Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सिंगापुरमा सुरु भयो प्रधानमन्त्रीको उपचार, अवस्था सामान्य

८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार शुक्रबारबाट थालिएको र अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको जानकारी दिइन् । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् । प्रधानमन्त्री ओलीको […]

मापसे गरेको भन्दै विमानबाट ओरालिए एनआरएन अध्यक्ष

८ भदौ, काठमाडौं । मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जान लागेका थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् । यो कुराको पुष्टि न्यौपाने […]

रसुवाको धुसेनीमा पहिरो, १० घर र १ विद्यालय जोखिममा

८ भदौ, काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले रसुवाको ७ रोपनी धानखेत बगाएको छ । पहिरोले १० घर र विद्यालयसमेत जोखिममा परेका छन् । जिल्लाको कालिका गाउँपालिका–४, धुसेनीमा शुक्रबार राति गएको पहिरोले करिब ७ रोपनी धानखेत बगाएको हो । रसुवाको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले शुक्रबार धुसेनीको देवकोटा टोलमा गएको पहिरोले ३ परिवारको ७ रोपनी […]

जनउत्थान सहकारीले एक वर्षमा कमायो ६ करोड

८ भदौ, बुटवल । प्रदेश ५ मा चार हजार बढी सहकारी सञ्चालनमा छन् । यीमध्ये कैयौ सहकारी अस्तित्व बचाउन धौ–धौ भएर धमाधम मर्जर जाने प्रक्रियामा छन् । यी सहकारीहरूको भीडमा रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रगति भने सबैका लागि लोभलाग्दो र अनुकरणीय छ । बागलुङ जिल्लाबाट बसाइँ सरेर साविकको टिकुलीगढ गाविस ८ […]

लिबर्डले गर्‍यो ५ प्रजातिको धान दर्ता

७ भदौ, पोखरा । पोखरेलीको पि्रय खान्की हो, जेठो बुढो धान । यो पोखरा आसपासका क्षेत्रमा उत्पादन हुँदै आएको छ । परम्परागत रुपमा उत्पादन हुँदै आए पनि यो प्रजातिको धान व्यावसायिक भने हुन सकेको थिएन । व्यावसायिक नहुँदा राष्ट्रियस्तरमा पुग्न सकेको थिएन । पुर्खौंदेखि पोखराका फेवा, बिरौटा, कुँडहर, पामे, ठूलाखेत लगायत फाँटमा किसानले लटरम्मै जेठोबुढो […]

टीकापुर घटना थारु विद्रोह नै होः बाबुराम भट्टराई

७ भदौ, धनगढी । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर घटना थारु विद्रोह भएको बताएका छन् । तर नापेतौले जस्तो नहुँदा मानवीय क्षती हुन पुगेको उनले बताए । कैलालीको टीकापुरमा शनिबारबाट सुरु भएको आयोजित थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘विद्रोह कहिले पनि तापेतौले जस्तो हुँदैन । […]

प्राधिकरणको ध्यान जलाशयमा: अघि बढ्दै १० आयोजना

७ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ। माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ। तर, प्राधिकरणले सोही गुनासोको उचित जवाफका रुपमा विभिन्न १० आयोजनालाई अगाडि सारेको छ। ती […]

साझाले थाल्यो विद्युतीय बस किन्ने प्रक्रिया

७ भदौ, काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्न खरिदका लागि प्रक्रिया अघि बढाएको छ । सरकारले विद्युतीय बस किन्न एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको छ । यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ […]

मधेसको असन्तुष्टि सम्बोधन गर्नुस्ः पूर्वराष्ट्रपति यादव

७ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादवले संविधानमा मधेसको असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा यादवले संविधान बनाउने क्रममा सबै समाधान होस् र मधेसमा पनि स्वागत होस् भन्ने चाहेको बताए । उनले भने, ‘त्यसो हुन सकेन । तर म खुसी छु कि सबैले चुनावमा भाग लिए […]

नेकपाको स्कूलमा गैरकम्युनिस्टलाई पनि पढाइने !

८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुईथरी स्कूल सञ्चालन गर्ने भएको छ । पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको स्कूल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कूल चलाउने भएको हो । नेकपाको स्कूल विभागका नवनियुक्त प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुसाललाई कार्यभार […]

तेमालबाट सुरु भयो ग्यास विस्थापन अभियान

७ भदौ, काठमाडौं । ग्यास सिलिण्डर विस्तापित गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सपना’लाई सरकारले अझै योजनामा ढाल्न सकेको छैन । तर काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान सुरु गरिएको छ । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले चलाएको यो अभियानमा नेपाल विद्युत प्राधिरकणले साथ दिएको छ । चुल्हो वितरण कार्यक्रममा आफैं पुगेर विद्युत […]

घरपालुवा कुकुरलाई जथाभावी शौच गराए कारवाही हुने

७ भदौ, काठमाडौं । के तपाईं आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा […]

प्रदेश २ को नामाकरण प्रक्रिया लम्बियो

७ भदौ, जनकपुरधाम । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय लम्बिने भएको छ । दलहरुले प्रदेशको नाम र स्थायी राजधानीबारे आफ्नो प्रदेशसभामा दर्ता गराइसकेका छन् । त्यसलाई निर्णयमा लैजाने प्रक्रियाबारे छलफल गर्न शनिबार प्रदेशसभा सचिवालयले बैठक बोलाएको थियो । तर बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता अवधकिशोर कुसवाहाकाअनुसार […]

विमानस्थल र मोनोरेल बनेपछि लुम्बिनीमा पर्यटक ओइरिन्छन्ः मन्त्री गिरी

७ भदौ, बटवल । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने दाबी गरेका छन् । लुम्बिनीसँग जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालनपछि पर्यटक ओइरने उनको दाबी छ । बुधबारमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गिरीले बाहिरी देशबाट भैरहवामा सिधा हवाई सेवा सुरु हुँदा लुम्बिनीमा […]

भन्सार र मालपोत पठाइदेउ भन्ने कर्मचारी पाउन गाह्रो छः मन्त्री ज्ञवाली

७ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको बताएका छन् । अग्रगति र पश्चगतिको संघर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए । वाङ्मय सताब्दी पुरुष सत्यमोहन जोशीको […]

राजाले जगेडामा राखे, दिनभर कविता लेखेर बसें : पूर्वमुख्यसचिव घिमिरे

७ भदौ, काठमाडौं । एक साताअघि पूर्वमुख्यसचिव भोजराज घिमिरेको  कथा सङ्ग्रह ‘अन्तिम प्रश्न’ बजारमा आयो । सङ्ग्रहमा रहेका १६ कथाहरुलाई समालोचकहरुले ‘नेपाली साहित्यका फरक र गुणवत्ताको हिसावले साहित्यको इतिहासमा उल्लेख गर्नैपर्ने किसिमका’ भन्दै टिप्पणी गरे । यसअघि ४ गजल सङ्ग्रह, २ गीती सङ्ग्रह, ४ वटा गीती एल्बम र प्रशस्त फुटकर गीत-गजलहरु लेखेका घिमिरेले यसपटक कथा […]

ईश्वर पोखरेल भन्छन्- सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति हामीभित्रै छ

७ भदौ, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् नेकपा नेता ईश्वर पोखरेलले व्यक्तिहरुको गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताएका छन् । सार्वजनिक सम्पत्ति कब्जा गर्न पाए मजा मान्ने चिन्तन र प्रवृत्ति आफूहरुभित्रै रहेको उनले बताए । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्िगन टुसाल पार्क’ उदघाटन कार्यक्रमलाई शनिबार […]

बीआरआईविरुद्धका अभियानसँग लड्न नेपाल तयार छ : खनाल

७ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई सफल हुन नदिन दक्षिण एसियामा सञ्चालित बिभिन्न अभियानविरुद्ध लड्न नेपाल राजनीतिक रूपमा तयार रहेको बताएका छन् । चारदिने चीन भ्रमणको क्रममा ‘गुआंग्डोंग २१ औं शताब्दी म्यारी टाइम सिल्करोड अन्तराष्ट्रिय एक्स्पो’लाई सम्बोधनको क्रममा खनालले सो धारणा राखेका […]

अब पूर्वाधार निर्माणले फड्को मार्छ : पर्यटनमन्त्री भट्टराई

७ भदौ, फिदिम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै संघीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को […]

गाउँपालिकाको सचिवविरुद्ध बलात्कार प्रयासको मुद्दा

७ भदौ, ओखलढुंगा । ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको […]

७७ वटै जिल्लाबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गरिने

७ भदौ, काठमाडौं । विगतका अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसका अवसरमा विनाआधार शिक्षक तथा शिक्षासेवीलाई पुरस्कार दिइएकामा यस वर्षदेखि वैज्ञानिक मापदण्ड तय गरिएको छ । राजनीतिक पहुँच र नातागोताका आधारमा पुरस्कार दिइने प्रवृत्तिमा सुधार ल्याउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत २९ गते बसेको ४०औँ राष्ट्रिय शिक्षक दिवस, मूल समारोह समितिको बैठकले […]



from समाचार – Online Khabar https://ift.tt/322Iobi
via IFTTT
Powered by Blogger.