Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

इन्जिनियरिङ विधेयक पुनर्लेखन गरिने

१९ मंसिर, काठमाडौं । संसदको विधायन व्यवस्थापन समितिले नेपाल इन्जिनियरिङ परिषद् विधेयक २०७६ लाई पुनर्लेखन गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारले विश्वविद्यालय ऐनसँग बाझिने गरी विधेयक ल्याएको भन्दै आलोचना भएपछि समितिले अन्य ऐनसँग नबाझिने गरी पुनर्लेखन गर्न भनेको हो । इन्जिनियरिङको पाठ्यक्रम र विद्यार्थी भर्नाको आधार तोक्ने र सो को अनुगमन र मुल्याङ्कन गर्ने […]

सडक पिच गर्दागर्दै जब एक पुरुषले खाल्डो खन्न थाले…

१९ मंसिर, काठमाडौं । मध्यपुर थिमी नगरपालिकाको भीमसेनचोक–बोडे खण्डमा बिहीबार धमाधम सडक कालोपत्रे भइरहेको थियो । कालोपत्रेको लागि रोलर मेसिन अघि–पछि गर्दैगर्दा एक पुरुष आएर भर्खरै हालिएको आलो पिच धमाधम खन्न थाले । कालोपत्रे भइरहेको स्थानमा स्थानीय बासिन्दा लामबद्ध भएर हेरिरहेका थिए । प्रहरी पनि तैनाथ थिए त्यहाँ । तर, ती व्यक्तिले पिक ल्याएर भर्खरै […]

कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी   

१९ मंसिर, परासी । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा बिहीबार जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिँदै मन्त्री त्रिपाठीले कर्मचारीको मनोबल खस्किन नदिने बताए । उनले भने,“तपाईहरुको मनोबल खस्किन दिन्न, तर जनताको मनोबल खस्किन दिनुभएन्, निराश नभइ काममा लाग्नुहोस्” […]

कालापानी विषय सुरुमा नै अन्तर्राष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छ : प्रचण्ड   

१९ मङ्सिर, धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल […]

प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार  शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]

विपद् व्यस्थापनका लागि बुटवलका सबै वडामा आपतकालिन कार्यसञ्चालन केन्द्र

१९ मंसिर, बुटवल । आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बुटवल उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसको लागि उप–महानगरपालिकाले सबै वडाअध्यक्ष आन्तरिक मामिला तथा कानून मन्त्रालय र संघीय सरकारको सामान्य प्रशासन मनत्रालयका विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने जानकारहरूसँग बिहीबार बुटवलमा स्थानीय आपतकालिन कार्यसञ्चालन सम्बन्धी कार्यशाला राखेर […]

४०० केभीको ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

१९ मंसिर, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ । मुलुक भित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि […]

किन रोकिदैन गढीमाईमा पशुबलि ?

१८ मंसिर, वीरगञ्ज । राष्ट्रिय–अन्र्तराष्ट्रिय स्तर क्षेत्रबाट बलि प्रथाको विरोध भइरहेको छ । र पनि, गढीमाई मेलामा एकपटक हजारौं पशुको बलि रोकिएको छैन । हिन्दूहरुले आ–आफ्ना चलनअनुसार, विभिन्न शक्तिपीठमा पशुबलि दिन्छन् । तर, गढीमाईलाई जति धेरै बलि अन्त दिइँदैन । विश्वमा माछामासु खानेकै संख्या अधिक छ । खानकै लागि दिनहुँ लाखौं पशुपंक्षी काटिन्छन् । ‘शाकाहारी […]

कश्मीरपछि असाममा एक्सन ! एक लाख गोर्खाली त्रसित

१९ मंसिर, काठमाडौं । जम्मु कश्मिरमा अनुच्छेद ३७० खारेज गरेर दुईवटा केन्द्र शासित प्रदेश बनाएलगत्तै अब भाजपा नेतृत्वको केन्द्र सरकार विवादित नागरिकता संशोधन विधेयक पारित गरेर पूर्वोत्तर भारतका जनतासँग भिड्न तयार भएको छ । मोदी क्याबिनेटले नागरिकता संशोधन विधेयकलाई स्वीकृत गरेको छ । अब आगामी हप्ता यो विधेयक संसदमा पेश हुने भारतीय सञ्चारमाध्यमले लेखेका छन् […]

सावित्राको हृयाटिकसँगै नेपाल फाइनलमा, स्वर्णका लागि भारतसँग खेल्ने

१९ मंसिर, पोखरा । सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले माल्दिभ्सलाई हराएको छ र, १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबलको फाइनलमा पुगेको छ । अब नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ । यद्यपि त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारत नै भिड्नेछन् । बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो […]

नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्न पाउने

१९ मंसिर, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ समितिको बिहीबार बसेको बैठकमा नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने विषयमा सहमति जुटाएको हो । समितिले जुटाएको उक्त सहमति विधेयकको दफा २१ मा लेखिने […]

भुटानको अर्को सनसनीपूर्ण जित

१९ मंसिर, काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा भुटानले अर्को सनसनपूर्ण जित निकालेको छ । बिहीबार भएको खेलमा भुटानले बलियो टोली माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो । यसअघि भुटानले बंगलादेशलाई पनि हराएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा भुटानले अग्रता […]

इराकमा रहेका नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

१९ मंसिर, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले इराकमा रहेका नेपालीको सुरक्षामा गम्भीर भइदिन नेपालका लागि इराकका राजदूतसँग आग्रह गरेका छन् । नवनियुक्त गैरआवासिय राजदूत डा. फलाह अब्लुल्हसन अब्दुलसदाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा थापाले इराकमा रहेका नेपालीबारे चिन्ता व्यक्त गरेका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार जवाफमा राजदूत अब्लुल्हसनले इराकमा रहेका […]

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

१९ मंसिर, काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी भर्खर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् । यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले […]

सेफ्टी ट्यांकीमा खसेर गैंडा मरेको मुद्धामा आरोपीलाई सफाइ

१९ मंसिर, चितवन । पश्चिम चितवनको जगतपुरमा रहेको एक होटलको सेफ्टी ट्याङ्कीमा गैंडा खसेर मरेको मुद्धामा जिल्ला अदालत चितवनले अभियुक्तलाई सफाइ दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले दायर गरेको मुद्धामा जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले दायर मुद्धामा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएको हो । चैत १० गते विहान अन्दाजी ४ बजे जगतपुरको सिजी […]

सिद्धिचरण राजमार्गको दुर्दशा, पर्यटकलाई बाधक बाटो

१९ मंसिर, कटारी । गएको मंसिर २ मा तीन स्पेनी पर्यटकले काठमाडौं–खुर्कोट –घुर्मी –कटारी–गाईघाट हुँदै नेपालको पूर्वी भेग झापासम्मको साइकल यात्रा तय गरे । नेपाली सँस्कृति र पर्यटकीय क्षेत्रको यात्रामा रहेका स्पेनी इरिया प्रेन्डेस, लोसियानी जिएम र ऐसेनिया फेमिनिष्टले उदयपुरको कटारी नगरपालिकाको कटारी–घुर्मी ४६ किमी सडकमा सास्ती खेप्नुपरेको बताए । जीर्ण सडकका कारण यहाँ यात्रा […]

गुल्मीमा एक महिनादेखि बेपत्ता नारायण मृत भेटिए

१९ मंसिर, गुल्मी । गुल्मीमा एक महिनाअघि बेपत्ता भएका एक व्यक्ति मृत भेटिएका छन् । कात्तिक २० गतेदेखि बेपत्ता भएका मालिका गाउँपालिका-६ आरुपाटामा ४१ वर्षीय नारायण पराजुलीको शव भेर्टिको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी मिनबहादुर घलेले जानकारी दिए । पराजुलीको शव मालिका गाउँपालिकाको आरुपाटा जंगलमा भेटिएको हो । उनको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने डीएसपी […]

बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण, आठौंको रेकर्ड तोडियो

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितेका छन् । यससँगै जारी सागमा नेपालको स्वर्ण ३२ पुगेको छ । बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरे । यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ […]

पाल्पा जीप दुर्घटनामा मृत्यु हुने २ जनाकै सनाखत

१९ मंसिर, बुटवल । पाल्पाको जीप दुर्घटनामा मृत्यु हुने दुई जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका-४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी दीपेन्द्र जिसीले जानकारी दिए । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ […]

फ्याँकिएका चक्काबाट झापामा राष्ट्रिय उद्यान बन्दै

१९ मंसिर, सुरुङ्गा । झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम सुरु गरेका हुन् । पाँच बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि रु तीन अर्ब लाग्ने बताइएको छ । अहिले उद्यान […]

सावित्राले बनाइन् सर्वाधिक गोलको कीर्तिमान

१९ मंसिर, पोखरा । फुटबलर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तर्गत बिहीबार माल्दिभ्सविरुद्ध गोल गर्दै सावित्राले नेपालको लागि ३७ औं गोल पूरा गरेकी हुन् । उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा राखेकी हुन् । सावित्राले गरेका गोल १) साफ […]



from समाचार – Online Khabar https://ift.tt/2LpROI6
via IFTTT
Powered by Blogger.