Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

महिला क्रिकेट प्रशिक्षक भन्छन् : एक्स्पोजर पाए पो सुधार आउँछ

२२ मंसिर, पोखरा । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला क्रिकेट टोलीले स्वर्ण पदकको लक्ष्य लिएको थियो । क्रिकेटको शक्तिराष्ट्र मानिने भारत र पाकिस्तान अनुपस्थित रहने भएकाले नेपालले स्वर्णको आशा राख्नु अस्वभाविक पनि थिएन । तर, नेपालले अन्ततः कास्यपदकमा चित्त बुझाउनु परेको छ । टेस्ट मान्यताप्राप्त अन्य दुई राष्ट्र बंगलादेश र श्रीलंकालाई […]

विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

२२ मंसिर, काठमाडौं । प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ । झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत […]

विद्युत सर्ट हुँदा इटहरीको होटल बिग बारमा आगलागी

२२ मंसिर, काठमाडौं । विद्युत सर्ट हुँदा सुनसरीको इटहरीस्थित होटल बिग बारमा आइतबार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका-६ बीरेन्द्रचोकमा रहेको किरण बुढाथोकीको होटल बिग बारमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीको सहयोगमा आगो […]

पर्यावरणसम्वन्धी अनुसन्धान केन्द्रको शिलान्यास

२२ मंसिर, काठमाडौं । वायुमण्डल र पर्यावरणबारे अध्ययन गर्न नेपालमा छुट्टै अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने राष्ट्रिय अनुसन्धान केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार शिलान्यास गरेका छन् । अनुसन्धान केन्द्रलाई ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल)’ नाम दिइएको छ । सो अनुसन्धान केन्द्रमा […]

११ करोड लगानीमा प्लास्टिक विस्थापन गर्ने उद्योग

२२ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा प्लास्टिकको पाउचलगायतलाई विस्थापित गर्ने सामान उत्पादन गर्ने उद्योग स्थापना सुरु भएको छ । गत असोजमा सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लास्ट प्रा.लि.ले वातावरण प्रदूषण गर्ने प्लास्टिकको पाउचलगायतलाई विस्थापित गर्ने गरी पुनः प्रयोग हुने बाल्टिन, फर्निचर, घरायासी उच्चस्तरीय सामानहरु उत्पादन गर्ने उद्योग सुरु गरेको हो । नोबेलले तिलोत्तमा-१७, […]

विप्लव समूहको कार्यक्रममा लगिएका दुई बस विद्यार्थी प्रहरी नियन्त्रणमा

२२ मंसिर, हेटौंडा । विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले पक्राउ गरेको हो । विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको […]

गुल्मीमा ४५ जना वृद्धवृद्धालाई न्यानो कपडा

२२ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आइतबार न्यानो कपड़ा र खाद्यान्न वितरण गरिएको छ । रुरु क्षेत्र गाउँपालिका–१ रिडीस्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना वृद्धवृद्धाहरुलाई चिन्तामणि भुसाल निमकला प्रतिष्ठानले न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । रुरु क्षेत्रमा सञ्चालित २ वटा आश्रमा बस्दै आएका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भला गरी […]

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

२२ मंसिर, काठमाडौं । वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एक जना किशोरको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका १५ वर्षीय रति बिकको मृत्यु भएको हो । लडेर आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]

जेष्ठ नागरिकलाई हवाई भाडामा छुट कार्यान्वयन गर्न कार्यदलको पनि सिफारिस

२२ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण लगत्तै घोषणा गरेअनुसार जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन सरकारद्धारा गठित कार्यदलले सिफारिस गरेको छ । हवाई क्षेत्रका विविधि विषयमा सुझाव दिन सरकारले गठन गरेको कार्यदलले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिँदा राज्यलाई ठूलो व्ययभार नपर्ने निष्कर्ष निकालेको हो […]

आरुघाटबासीको आन्दोलन स्थगित, मन्त्रीसँग छलफल गर्न समिति गठन

२२ मंसिर, गोरखा । मुआब्जाप्रति असन्तुष्टी जनाउँदै आरुघाटवासीले गर्दै आएको आन्दोलन स्थगित भएको छ । वार्ता र छलफलको माध्यमबाट माग सम्बोधन गर्ने भन्दै केही दिनका लागी आन्दोलन स्थगित गरिएको बुढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालले बताए । ‘आज जनप्रतिनिधि, सरोकारवाला र स्थानीयको भेलाले स्थानीयस्तरको आन्दोलन स्थगित गर्ने निर्णय ग¥यो,’ उनले भने, ‘काठमाडौमा भएको आन्दोलन भने […]

रामेछापका स्थानीय तहमा नेकपाले टुंग्यायो अध्यक्ष र सचिव

२२ मंसिर, रामेछाप । नेकपा रामेछापले जिल्लाका सबै स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ । जिल्लाका २ नगरपालिका, ६ गाउँपालिका र कार्यालय सदस्यको टुंगो पार्टी बैठकले लगाएको हो । नेकपाले जिल्ला पदाधिकारीहरुको संख्या भने थप गरेको छ । पार्टीका इन्चार्ज देवशकंर पौडेल, सह इन्चार्ज श्यामकुमार श्रेष्ठ र कैलाश ढुंगेल, जिल्ला […]

पर्शुरामका काँधमा देशकै ठूलो वाणिज्य बैंकको जिम्मेवारी

कमै मानिसले जीवनमा चाहेकै कुरा हासिल गरेका हुन्छन् । कुनै समय नामी प्राध्यापक बन्ने सपना देखेका पर्शुराम कुँवर समय क्रममा बैंकर बने । बैंकिङ यात्राको ३५ वर्षमा लाग्दै गर्दा जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उनले शुक्रबारबाट ग्लोबल आईएमईसँग मर्ज भएर बनेको संस्थाको नेतृत्व गरेका छन् । पर्शुराम कुँवरले शुक्रबारबाट नेतृत्व लिएको ग्लोबल आईएमई बैंक […]

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

२२ मंसिर, विराटनगर । विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद […]

‘तीन पटक सिलाएको जुत्ताले साग खेलेँ’

२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् । […]

खुमलटारमा नेकपा नेताहरूबीच परामर्श, के आउँदैछ प्रचण्डको प्रस्ताव ?

२२ मंसिर, काठमाडौं । पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै देशव्यापी अभियान चलाउन सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य नेताहरूसँग परामर्श तीव्र पारेका छन् । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पहिलो वरीयताका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् । प्रचण्डले सोमबार सचिवालय बैठक डाकेका छन् । बैठकको […]

ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि कोहलपुर तनावग्रस्त

२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्दको मृत्यु भएको हो । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त […]

युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति

२२ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा विद्यार्थी र कलेज प्रशासनबीच शनिबार राति सहमति भएको हो । सहमतिमा शैक्षिक वर्ष ०७५/७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र […]

नयाँदिल्लीमा आगलागी, ३२ जनाको मृत्यु

२२ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् । दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको […]

भारोत्तोलन खेलाडी कमल अधिकारीले सन्यास लिँदै

२२ मंसिर, पाेखरा। भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले आइतबार सन्यास लिने भएका छन् । आइतबार मध्याह्न १२ बजे भारोत्तोलनबाट आफूले सन्यासको घोषणा गर्न लागेको अधिकारीले बताए । २००६ को सागमा स्वर्ण जितेका ४२ वर्षे अधिकारीले १३ औं सागमा भने काश्य पदक जितेका थिए । काश्य पदक लिएलगत्तै सन्यासको घोषणा गर्ने उनको तयारी थियो । त्यतिबेला आयोजकको […]

अवैध ढंगले विदेशी च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गरिँदै

२२ मंसिर, काठमाडौं । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो । क्लिन फिड लागू गर्ने […]

भन्सार छलेर ल्याइएका करिब ११ लाख बराबरका कपडा बरामद

२२ मंसिर, रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता–कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको छ । भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका–६, सेढवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । २ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र […]



from समाचार – Online Khabar https://ift.tt/2YriHk5
via IFTTT
Powered by Blogger.