उपसभापति विमलेन्द्र निधिले यो सबै […]
१५ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ बसामाडी लेवटमा बुधबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० बर्षीय सौरभ सुवेदी रहेका प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका १८ बर्षीय अस्मित सुनार गम्भीर घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक […]
१५ साउन, पोखरा । ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको गण्डकी प्रदेशले ५८ प्रतिशतभन्दा बढाउन सकेन । गत आर्थिक वर्षमै गर्छु भनेका थुप्रै काम सुरुवात नै गर्न सकेन । लक्ष्यअनुसारको योजना कार्यान्वयन गर्न कहाँ चुक्यौं, कहाँ ठेस लाग्यो ? गण्डकी प्रदेश सरकारले बुधबार समीक्षा गरेको छ । सातै मन्त्री, सचिव, योजना आयोगका पदाधिकारी […]
१५ साउन, बुटवल । उच्च अदालतले बुटवल उपमहानगरपालिकाले १६ परिवार बस्दै आएको वस्तीमा डोजर लगाएर थालेको कभर्ड हल निर्माण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ४८ वर्षदेखि बस्दै आएका १६ घर परिवारलाई घरबारविहीन हुनेगरी उपमहानगरले प्रहरी समेत प्रयोग गरी कभर्ड हल बनाउन थालेको थियो । २०२८ सालदेखि तत्कालीन श्री […]
मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग सल्लाह दिनुभयो, त्यसका निम्ति सबैप्रति आभार […]
१५ साउन, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सकिएको छ । त्यसमा सरकारको लगानीमा ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा […]
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुसँग चालू आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्रीहरुले आर्थिक वर्ष २०७६/०७७ को लागि बार्षिक कार्ययोजना पेश गरे । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । सुरुमा प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग सम्झौताको फाइल साटासाट […]
१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]
१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन । कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने […]
from समाचार – Online Khabar https://ift.tt/2K7Xztp
via IFTTT






















