समाचार
२२ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारबाटै अपेक्षित सहयोग नपाएको गुनासो गरेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारबाट अपेक्षित सहयोग पाउन नसकेको बताएका हुन् । सङ्घीय संरचनाअनुसार आयोगले तयार पारेको आफ्नो साङ्गठिनक संरचना करिब डेढ वर्षदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको […]
२१ मंसिर, काठमाडौं । हेर्दै आङ सिरिङ्ग हुने अग्लो टावर । त्यो पनि सिसैसिसाको । विकसित देशहरुमा देखिने यस्तो टावर पहिलोपटक नेपालमा निर्माण हुन लागेको छ । डेढ वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्यसहित निर्माण सुरु भएको यो ‘स्काइ वाक टावर’ नेपालको मात्र नभएर दक्षिण एशियाकै पहिलो हुनेछ । टावर निर्माणका लागि शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले […]
२२ मंसिर, काठमाडौं । संघीय संसदको आगामी अधिवेशनबाट पनि नागरिकता विधेयक पास हुनेमा सत्तारुढ दलकै सांसदहरुले आशंका व्यक्त गरेका छन् । काठमाडौंमा आइतबार आयोजित नागरिकता विधेयक सम्बन्धी छलफलमा सहभागी सत्तारुढ दलका सांसदहरुले नागरिकता विधेयकमा सहमति जुटेर आगामी संसद अधिवेशनमा पेस हुनेमा आशंका गरेका हुन् । नेकपाकी सांसद विन्दा पाण्डेलले नागरिकता दिँदा महिला र पुरुषलाई समान […]
२२ मंसिर, वीरगञ्ज । चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) निर्माणमा ठेकेदार कम्पनीले निरन्तर लापरबाही गरेको भन्दै स्थानीयले आइतबार बिरोध गरेका छन् । चित्लाङबासीले आइतबार निर्माणधिन सडकमै पुगेर विरोध जनाएका हुन् । त्यसै थन्किएर बसेको जेसीबीमा स्थानीयहरुले बिभिन्न माग लेखिएको प्लेकार्ड टाँसेर फर्केका छन् । सडक निर्माणमा भइरहेको ढिलासुस्तीको कारण सार्वजनिक गरियोस्, थाहानगरबासीले भोगिरहेको दुःखलाई […]
१९ मंसिर, वीरगञ्ज । बाराको बरियारपुरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला भन्ने वित्तिकै विश्वमा सबभन्दा धेरै वशुबलि दिइने स्थानको रुपमा चर्चा हुन्छ । यो साल १ मंसिरबाट सुरु भएको मेलामा १७ र १८ गते बलिको दिन तोकिएको थियो । १७ गते मंगलबार पञ्चबलि दिइसकेको सूचना फैलिएपछि गढीमाई मन्दिर परिसर भन्दा करिब तीन किलोमिटर परको […]
२२ मंसिर, भद्रपुर । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताएका छन् । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन कार्यक्रममा उनले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताए । गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका […]
२२ मंसिर, काठमाडौं । हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सरकारद्वारा गठित कार्यदलले सुझाव दिएको छ । नेपाली र विदेशी दुवै नागरिकलाई एउटै मूल्य कायम गर्न कार्यदलको प्रतिवेदनले सुझाएको हो । नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्छ । यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत […]
२२ मंसिर, काठमाडौं । ठूला करदाता कार्यालयले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ । ठूला करदाता कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख […]
२२ मंसिर, काठमाडौं । लागू पदार्थ बनाउने रसायन नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेका चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई शुक्रबार पक्राउ गरेको हो । चिनियाँ नागरिकले निलो रङको कागजको डिब्बामा भित्र रंगीन […]
२२ मंसिर, काठमाडौं । भारतबाट अवैध रुपमा भित्र्याइएको करिब साढे ४ लाख मूल्य बराबरको सुर्तीजन्य पदार्थ प्रहरीले नेपालगंजबाट बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ३ लाख १० हजार मूल्य बराबरको १५.५ क्विन्टल र उक्त स्थान भन्दा करिब ३० मिटर टाढा परालमा लुकाएर राखेको अवस्थामा थप १ लाख ४० हजार मूल्य बराबरको सुर्तीजन्य पदार्थ […]
हेलो ! बुवा नमस्ते । मंगलमान महर्जनको नम्बर डायल गर्दा दिनको त्यस्तै दुई बजेको हुँदो हो । मंगलमान बोले, ‘कहाँ हुनुहुन्छ ?’ ‘पठाओ चढ्नका लागि होइन बुवा । बसेर कुरा गरौँ भनेर फोन गरेको ।’ मंंगलमान बोल्छन् : ‘ट्रिपमा छु । पाँच मिनेटमा कालिकास्थान पुग्छु । व्यस्त हुन्छु, कसरी कुरा गर्नु ?’ हामीले भन्यौं, ‘केही […]
२२ मंसिर, पोखरा । १३ औं साग अन्तरगत महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ । लो–स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे रोमाञ्चक जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् […]
२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । (यसअघिको समाचारमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भन्ने व्यहोरा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ- सं) प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको […]
२२ मंसिर, पोखरा । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली महिला क्रिकेट टोलीले स्वर्ण पदकको लक्ष्य लिएको थियो । क्रिकेटको शक्तिराष्ट्र मानिने भारत र पाकिस्तान अनुपस्थित रहने भएकाले नेपालले स्वर्णको आशा राख्नु अस्वभाविक पनि थिएन । तर, नेपालले अन्ततः कास्यपदकमा चित्त बुझाउनु परेको छ । टेस्ट मान्यताप्राप्त अन्य दुई राष्ट्र बंगलादेश र श्रीलंकालाई […]
२२ मंसिर, काठमाडौं । प्रहरीले प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका मेचीनगर इञ्चार्जलाई पक्राउ गरेको छ । झापा जिल्ला समिति सदस्य समेत रहेका शिवसताक्षी–४, पाँचगाछीका ३७ वर्षीय यामकुमार गिरी पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गिरीलाई गएराति तिनकुनेबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार विर्तामोडको सहारा नेपाल बचत […]
२२ मंसिर, काठमाडौं । विद्युत सर्ट हुँदा सुनसरीको इटहरीस्थित होटल बिग बारमा आइतबार बिहान आगलागी भएको छ । इटहरी उपमहानगरपालिका-६ बीरेन्द्रचोकमा रहेको किरण बुढाथोकीको होटल बिग बारमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट होटलभित्र भएको सबै सामान जलेर नष्ट भएको र क्षतिकाबारेमा विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीको सहयोगमा आगो […]
२२ मंसिर, काठमाडौं । वायुमण्डल र पर्यावरणबारे अध्ययन गर्न नेपालमा छुट्टै अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । बल्खुस्थित जनप्रशासन क्याम्पस नजिक बन्ने राष्ट्रिय अनुसन्धान केन्द्रको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार शिलान्यास गरेका छन् । अनुसन्धान केन्द्रलाई ‘नेशनल एटमोस्फेरिक रिसर्च एण्ड इन्भारोमेन्टल रिसर्च ल्याब्रोटरी (नारेल)’ नाम दिइएको छ । सो अनुसन्धान केन्द्रमा […]
२२ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा प्लास्टिकको पाउचलगायतलाई विस्थापित गर्ने सामान उत्पादन गर्ने उद्योग स्थापना सुरु भएको छ । गत असोजमा सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार नोबेल प्लास्ट प्रा.लि.ले वातावरण प्रदूषण गर्ने प्लास्टिकको पाउचलगायतलाई विस्थापित गर्ने गरी पुनः प्रयोग हुने बाल्टिन, फर्निचर, घरायासी उच्चस्तरीय सामानहरु उत्पादन गर्ने उद्योग सुरु गरेको हो । नोबेलले तिलोत्तमा-१७, […]
२२ मंसिर, हेटौंडा । विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले पक्राउ गरेको हो । विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको […]
२२ मंसिर, गुल्मी । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई आइतबार न्यानो कपड़ा र खाद्यान्न वितरण गरिएको छ । रुरु क्षेत्र गाउँपालिका–१ रिडीस्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना वृद्धवृद्धाहरुलाई चिन्तामणि भुसाल निमकला प्रतिष्ठानले न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो । रुरु क्षेत्रमा सञ्चालित २ वटा आश्रमा बस्दै आएका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भला गरी […]
२२ मंसिर, काठमाडौं । वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एक जना किशोरको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका १५ वर्षीय रति बिकको मृत्यु भएको हो । लडेर आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]
from समाचार – Online Khabar https://ift.tt/2DVO64u
via IFTTT






















