Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले ४–४ गोल गरे । यसैगरी अनिता ल्हामु शेर्पा […]

डोटीमा जिप दुर्घटना, चालकको मृत्यु

१९ मंसिर, डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ का अन्दाी २१ वर्षीय आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोरायलले जनाएको छ । मगर […]

मुस्ताङमा भारतीय नागरिकको मृत्यु

१९ मंसिर, मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको ठानिए पनि यकिन भइसकेको छैन […]

कृषिका ५ निकायमा पदाधिकारी माग, दुग्ध विकास महाप्रबन्धकको विज्ञापन रद्द

१९ मंसिर, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आफूमातहतका ५ निकायमा ८ पदाधिकारी माग गरेको छ । यसअघिको दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशक, दुग्ध विकास संस्थानको महाप्रबन्धक, कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडको रिक्त प्रबन्ध सञ्चालकका लागि गरिएको विज्ञापन भने रद्द गरिएको छ । मन्त्रालयले बिहीबार ५ निकायमा अध्यक्ष, […]

भुटानलाई नेपालले दियो २३७ रनको लक्ष्य

१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरे । आफ्नो खराब फर्म बिर्सदै ज्ञानेन्द्र कमजोर भुटानमाथि हावी भएका थिए । अन्तर्राष्ट्रिय टि–२० मा यो […]

भुटानमाथि कप्तान ज्ञानेन्द्रको शतक

१९ मंसिर, काठमाडौं । १३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि-२० मा यो उनको पहिलो शतक हो । कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर्ा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र […]

नीमा घर्ती मगरले उसुमा जितिन् स्वर्ण

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ । नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो […]

नेपाल भ्रमण वर्षको गीत रचना गर्न आह्वान, उत्कृष्टलाई पुरस्कृत गरिने

१९ मंसिर, काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत-संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले […]

औषधि खरिदमा अनियमितता : अख्तियारले पूर्वस्वास्थ्य निर्देशकलाई बोलायो

१९ मंसिर, काठमाडौं । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ । औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो । आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क गर्न निर्देशन दिएको छ । […]

मनमौजी नारायण गोपाल

उनी बितेको दिन आज । अघिल्लो रात उनले आफैं मरेको सपना देखेकी देखेनन् कुन्नी ? तर उनी सबैलाई भावविह्वल बनाई बिती गए । उनी अर्थात् स्वरसम्राट नारायण गोपाल । नेपाली सुगम संगीतका एक कालजयी शिल्पी, एउटा युग जसका अनगिन्ती गीतहरु आज पर्यन्त जीवित छन् र यो जग रहेसम्म जीवितै रहनेछन् । जीवित छँदा हामीले उनको […]

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.५ डिग्री

१९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ । सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको […]

तेक्वान्दोका ६ स्वर्णको निर्णय आज, क्रिकेटमा नेपाल–भुटान भिड्दै

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत आज तेक्वान्दोको अन्तिम खेलहरू हुने भएका छन् । कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुनेछ । तेक्वान्दोमा अहिलेसम्म २३ स्वर्णको निर्णय हुँदा नेपालले ११ स्वर्ण जितिसकेको छ । त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म […]

प्रदेश १ को ४ महिनाको बजेट खर्च साढे ६ प्रतिशत

१९ मंसिर, विराटनगर । अघिल्लो आर्थिक वर्षमा लक्ष्यअनुरूप बजेट खर्च गर्न नसकेको प्रदेश १ सरकार चालु आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा पनि गति पक्डन सकेको छैन । उसले चालु आवको पहिलो चार महिनामा ६ दशमलव ५१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । कुल ४२ अर्ब २० करोड ४ लाख १२ हजारमध्ये कात्तिक मसान्तसम्म […]

सीमा विवादमा नेपालले पठाएको कूटनीतिक नोटमा भारत ‘मौन’

१८ मंसिर, काठमाडौं । लिम्पियाधुरासहित कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्साविरुद्ध नेपालले कूटनीतिक नोट पठाएको तीन साता बितेको छ । तर भारतले अहिलेसम्म कुनै जवाफ दिएको छैन । बुधबार सीमा बचाऔं अभियानका प्रतिनिधिहरुसँग भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पठाएको ‘कूटनीतिक नोट’को भारतबाट कुनै जवाफ नआएको पुष्टि गरेका हुन् । भारतले […]

१०० औं स्वर्णको संयोग : ओहो ! म त भाग्यमानी रहेछु

१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्‍यो । बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को […]

सुटिङ खेलाडीका दुःख : भारतसँग गोली र पाकिस्तानसँग पेस्तोल मागेर प्रतिष्पर्धा

१८ मंसिर, काठमाडौं । ‘परीक्षाको सबै तयारी सकियो, पढ्न चाहिँ बाँकी छ भने जस्तै छ हाम्रो अवस्था’, १३औं दक्षिण एसियाली खेलकुद (साग) का सुटिङ खेलाडीले दुखेसो पोखे । चार वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त सातदोबाटोको सुटिङ रेन्ज दक्षिण एसियाली खेलकुद उद्घाटनको पूर्वसन्ध्यामा तयार त भयो तर, प्रतिष्पर्धामा उत्रिन हतियार उपलब्ध भएन । चीनको सहयोगमा बनेको अत्याधुनिक […]

नेकपाको चुनावी समीक्षा : जनताको असन्तुष्टि स्थानीय जनप्रतिनिधिसँग

१८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा आए पनि स्थानीय तहका कामकारबाहीमा पार्टीको निगरानी र नीति निर्देशन कमजोर भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकमा उपचुनावको सामान्य समीक्षा भए पनि तल्ला कमिटीबाटै वस्तुगत रिपोर्ट मगाउने भन्दै मंसिर २३ गते अर्को बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले […]

इन्जिनियरिङ परिषद् विधेयक विश्वविद्यालय ऐनसँग बाझियो

१८ मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिमा विचाराधीन इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक विश्वविद्यालय ऐनसँग बाझिएको छ । प्रस्तावित विधेयकले इन्जिनियरिङ विषय अध्यापन गर्दै आएका शिक्षण संस्थाको पाठ्यक्रम, बिद्यार्थी भर्नाको आधार, शिक्षण संस्थाको भौतिक पूर्वाधार, शैक्षिक मापदण्ड तोक्ने अधिकार नेपाल इन्जिनियरिङ परिषदलाई दिने भनेको छ । शैक्षिक संस्थाको स्वीकृति रद्ध […]

डोटीका शिक्षा इकाइ प्रमुख ७ महिनामा ४४ दिन हाजिर

१८ मंसिर, सिलगढी । एक सरकारी कर्मचारी २ सय १० दिनको अवधीमा कति दिन कार्यालयमा हाजिर भयो होला भन्ने अनुमान गर्न सक्नु हुन्छ ? धेरै कम हाजिर भएको भए डेढ सय दिन भन्नु होला । तर डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको हकमो त्यो अनुमान गलत हुन्छ । डोटीका शिक्षा विकास तथा समन्वय इकाइ […]

साढे ३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सको शिलबन्दी तोड्न सर्वोच्चको आदेश

१८ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरिदिएको हो । समितिले २८ जेठ २०७५ मा न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरीमा […]

कांग्रेस केन्द्रीय कार्यसिमित बैठक मंसिर २६ गते

१८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न उपचुनावको समिक्षा, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु […]



from समाचार – Online Khabar https://ift.tt/2OSzWrj
via IFTTT
Powered by Blogger.