Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पेरिसडाँडा पुगे पर्यटनमन्त्री, जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ साउन, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराई मन्त्री नियुक्त भएको भोलिपल्ट पेरिसडाँडा पुगेका हुन् । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा […]

उपचार नपाएर हुम्लाको स्वास्थ्यचौकीमा सुत्केरीको मृत्यु

१६ साउन, हुम्ला । जिल्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नं ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको बिहान १० बजे मृत्यु भएको हो । टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइए पनि दुर्गम क्षेत्रमा उपकरण नहुँदा […]

प्रचण्डपत्नी सीताको विमारको भित्री कथा !

१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड यतिबेला पारिवारिक भ्रमणका लागि दुबईमा छन् । मंगलबार दुबई प्रस्थान गरेका प्रचण्डले पत्नी सीताको इच्छा पूरा गर्न भ्रमण गरेको निकटस्थहरुलाई बताएका छन् । यो उनीहरुको विशुद्ध पारिवारिक भ्रमण हो । राजनीतिमा व्यस्त प्रचण्डले पछिल्लो समय परिवारलाई समय दिइरहेका छन् । परिवारसँग विभिन्न रिसोर्टमा रमाउनु, उपचारका लागि […]

डाक्टरविहीन गाउँमा आँखा उपचारका लागि मोबाइल फोनको प्रयोग

१६ साउन, काठमाडौं । विद्यार्थीकालमा नेत्र चिकित्सा (अफ्थ्याल्मोलोजी) पढ्दा सुमन थापालाई एउटा कुरा कहिल्यै चित्त बुझ्दैनथ्यो, आफ्ना विषयका शिक्षक, विद्यार्थी सबैमा एउटा आम सहमति के थियो भने उनीहरूले निश्चित अवस्थाका बिरामीको आँखा परीक्षण गर्न हुँदैन । “सबैको विश्वास के थियो भने कि हामीले ग्लकोमाजस्ता रोगको परीक्षण गर्नुहुँदैन किनकि यसको निदान हुने सम्भावना अत्यन्त कम हुन्छ […]

एक दर्जन जिल्लाका एनसेल टावरमा विष्फोट र आगजनी

१६ साउन, काठमाडौं । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद हुँदा सेवाग्राही मर्कामा परेका छन् । प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा […]

‘ओसामा बिन लादेनका छोरा हम्जा मारिए’

१६ साउन, काठमाडौं । अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् । अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय […]

काठमाडौं विश्वविद्यालयका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

१६ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवाेध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ । नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र […]

सभामुखले बोलाए सर्वदलीय बैठक

१६ साउन, काठमाडौं । संसदको जारी गतिरोध अन्त्यको प्रयासस्वरुप सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको संयुक्त बैठक मध्याह्न आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेल र राजपा कार्यकर्ता सरोज नारायण सिंह प्रहरीको गोलीबाट मारिएको घटना छानबिनका लागि संसदीय […]

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

१६ साउन, हेटौंडा । मकवानपुरको बसामाडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सौरभ सुवेदी र अस्मित सुनारको मृत्यु भएको हो । हेटौंडाबाट बसामाडीतर्फ जाँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-३ […]

इरानका विदेशमन्त्रीलाई अमेरिकाले लगायो प्रतिबन्ध

१६ साउन, काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयनमा भूमिका खेलेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो । ‘जभाद जरिफले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेका छन्’, ट्रेजरी सेक्रेटरी स्टेभन मुचिनले […]

नागढुंगाबाट एक किलो सुनसहित एक जना पक्राउ

१६ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङ छन् । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन बरामद भएको प्रहरीले जनाएको छ […]

७ वर्षीय बालकको मुखबाट निकालियो ५२६ दाँत, डाक्टरले भने- मोबाइल टावरको रेडियसनले यस्तो हुनसक्छ

काठमाडौं । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् । डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । उनीहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् । डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि […]

प्रधानमन्त्री र मन्त्रीवीच एकवर्षे लिखित सम्झौता !

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलिरहेकै बेला बुधबार सिंहदरबारमा अकस्मात सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ भयो । यी लिखित सम्झौताहरुको अवधि एक आर्थिक वर्ष, अर्थात ०७७ साल असार मसान्तसम्म छ । प्रधानमन्त्रीले मन्त्रीहरुसँग लिखित सम्झौता गरेको नेपाली राजनीतिमा नयाँ कदम भएको प्रशासन मामिलाका जानकार बताउँछन् […]

ओलीले बाचा पूरा गरे, योगेशको परीक्षा सुरु भो

१५ साउन, काठमाडौं । योगेश भट्टराई र रवीन्द्र अधिकारी तत्कालीन एमालेको राजनीतिमा ‘हल जोडी’ थिए । ०५३ सालमा अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालको झगडाले पार्टी नै फुट्ने अवस्था आएपछि एमालेले चारजना विद्यार्थी नेतालाई अखिलबाट विदा दिएको थियो । त्यसरी विदा पाउनेमा योगेश भट्टराई र रवीन्द्र अधिकारी एउटा गुटबाट थिए भने भानुभक्त ढकाल […]

कलंकी गोलीकाण्डः हतियारको ‘ब्यालेस्टिक’ रिपोर्ट पर्खिँदै प्रहरी

५ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनाको अनुसन्धानमा छिमेकीको संलग्नता देखिन सक्ने बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ । सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो । लगत्तै, गएर हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो । अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनाललाई सोधपुछका लागि नियन्त्रणमा […]

अन्तरिम संरचनाको बहसमा अल्झियो कांग्रेस

१५ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बुधबार पनि पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनबारे ठोस प्रस्ताव आएन । बरु नेताहरुले अन्तरिम संरचना पुस कि असोजभित्र बनाउने भन्ने बहस गरेका छन् । पार्टी कार्यालय सानेपामा बसेको वैठकमा महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यलगायतको विवरण अपडेट गर्नुपर्ने बताए भने उपसभापति विमलेन्द्र निधिले यो सबै […]

ट्रकसँग ठोक्किदा मोटरसाइकलमा सवार युवकको मृत्यु

१५ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–३ बसामाडी लेवटमा बुधबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २० बर्षीय सौरभ सुवेदी रहेका प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका १८ बर्षीय अस्मित सुनार गम्भीर घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको मकवानपुरका प्रहरी उपरीक्षक […]

गण्डकी सरकारको समीक्षा : संघले हेरेन, स्थानीय तहले टेरेन

१५ साउन, पोखरा । ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य लिएको गण्डकी प्रदेशले ५८ प्रतिशतभन्दा बढाउन सकेन । गत आर्थिक वर्षमै गर्छु भनेका थुप्रै काम सुरुवात नै गर्न सकेन । लक्ष्यअनुसारको योजना कार्यान्वयन गर्न कहाँ चुक्यौं, कहाँ ठेस लाग्यो ? गण्डकी प्रदेश सरकारले बुधबार समीक्षा गरेको छ । सातै मन्त्री, सचिव, योजना आयोगका पदाधिकारी […]

विवादित कभर्ड हल निर्माण रोक्न अदालतको आदेश

१५ साउन, बुटवल । उच्च अदालतले बुटवल उपमहानगरपालिकाले १६ परिवार बस्दै आएको वस्तीमा डोजर लगाएर थालेको कभर्ड हल निर्माण यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा ४८ वर्षदेखि बस्दै आएका १६ घर परिवारलाई घरबारविहीन हुनेगरी उपमहानगरले प्रहरी समेत प्रयोग गरी कभर्ड हल बनाउन थालेको थियो । २०२८ सालदेखि तत्कालीन श्री […]

नयाँ पर्यटनमन्त्रीको उद्घोष : वाह ! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ

मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग सल्लाह दिनुभयो, त्यसका निम्ति सबैप्रति आभार […]

भूकम्पबाट क्षति भएका ७० वटा सरकारी भवनको पुनर्निर्माण सकियो

१५ साउन, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी/सार्वजनिक भवनहरुमध्ये ७० वटाको पुनर्निर्माण सकिएको छ । त्यसमा सरकारको लगानीमा ३० वटा छन् भने ४० वटा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगका छन् । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा […]



from समाचार – Online Khabar https://ift.tt/2K5VU7L
via IFTTT
Powered by Blogger.