समाचार
२२ मंसिर, काठमाडौं । पाल्पामा आइतबार दिउँसो भएको टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । मृत्यु हुनेमा प्रदेश नम्बर ३०-१-००-३ क ४४५६ नम्बरको टिपरका सहचालक २३ वर्षीय टेक बहादुर बुढा मगर रहेका छन् । पाल्पाको निस्दी गाउँपालिका-३ धार्केसिङस्थित सडकबाट टिपर करिब १ सय २० मिटर तल खस्दा बुढा मगरको घटनास्थलमै […]
२२ मंसिर, काठमाडौं । परीक्षार्थीसँग घुस लिएर उत्तरपुस्तिका साटफेर गरी पास गराइदिएको आरोप लागेका त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृतसहित २ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत कमलप्रसाद दाहाल, त्रियुगा जनता बहुमुती क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरुले […]
२२ मंसिर, काठमाडौं । आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बस्ने २९ वर्षीय अरुण थापा आइतबार बिहान पक्राउ परेका हुन् । ललितपुर महानगरपालिका-१५ चापागाउँ दोवाटोस्थित ट्राफिक चेकिङको क्रममा बा.६८ प २९७१ नम्बरको मोटरसाइकल चालक थापाले कागजपत्र नभएकाले ४ हजार रुपैयाँ दिएर प्रलोभनमा पार्न खोजेपछि […]
२२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ स्थित फोहोर मैला प्रशोधन केन्द्र परिसरमा ५ हजार विरुवा रोपिने भएको छ । प्रशोधन केन्द्र परिसरमा विरुवा लगाउन सुरु भइसकेको लायन्स क्लब अफ वीरगन्ज गेट्वेले जनाएको छ । शनिबार केन्द्र परिसरमा विभिन्न प्रजातिका ३ सय विरुवा रोपिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले रुख रोपेर अभियानको शुभारम्भ गरेका […]
२२ मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) हेमन्त केसी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले केसीलाई ७ हजार घुससहित घोराही उपमहानगरपालिका-१५ जिल्ला प्रशासन कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो । सई केसीले सार्वजनिक मुद्दा चलेको व्यक्तिलाई छुटाइदिन भन्दै घुस […]
२२ मंसिर, काभ्रेपलाञ्चोक । ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीयस्थल प्रवर्द्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो । बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवर्द्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा […]
२२ मंसिर, बाँके । कोहलपुर–१० कि प्रकृति चन्द आइतबार करिब साढे ९ बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगिन् । स्कुटरबाट ओर्लिएर गेटतर्फ के बढ्न खोजेकी थिइन्, पछाडिबाट हुत्तिँदै आएको ट्रकले ठक्कर दियो । कक्षा ७ मा अध्ययनरत चन्दको खुट्टामा कुल्चिएर ना २ ख ९४५९ नम्बरको ट्रक अघि बढ्यो । दुर्घटनास्थल नजिकै रहेको विद्यालयका […]
२२ मंसिर, काठमाडौं । १३औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल गरेको हो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।
२२ मंसिर, बुटवल । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले समयमा काम नसकेर योजना अलपत्र पार्ने ठेकदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले लापरबाही गर्ने, अलपत्र पार्ने, तोकिएको समयमा काम नसक्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका हुन् । भ्रमणवर्ष २०२० सुरु हुनै […]
२२ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारबाटै अपेक्षित सहयोग नपाएको गुनासो गरेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारबाट अपेक्षित सहयोग पाउन नसकेको बताएका हुन् । सङ्घीय संरचनाअनुसार आयोगले तयार पारेको आफ्नो साङ्गठिनक संरचना करिब डेढ वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको […]
२१ मंसिर, काठमाडौं । हेर्दै आङ सिरिङ्ग हुने अग्लो टावर । त्यो पनि सिसैसिसाको । विकसित देशहरुमा देखिने यस्तो टावर पहिलोपटक नेपालमा निर्माण हुन लागेको छ । डेढ वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित निर्माण सुरु भएको यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो हुनेछ । टावर निर्माणका लागि शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले […]
२२ मंसिर, काठमाडौं । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुनेमा आशंका गरेका हुन् । नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता दिँदा महिला र पुरुषलाई समान […]
२२ मंसिर, वीरगञ्ज । चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेको भन्दै स्थानीयले आइतबार बिरोध गरेका छन् । चित्लाङबासीले आइतबार निर्माणधिन सडकमै पुगेर विरोध जनाएका हुन् । त्यसै थन्किएर बसेको जेसीबीमा स्थानीयहरुले बिभिन्न माग लेखिएको प्लेकार्ड टाँसेर फर्केका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीको कारण सार्वजनिक गरियोस्, थाहानगरबासीले भोगिरहेको दुःखलाई […]
१९ मंसिर, वीरगञ्ज । बाराको बरियारपुरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला भन्ने वित्तिकै विश्वमा सबभन्दा धेरै वशुबलि दिइने स्थानको रुपमा चर्चा हुन्छ । यो साल १ मंसिरबाट सुरु भएको मेलामा १७ र १८ गते बलिको दिन तोकिएको थियो । १७ गते मंगलबार पञ्चबलि दिइसकेको सूचना फैलिएपछि गढीमाई मन्दिर परिसर भन्दा करिब तीन किलोमिटर परको […]
२२ मंसिर, भद्रपुर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए । गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका […]
२२ मंसिर, काठमाडौं । हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाएको हो । नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत […]
२२ मंसिर, काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख […]
२२ मंसिर, काठमाडौं । लागू पदार्थ बनाउने रसायन नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेका चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई शुक्रबार पक्राउ गरेको हो । चिनियाँ नागरिकले निलो रङको कागजको डिब्बामा भित्र रंगीन […]
२२ मंसिर, काठमाडौं । भारतबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगंजबाट बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५.५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ […]
हेलो ! बुवा नमस्ते । मंगलमान महर्जनको नम्बर डायल गर्दा दिनको त्यस्तै दुई बजेको हुँदो हो । मंगलमान बोले, ‘कहाँ हुनुहुन्छ ?’ ‘पठाओ चढ्नका लागि होइन बुवा । बसेर कुरा गरौँ भनेर फोन गरेको ।’ मंंगलमान बोल्छन् : ‘ट्रिपमा छु । पाँच मिनेटमा कालिकास्थान पुग्छु । व्यस्त हुन्छु, कसरी कुरा गर्नु ?’ हामीले भन्यौं, ‘केही […]
२२ मंसिर, पोखरा । १३ औं साग अन्तरगत महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ । लो–स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे रोमाञ्चक जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् […]
from समाचार – Online Khabar https://ift.tt/2PsXVwt
via IFTTT






















