Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी

१८ मंसिर, काठमाडौं । नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले केही दिनअघि ढुंगेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको एक प्रहरी वरिष्ठ उपरीक्षकले अनलाइनखबरलाई बताए । अपराध अनुसन्धान महाशाखाका अधिकृतले २६ चैतमा रानीबारीमा भएको डकैतीमा संलग्न अभियुक्त विकास श्रेष्ठलाई ढुंगेलले बारम्बार फोन गरेको भेटिएको सार्वजनिक गरेका थिए […]

उखु किसानको गुनासो : सरकार र उद्योगी दुबैले ढाँटे

१८ मंसिर, काठमाडौं । उद्योग र कृषि मन्त्रालयमा आएका नयाँ मन्त्रीसँग नयाँ आशा राख्दै यतिबेला एक दर्जन उखु किसान प्रतिनिधि सिंहदरबार चहारिरहेका छन् । उनीहरुको गुनासो छ- पैसा र पसिना बगाएर उब्जाएको उखु कति खेतमै सुक्यो, बिक्री भएको उखुको पनि तीन वर्षदेखि पैसा पाइएन । शरिरमा एकसरो कपडादेखि औषधि र मरमसला समेतको जोहो गर्ने एक […]

फोनिज कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती चयन

१८ मंसिर, काठमाडौ. । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको अध्यक्षमा भूपेन्द्र घर्ती मगर चयन भएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रथम अधिबेशनले भूपेन्द्रको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा धर्मरत्न थापा र करिष्मा चौधरी, महासचिवमा सन्तोष घर्ती, संगठन सचिवमा सपना पुन मगर, संस्थागत सचिवमा डिलबहादुर चौधरी, कोषाध्यक्षमा […]

नेकपाको निश्कर्ष : करकै कारण धरानको चुनाव हार्‍यौं

१८ मंसिर, काठमाडौं । धरान उपहानगरपालिका प्रमुखका लागि भएको उपचुनाव हारेको दुई दिनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपमहानर कमिटीले संसदीय दललाई निर्देशन दियो, ‘तत्काल करका दर घटाऊ । निर्वाचनका क्रममा जनताको घरदैलोमा जाँदा करबारे धेरै गुनासो र असन्तुष्टी पाइएकाले आर्थिक वर्ष २०७६/७७ का लागि उपमहानगरले लागू गरेको करको दर पुनरावलोकन गर्नुपर्ने नेकपा धरान निर्वाचन […]

बाग्लुङ जीप दुर्घटना : बेपत्ताको शव फेला, मृतकको संख्या १५ पुग्यो

१८ मंसिर, गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षीय धनबहादुर कार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका कार्कीको शव दुर्घटना स्थल भन्दा केही तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर–४ […]

सक्षम कार्कीले दिलाए सागमा १०० औं स्वर्ण

१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको १०० स्वर्ण पुगेको छ । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । यो नेपालको १३औं सागमा २९औं र सागको इतिहासमा भने १००औं […]

विद्यालय जान दैनिक ६ किलोमिटर हिँड्नुपर्ने बाध्यता   

१८ मंसिर, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनी जस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् । भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय […]

३ फेब्रुअरीबाट बुद्ध एयरको पोखरा-विराटनगर सिधा उडान

१८ मंसिर, काठमाडौं । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर-पोखरा सिधा उडानको तयारी गरेको छ । कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं आइरहने झण्झट हट्ने भएको छ । पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर जान सक्ने भएका छन् […]

सुन प्रतितोला ८ सयले बढ्यो   

१८ मंसिर, काठमाडौं । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६ रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मंगलबार  ७१ हजार ४ सय रुपैयाँमा […]

पाम आयलको निर्यातमा उछाल, पहिलो चौमासिकमा ९२५ प्रतिशतले वृद्धि

१८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७६ को सुरुवातदेखि नै नेपालको आयात घटिरहेको छ भने निर्यात बढिरहेको छ । आयात घट्नुमा सरकारले लिएका नीतिहरुको प्रभाव भए पनि निर्यात बढ्नुको प्रमुख कारण चाहिँ पाम आयल हो । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक)मा ८ अर्ब २९ करोड रुपैयाँको पाम आयल नेपालबाट […]

तेक्वान्दोकी संगीताले जितिन् स्वर्ण

१८ मंसिर, काठमाडौं । तेक्वान्दोकी संगीता बस्यालले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । ६७ केजीमुनि प्रतिस्पर्धा गरेकी उनले भारतीय खेलाडीलाई १९-८ को स्कोरमा हराएकी हुन् । यो बुधबार तेक्वान्दोको पहिलो स्वर्ण हो भने १३ औं सागको १० औं । सागमा पहिलो सहभागितामा नै स्वर्ण जित्न सफल हुँदा खुसी लागेको बस्यालले बताइन् […]

नवनिर्वाचित प्रदेशसभा सदस्य वलीले लिइन् सपथ

१८ मंसिर, बुटवल । दाङ क्षेत्र नम्वर ३ (ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले बुधबार सपथ लिएकी छन् । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई सपथ ग्रहण गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वली गत मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा […]

४ वटा मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

१८ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका […]

विदेशीको दानापानी खाएकाले मुलुकलाई प्रयोगशाला बनाए : मन्त्री कार्की

१८ मंसिर, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको बताएका छन् । मन्त्री कार्कीले नेपालको शिक्षा स्वाथ्य तथा कानून सम्बन्धी नीतिलाई अप्ठयारो दाबी छ । विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भारतीय नयाँ नक्साको विरोधमा नेविसंघद्वारा चक्काजाम

१८ मंसिर, बुटवल । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बुधबार बुटवलमा चक्काजाम गरेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनुपर्ने र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले बुटवलको मिलनचोकमा प्रदर्शन गरेको हो । कार्यक्रममा रुपन्देहीका बिभिन्न क्याम्पसबाट सहभागी भएर आएका विद्यार्थीहरु […]

इमरजेन्सी अगाडि उपचार पर्खंदै बेवारिसे दुई बिरामी

१८ मंसिर, विराटनगर । सरकारी स्वामित्वमा रहेको कोसी अस्पतालको इमरजेन्सी वार्ड अगाडि दुई बेवारिसे बिरामी बसेको तीन दिनभयो । इमरजेन्सी वार्ड अगाडिको बाटोमा चिकित्सकको ओहोर दोहोर बाक्लो हुन्छ । चिकित्सकले देख्ने गरी बाटोमा बसेका दुई बेवारिसे बिरामी उपचार पाइन्छ की भन्ने आशामा छन् । तर तीन दिन भयो उनीहरुको उपचारमा अस्पतालले चासो दिएको छैन । […]

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

१८ मंसिर, धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी  धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा […]

कराँतेमा नेपाललाई १० स्वर्ण, तर खुशी छैनन् प्रशिक्षक

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो । सन् १९९९ मा नेपालमै भएको आठौंबाट कराते खेल सागमा समावेश भएको हो । त्यतिबेला नेपालले १४ स्वर्ण जितेको थियो । त्यसपछिका संस्करणमा खासै राम्रो गर्न सकेन । १२ औं मा […]

बुटवलमा विद्युतीय बस एसेम्बल गर्ने सुन्दरको योजना

१८ मंसिर, बुटवल । नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालि सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ । बुटवलको मोतिपुरमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रमा चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके कम्पनी तथा सुन्दर यातायात प्रालिले संयुक्त रूपमा विद्युतीय बस उत्पादन गर्ने तयारी […]

पेशी छिटो राख्ने भन्दै सर्वोच्च अदालतका कर्मचारीले लिए घुस

१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए । विशेष अदालत, काठमाडौंको […]

गढीमाई : अतिथिले भरिएको एउटा गाउँ

१८ मंसिर, बारा । पाँच वर्षको अन्तरालमा लाग्ने बाराको प्रसिद्ध गढीमाई मेलाले गर्दा बाराका अधिकांश बस्तीहरु पाहुनाले भरिएका छन् । महागढीमाई नगरपालिकाका अधिकांश घरमा साविकको भन्दा पाँच गुणासम्म बढी पाहुना रहेको स्थानीय बताउँछन् । गढीमाईको मन्दिर दर्शन गर्न र मेला हेर्न छिमेकी जिल्लाबाट मात्रै होइन, भारतको बिहार, उत्तरप्रदेश लगायतका स्थानहरुबाट पनि भक्तजनहरु आएका छन् । […]



from समाचार – Online Khabar https://ift.tt/2Yd7VOg
via IFTTT
Powered by Blogger.