समाचार
१९ मंसिर, परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्” […]
१९ मङ्सिर, धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल […]
१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]
१९ मंसिर, बुटवल । आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बुटवल उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसको लागि उप–महानगरपालिकाले सबै वडाअध्यक्ष आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकारको सामान्य प्रशासन मनत्रालयका विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारहरूसँग बिहीबार बुटवलमा स्थानीय आपतकालिन कार्यसञ्चालन सम्बन्धी कार्यशाला राखेर […]
१९ मंसिर, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । मुलुक भित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि […]
१९ मंसिर, काठमाडौं । जम्मु कश्मिरमा अनुच्छेद ३७० खारेज गरेर दुईवटा केन्द्र शासित प्रदेश बनाएलगत्तै अब भाजपा नेतृत्वको केन्द्र सरकार विवादित नागरिकता संशोधन विधेयक पारित गरेर पूर्वोत्तर भारतका जनतासँग भिड्न तयार भएको छ । मोदी क्याबिनेटले नागरिकता संशोधन विधेयकलाई स्वीकृत गरेको छ । अब आगामी हप्ता यो विधेयक संसदमा पेश हुने भारतीय सञ्चारमाध्यमले लेखेका छन् […]
१९ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ समितिको बिहीबार बसेको बैठकमा नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने विषयमा सहमति जुटाएको हो । समितिले जुटाएको उक्त सहमति विधेयकको दफा २१ मा लेखिने […]
१९ मंसिर, काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानले अर्को सनसनपूर्ण जित निकालेको छ । बिहीबार भएको खेलमा भुटानले बलियो टोली माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो । यसअघि भुटानले बंगलादेशलाई पनि हराएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भुटानले अग्रता […]
१९ मंसिर, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले इराकमा रहेका नेपालीको सुरक्षामा गम्भीर भइदिन नेपालका लागि इराकका राजदूतसँग आग्रह गरेका छन् । नवनियुक्त गैरआवासिय राजदूत डा. फलाह अब्लुल्हसन अब्दुलसदाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा थापाले इराकमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार जवाफमा राजदूत अब्लुल्हसनले इराकमा रहेका […]
१९ मंसिर, चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको एक होटलको सेफ्टी ट्याङ्कीमा गैंडा खसेर मरेको मुद्धामा जिल्ला अदालत चितवनले अभियुक्तलाई सफाइ दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले दायर गरेको मुद्धामा जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले दायर मुद्धामा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएको हो । चैत १० गते विहान अन्दाजी ४ बजे जगतपुरको सिजी […]
१९ मंसिर, कटारी । गएको मंसिर २ मा तीन स्पेनी पर्यटकले काठमाडौं–खुर्कोट –घुर्मी –कटारी–गाईघाट हुँदै नेपालको पूर्वी भेग झापासम्मको साइकल यात्रा तय गरे । नेपाली सँस्कृति र पर्यटकीय क्षेत्रको यात्रामा रहेका स्पेनी इरिया प्रेन्डेस, लोसियानी जिएम र ऐसेनिया फेमिनिष्टले उदयपुरको कटारी नगरपालिकाको कटारी–घुर्मी ४६ किमी सडकमा सास्ती खेप्नुपरेको बताए । जीर्ण सडकका कारण यहाँ यात्रा […]
१९ मंसिर, गुल्मी । गुल्मीमा एक महिनाअघि बेपत्ता भएका एक व्यक्ति मृत भेटिएका छन् । कात्तिक २० गतेदेखि बेपत्ता भएका मालिका गाउँपालिका-६ आरुपाटामा ४१ वर्षीय नारायण पराजुलीको शव भेर्टिको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले जानकारी दिए । पराजुलीको शव मालिका गाउँपालिकाको आरुपाटा जंगलमा भेटिएको हो । उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने डीएसपी […]
१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे । यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ […]
१९ मंसिर, बुटवल । पाल्पाको जीप दुर्घटनामा मृत्यु हुने दुई जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले जानकारी दिए । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ […]
१९ मंसिर, सुरुङ्गा । झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम सुरु गरेका हुन् । पाँच बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि रु तीन अर्ब लाग्ने बताइएको छ । अहिले उद्यान […]
१९ मंसिर, पोखरा । फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् । सावित्राले गरेका गोल १) साफ […]
१९ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्याण्डम जि स्च्रिभरले बिहीबार भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गरेका छन् । सहायकमन्त्री र्याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गरेका थिए भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक […]
१९ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार डिस्चार्ज गरिने भएको छ । उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन […]
१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्समाथि २४९ रनको फराकिलो जित हात पारेको छ । शुक्रबार पोखरामा भएको खेलमा बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २५५ रन बनाएको थियो । उसका निगर सुल्तानाले अविजित ११३ र फार्गाना होकले अविजित ११० रन बनाइन् । जवाफमा मैदान उत्रिएको माल्दिभ्सले […]
१९ मंसिर, काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक रक्षामन्त्री रान्डल स्क्रीभर नेपाल भ्रमणमा आएका छन् । उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन् । जंगीअड्डामा भएको भेटमा सैन्य सहायताको विषयमा छलफल भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयले भनेको छ, ‘भेटमा उहाँहरुबीच नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता, विश्व शान्ति स्थापनाका लागि […]
१९ मङ्सिर, डोटी । शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाइ शालिग्राम भट्टले आरोप लगाएका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/36fEpKH
via IFTTT





















