समाचार
२२ मंसिर, रामेछाप । नेकपा रामेछापले जिल्लाका सबै स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ । जिल्लाका २ नगरपालिका, ६ गाउँपालिका र कार्यालय सदस्यको टुंगो पार्टी बैठकले लगाएको हो । नेकपाले जिल्ला पदाधिकारीहरुको संख्या भने थप गरेको छ । पार्टीका इन्चार्ज देवशकंर पौडेल, सह इन्चार्ज श्यामकुमार श्रेष्ठ र कैलाश ढुंगेल, जिल्ला […]
२२ मंसिर, विराटनगर । विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए । एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद […]
२२ मंसिर, पोखरा । एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो । करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् । […]
२२ मंसिर, काठमाडौं । पार्टी एकीकरणका बाँकी काम टुंग्याउँदै देशव्यापी अभियान चलाउन सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य नेताहरूसँग परामर्श तीव्र पारेका छन् । कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी पाएपछि गतसाता सचिवालयको पहिलो बैठक राखेका प्रचण्डले पहिलो वरीयताका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका छन् । प्रचण्डले सोमबार सचिवालय बैठक डाकेका छन् । बैठकको […]
२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ । आइतवार बिहान कोहलपुर-नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर-१० की प्रकृति चन्दको मृत्यु भएको हो । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त […]
२२ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने माग राख्दै आन्दोलनरत युनिर्भसल मेडिकल कलेजका विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीको उपस्थितिमा विद्यार्थी र कलेज प्रशासनबीच शनिबार राति सहमति भएको हो । सहमतिमा शैक्षिक वर्ष ०७५/७६ को हकमा विद्यार्थीले पहिलो किस्ताको शुल्क र […]
२२ मंसिर, काठमाडौं । चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । दुर्घटना बढेको र सडकले सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरे । सडकका कारण स्थानीय क्षेत्रमा दुर्घटना पनि बढेको स्थानीयको गुनासो छ । सो खण्डमा हालै भएका एक सवारी दुर्घटनामा दोषीलाई कारवाहीको माग पनि गर्दै […]
२२ मंसिर, काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ । नयाँदिल्लीको रानी झाँसी रोडमा आइतबार बिहान आगलागी भएको हो । भारतीय मिडियाहरुले ३२ जनाको शव प्राप्त भएको र धेरैजसोको मृत्यु धुँवामा निसास्एिर भएको उल्लेख गरेका छन् । दिल्लीको दमकल विभागका मुख्य अधिकारी अतुल गर्गका अनुसार ५० जनाभन्दा बढीको […]
२२ मंसिर, पाेखरा। भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले आइतबार सन्यास लिने भएका छन् । आइतबार मध्याह्न १२ बजे भारोत्तोलनबाट आफूले सन्यासको घोषणा गर्न लागेको अधिकारीले बताए । २००६ को सागमा स्वर्ण जितेका ४२ वर्षे अधिकारीले १३ औं सागमा भने काश्य पदक जितेका थिए । काश्य पदक लिएलगत्तै सन्यासको घोषणा गर्ने उनको तयारी थियो । त्यतिबेला आयोजकको […]
२२ मंसिर, काठमाडौं । सरकारले अनधिकृत रूपमा विदेश च्यानल प्रसारण गर्ने डिजिटल केबल सञ्चालकहरूको लाइसेन्स रद्द गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राज्यको राजस्वमा करोडौं घाटा हुने गरी अनधिकृत ढंगले च्यालनहरू प्रसारण गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएपछि सूचना विभागले यस्तो प्रक्रिया अघि बढाएको हो । क्लिन फिड लागू गर्ने […]
२२ मंसिर, रौतहट । भन्सार छलेर भारतबाट नेपाल भित्राइएका करिब ११ लाखभन्दा बढी मूल्यका लत्ता–कपडा सशस्त्र प्रहरी बल, रौतहटले बरामद गरेको छ । भारतीय सीमाक्षेत्रबाट तस्करी गरेर ल्याउदै गरेको लताकपडा रौतहटको राजदेवी नगरपालिका–६, सेढवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । २ गाडीमा राखेर ल्याएका अवैध कपडासहितको गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, गौरमा बुझाइएको सशस्त्र […]
लिओनल मेस्सीले ३५ औं ह्याट्रिक गर्दा बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको हो । ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ । घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि […]
२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुनेछ । फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ । […]
२२ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा हुने जुडोमा केही खेलको स्वर्ण छिनोफानो हुनेछ । जुडोमा महिलातर्फ ४८ केजी मुनि, ५२ केजी मुनि, ५७ केजी मुनि र ६३ केजी मुनि समूहमा प्रतिस्पर्धा हुनेछ […]
२२ मंसिर, धरान । सुनसरीको इटहरी चोकस्थित सूर्य कम्प्लेक्समा आगलागी भएको छ । शनिबार राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पाँच तले सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो । आगलागीको […]
२२ मंसिर, काठमाडौं । लिभपुरलले यस सिजन प्रिमियर लिगमा अपराजित यात्रा कायम राख्दै शनिवार भएको खेलमा बर्नमाउथलाई ३-० ले पराजित गरेको छ । लिभरपुलका लागि एलेक्स च्याम्बरलाइनले ३५औं नेबी काइटाले ४४औं र मोहम्मद सालाहले ५४औ मिनेटमा गोल गरे । जितपछि लिभरपुलले अपराजित यात्रालाई १६ खेलसम्म पुर्याएको छ भने ४६ अंक जोड्दै शीर्ष स्थानमा आसिन छ […]
२२ मंसिर, बुटवल । आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा जनशक्ति र साधनस्रोत अभावमा पिल्सिएको छ । गण्डकी प्रदेशका ११ र प्रदेश ५ का ६ समेत १७ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयको जनशक्ति र साधनस्रोत एउटा जिल्ला हेर्ने सरकारी कार्यालयको जत्ति पनि छैन । २०५७ मा स्थापना भएको क्षेत्रीय […]
२२ मंसिर, काठमाडौं । विश्व प्रजातान्त्रिक युवा संगठन (डब्लुएफडीवाई)को उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल निर्वाचित भएको छ । साइप्रसमा भएको संगठनको २० औँ अन्तरराष्ट्रिय सम्मेलनले संघलाई उपाध्यक्षमा निर्वाचित गरेको संघका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए । संघको प्रतिनिधित्व गर्दै सुन्दर भुसाललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न प्रतिनिधिको रूपमा पठाइएको छ […]
२२ मंसिर, काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीका अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२७ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र […]
२२ मंसिर, काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले हासिल गरेको उपलब्धि आज पनि दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यसबाहेकका सामग्रीमा भने विविधता छ । कुनैले दुर्घटनाका क्षतिबारे सोधीखोजी गरेका छन् भने केहीले गुप्तचरले अख्तियारमा बुझाएको राजस्व कर्मचारीको विवरणबारे चर्चा गरेका छन् । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले अकुत सम्पत्ति […]
‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेता राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ […]
from समाचार – Online Khabar https://ift.tt/2PnUyXB
via IFTTT






















