Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

भुटानविरुद्ध पारस र ज्ञानेन्द्रको अर्धशतक

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रिकेटतर्फको दोस्रो खेलमा भुटानविरुद्ध टीम नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले अर्धशतक पूरा गरेका छन् । त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा पूर्व कप्तान खड्काले २८ बलमा ५७ रन जोडे । एक छक्का र नौ चौका प्रहार गरेका खड्कालाई बिके दोर्जीको बलमा जे सिंगेले […]

नेपाल भ्रमण वर्षको गीत रचना गर्न आह्वान, उत्कृष्टलाई पुरस्कृत गरिने

१९ मंसिर, काठमाडौं । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत-संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले […]

औषधि खरिदमा अनियमितता : अख्तियारले पूर्वस्वास्थ्य निर्देशकलाई बोलायो

१९ मंसिर, काठमाडौं । मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ । औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो । आयोगले डा. सिंहलाई सात दिनभित्र आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क गर्न निर्देशन दिएको छ । […]

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ५.५ डिग्री

१९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५.५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ । सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको […]

तेक्वान्दोका ६ स्वर्णको निर्णय आज, क्रिकेटमा नेपाल–भुटान भिड्दै

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकद (साग) प्रतियोगिताअन्तर्गत आज तेक्वान्दोको अन्तिम खेलहरू हुने भएका छन् । कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुनेछ । तेक्वान्दोमा अहिलेसम्म २३ स्वर्णको निर्णय हुँदा नेपालले ११ स्वर्ण जितिसकेको छ । त्यस्तै, उसुतर्फका खेलहरू पनि आज हुँदैछन् । २२ स्वर्ण रहेको उसुमा अहिलेसम्म […]

प्रदेश १ को ४ महिनाको बजेट खर्च साढे ६ प्रतिशत

१९ मंसिर, विराटनगर । अघिल्लो आर्थिक वर्षमा लक्ष्यअनुरूप बजेट खर्च गर्न नसकेको प्रदेश १ सरकार चालु आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा पनि गति पक्डन सकेको छैन । उसले चालु आवको पहिलो चार महिनामा ६ दशमलव ५१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । कुल ४२ अर्ब २० करोड ४ लाख १२ हजारमध्ये कात्तिक मसान्तसम्म […]

उपनिर्वाचनको भाष्य : सानालाई संकट, ठूलालाई महासंकट !

१८ मंसिर, काठमाडौं । भनिन्छ, बीजगणितका सूत्रले मानिसको स्वार्थमा प्रतिकूल असर पार्ने भए मान्छेले गणितका ती सूत्रलाई समेत आफ्नै स्वार्थअनुकूल अप–व्याख्या गर्थे  होलान् । भर्खरै सम्पन्न उपनिर्वाचनको गणितीय नतिजालाई लिएर भइरहेको व्याख्याले कार्य–कारण सिद्धान्तको धज्जी उडाइरहेको छ । कार्य–कारण सिद्धान्तअनुसार हरेक घटनाका पछाडि कारणहरु लुकेका हुन्छन् । निश्चित कारणले घटनाहरु घट्छन् । घटना भइसकेपछि त्यसले […]

सीमा विवादमा नेपालले पठाएको कूटनीतिक नोटमा भारत ‘मौन’

१८ मंसिर, काठमाडौं । लिम्पियाधुरासहित कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्साविरुद्ध नेपालले कूटनीतिक नोट पठाएको तीन साता बितेको छ । तर भारतले अहिलेसम्म कुनै जवाफ दिएको छैन । बुधबार सीमा बचाऔं अभियानका प्रतिनिधिहरुसँग भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पठाएको ‘कूटनीतिक नोट’को भारतबाट कुनै जवाफ नआएको पुष्टि गरेका हुन् । भारतले […]

१०० औं स्वर्णको संयोग : ओहो ! म त भाग्यमानी रहेछु

१८ मंसिर, काठमाडौं । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार १०० स्वर्ण पूरा गरेको छ । सागमा आफ्नो पहिलो र देशको १०० औं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दोका सक्षम कार्कीलाई जुर्‍यो । बधुबार सातदोबाटोमा भएको खेलमा ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को […]

सुटिङ खेलाडीका दुःख : भारतसँग गोली र पाकिस्तानसँग पेस्तोल मागेर प्रतिष्पर्धा

१८ मंसिर, काठमाडौं । ‘परीक्षाको सबै तयारी सकियो, पढ्न चाहिँ बाँकी छ भने जस्तै छ हाम्रो अवस्था’, १३औं दक्षिण एसियाली खेलकुद (साग) का सुटिङ खेलाडीले दुखेसो पोखे । चार वर्षअघि गएको भूकम्पले क्षतिग्रस्त सातदोबाटोको सुटिङ रेन्ज दक्षिण एसियाली खेलकुद उद्घाटनको पूर्वसन्ध्यामा तयार त भयो तर, प्रतिष्पर्धामा उत्रिन हतियार उपलब्ध भएन । चीनको सहयोगमा बनेको अत्याधुनिक […]

नेकपाको चुनावी समीक्षा : जनताको असन्तुष्टि स्थानीय जनप्रतिनिधिसँग

१८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको परिणाम पार्टीको पक्षमा आए पनि स्थानीय तहका कामकारबाहीमा पार्टीको निगरानी र नीति निर्देशन कमजोर भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । बुधबार बसेको सचिवालय बैठकमा उपचुनावको सामान्य समीक्षा भए पनि तल्ला कमिटीबाटै वस्तुगत रिपोर्ट मगाउने भन्दै मंसिर २३ गते अर्को बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले […]

इन्जिनियरिङ परिषद् विधेयक विश्वविद्यालय ऐनसँग बाझियो

१८ मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिमा विचाराधीन इन्जिनियरिङ परिषद् ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक विश्वविद्यालय ऐनसँग बाझिएको छ । प्रस्तावित विधेयकले इन्जिनियरिङ विषय अध्यापन गर्दै आएका शिक्षण संस्थाको पाठ्यक्रम, बिद्यार्थी भर्नाको आधार, शिक्षण संस्थाको भौतिक पूर्वाधार, शैक्षिक मापदण्ड तोक्ने अधिकार नेपाल इन्जिनियरिङ परिषदलाई दिने भनेको छ । शैक्षिक संस्थाको स्वीकृति रद्ध […]

डोटीका शिक्षा इकाइ प्रमुख ७ महिनामा ४४ दिन हाजिर

१८ मंसिर, सिलगढी । एक सरकारी कर्मचारी २ सय १० दिनको अवधीमा कति दिन कार्यालयमा हाजिर भयो होला भन्ने अनुमान गर्न सक्नु हुन्छ ? धेरै कम हाजिर भएको भए डेढ सय दिन भन्नु होला । तर डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको हकमो त्यो अनुमान गलत हुन्छ । डोटीका शिक्षा विकास तथा समन्वय इकाइ […]

साढे ३३ किलो सुन प्रकरण : आरके ज्वेलर्सको शिलबन्दी तोड्न सर्वोच्चको आदेश

१८ मंसिर, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय छानविन समितिले शिलबन्दी गरेको आरके ज्वेलर्स खोल्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको इजलासले ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरिदिएको हो । समितिले २८ जेठ २०७५ मा न्यूरोड र दरबारमार्गमा रहेको ज्वेलरीमा […]

कांग्रेस केन्द्रीय कार्यसिमित बैठक मंसिर २६ गते

१८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न उपचुनावको समिक्षा, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु […]

‘स्वर्ण जितेँ, तर खुसी जितिनँ’

१८ मंसिर, पोखरा । हिमाल टमाटाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को दुआथोलनबाट स्वर्ण पदक जिते । यो खुसी उनको अनुहारमा पनि देखिनु पर्ने हो । तर त्यो देखिँदैन । भन्छन्, ‘मैले स्वर्ण पदक जितेँ, तर खुसी जित्न सकिनँ ।’ टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । र, उत्तिकै आत्मविश्वास पनि […]

प्रहरी हिरासतबाटै फरारमध्ये तीन जना पक्राउ

१८ मंसिर, सिराहा । सिराहाको प्रहरी कार्यालयको हिरासतबाट फरार भएका आठ जना मध्ये तीन जना पक्राउ परेका छन् । उनीहरुलाई सिराहाकै बिभिन्न स्थानबाट पक्राउ गरिएको छ । गत मंसीर १४ इलाका प्रहरी कार्यालय महेशपुर पतारीको थुनुवा कक्षमा रहेका आठ जना थुनुवाहरु फरार भएका थिए । हिरासत कक्षको उत्तरतर्फको गेटको ताला तोडेर उनीहरु फरार भएका थिए […]

सात हजार रुपैयाँ घुससहित असई पक्राउ

१८ मंसिर, विराटनगर । सात हजार रूपैयाँ घुससहित विराटनगरबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेग क्षेत्रीय कार्यालय इटहरीको टोलीले असई दाहाललाई बुधबार साँझ विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको हो । विराटनगरकाे गुद्री बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै सातहजार घुस लिने क्रममा मोरङ प्रहरीको सिआरभी टाेली इन्चार्ज […]

प्रेसले सरकारलाई चलायमान बनाउनु पर्छ : प्रदेश प्रमुख प्यासी

१८ मंसिर, विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले पत्रकार राष्ट्रका मात्रै नभइ अन्तर्राष्ट्रियसमेत हुने कुरालाई ख्याल गर्दै विश्वभरमा नेपाली पत्रकारितालाई विश्वसनीय बनाउने जिम्मेवारी स्वयम् पत्रकारको हुने धारणा राखेका छन् । तीनै तहका सरकारलाई चलायमान, सबै राजनीतिक दललाई जनउत्तरदायी बनाउन सके मात्रै प्रेसले पाएको भूमिका स्थापित हुनेमा उनले जोडसमेत दिए । प्रेस काउन्सिल […]

अब काठमाडौं पनि सडक मानवमुक्त

१८ मंसिर, काठमाडौं । भरतपुर महानगरलाई सडक मानवमुक्त सहर घोषणा गरिएको केही महिनापछि अब सबैभन्दा पुरानो महानगर काठमाडौं महानगरपालिकालाई पनि सडक मानव मुक्त घोषणा गरिने भएको छ । सडकमा दुःखी र असहाय कोही नभेटिउन् भन्ने उद्देश्यले अभियान शुरु गरेको महानगरपालिकाले जनाएको छ । महानगरका अनुसार २५ औं महानगर दिवसको अवसर पारेर यस्तो अभियानको शुभारम्भ गरिने […]

‘नयाँ साइकल नपाएको झोकमा स्वर्ण जितेँ’

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्यालेन्डरमा जम्मा एक महिना बाँकी थियो । ट्रायथोलनमा खेलाडी सोनी गुरुङ सागमा ‘रजत’ पदकको सपना देखिरहेकी थिइन् । तर अभ्यास गर्न उनीसँग साइकल थिएन । ट्रायथोलनमा सबैभन्दा आवश्यक पर्ने साधन भने साइकल नै थियो । खेल आउन करिब २७ दिन बाँकी थियो । उनको अगाडि […]



from समाचार – Online Khabar https://ift.tt/2LmtZAA
via IFTTT
Powered by Blogger.