समाचार
१८ मंसिर, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीका ज्ञानेन्द्र बोहरा दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जान्छन् । बस्तीमा रहेको विद्यालय माविस्तरको नहुँदा उनी जस्तै त्यहाँका अन्य विद्यार्थी पनि दैनिक ६ किलोमिटर हिँडेर विद्यालय जान बाध्य छन् । भौगोलिक रुपले विकट मानिएको खल्ला मसेटीमा सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा त्यहाँका विद्यार्थीले दैनिक छ किलोमिटर हिँडेर विद्यालय […]
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलाडी निशा रावल स्वर्ण जित्न चुकेकी छन् । बुधबार भएको फाइनल स्पर्धामा उनी भारतीय खेलाडीसँग ३२-९ को स्कोरमा पराजित भएकी हुन् । उनले ७३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।
१८ मंसिर, काठमाडौं । बुद्ध एयरले क्षेत्रीय उडान बिस्तारका रुपमा बिराटनगर-पोखरा सिधा उडानको तयारी गरेको छ । कम्पनीका अनुसार आगामी ३ फेब्रुअरी २०२० बाट यस रुटमा सिधा उडान हुने भएको हो । अब विराटनगरका यात्रु पोखरा जान काठमाडौं आइरहने झण्झट हट्ने भएको छ । पोखराका यात्रु पनि काठमाडौं नआइ सिधै विराटनगर जान सक्ने भएका छन् […]
१८ मंसिर, काठमाडौं । पछिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार प्रतितोला ७१ हजार ६ रुपैयाँमा खरिदबिक्री भएको सुन सोमबार र मंगलबार ७१ हजार ४ सय रुपैयाँमा […]
१८ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७६ को सुरुवातदेखि नै नेपालको आयात घटिरहेको छ भने निर्यात बढिरहेको छ । आयात घट्नुमा सरकारले लिएका नीतिहरुको प्रभाव भए पनि निर्यात बढ्नुको प्रमुख कारण चाहिँ पाम आयल हो । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउन–कात्तिक)मा ८ अर्ब २९ करोड रुपैयाँको पाम आयल नेपालबाट […]
१८ मंसिर, काठमाडौं । तेक्वान्दोकी संगीता बस्यालले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छन् । ६७ केजीमुनि प्रतिस्पर्धा गरेकी उनले भारतीय खेलाडीलाई १९-८ को स्कोरमा हराएकी हुन् । यो बुधबार तेक्वान्दोको पहिलो स्वर्ण हो भने १३ औं सागको १० औं ।
१८ मंसिर, बुटवल । दाङ क्षेत्र नम्वर ३ (ख) बाट नवनिवार्चित प्रदेश सभा सदस्य विमला खत्री वलीले बुधबार सपथ लिएकी छन् । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित प्रदेशसभा सदस्य वलीलाई सपथ ग्रहण गराएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट वली गत मंसिर १४ गते भएको उपनिर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा […]
१८ मंसिर, काठमाडौं । अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका […]
१८ मंसिर, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विदेशीको दानापानीमा पालिएकाहरुले मुलुकलाई प्रयोगशाला बनाउन खोजिरहेको बताएका छन् । मन्त्री कार्कीले नेपालको शिक्षा स्वाथ्य तथा कानून सम्बन्धी नीतिलाई अप्ठयारो दाबी छ । विराटनगरमा आज आयोजित न्यायिक समिति कार्यसम्पादन र एकरुपता कानून सम्बन्धी प्रदेशस्तरिय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री कार्कीले नेपालमा बसेर विदेशीको […]
१८ मंसिर, बुटवल । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रुपन्देहीले बुधबार बुटवलमा चक्काजाम गरेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनुपर्ने र सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेविसंघले बुटवलको मिलनचोकमा प्रदर्शन गरेको हो । कार्यक्रममा रुपन्देहीका बिभिन्न क्याम्पसबाट सहभागी भएर आएका विद्यार्थीहरु […]
१८ मंसिर, विराटनगर । सरकारी स्वामित्वमा रहेको कोसी अस्पतालको इमरजेन्सी वार्ड अगाडि दुई बेवारिसे बिरामी बसेको तीन दिनभयो । इमरजेन्सी वार्ड अगाडिको बाटोमा चिकित्सकको ओहोर दोहोर बाक्लो हुन्छ । चिकित्सकले देख्ने गरी बाटोमा बसेका दुई बेवारिसे बिरामी उपचार पाइन्छ की भन्ने आशामा छन् । तर तीन दिन भयो उनीहरुको उपचारमा अस्पतालले चासो दिएको छैन । […]
१८ मंसिर, धरान । धरान उपमहानगरपालिकाका नवनिवार्चित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि उनले धरान १६ स्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए । त्यसैगरी धरान १९ स्थित हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको शालिकमा पनि माल्यार्पण गरेका थिए । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो । सन् १९९९ मा नेपालमै भएको आठौंबाट कराते खेल सागमा समावेश भएको हो । त्यतिबेला नेपालले १४ स्वर्ण जितेको थियो । त्यसपछिका संस्करणमा खासै राम्रो गर्न सकेन । १२ औं मा […]
१८ मंसिर, बुटवल । नेपालमै पहिलोपटक विद्युतीय बस सञ्चालनमा ल्याएको सुन्दर यातायात प्रालि सञ्चालकहरुै लगानीमा स्थापित सुन्दर अटो इन्जिनियरिङले बुटवलको औद्योगिक क्षेत्रमा विद्युतीय बस उत्पादन (एसेम्बल) गर्ने योजना बनाएको छ । बुटवलको मोतिपुरमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रमा चीनको सिचुवान गुहाङ अटोमोबाइल्स र बीएके कम्पनी तथा सुन्दर यातायात प्रालिले संयुक्त रूपमा विद्युतीय बस उत्पादन गर्ने तयारी […]
१८ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए । विशेष अदालत, काठमाडौंको […]
१८ मंसिर, बारा । पाँच वर्षको अन्तरालमा लाग्ने बाराको प्रसिद्ध गढीमाई मेलाले गर्दा बाराका अधिकांश बस्तीहरु पाहुनाले भरिएका छन् । महागढीमाई नगरपालिकाका अधिकांश घरमा साविकको भन्दा पाँच गुणासम्म बढी पाहुना रहेको स्थानीय बताउँछन् । गढीमाईको मन्दिर दर्शन गर्न र मेला हेर्न छिमेकी जिल्लाबाट मात्रै होइन, भारतको बिहार, उत्तरप्रदेश लगायतका स्थानहरुबाट पनि भक्तजनहरु आएका छन् । […]
१८ मंसिर हेटौंडा (मकवानपुर) । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई प्रदेश नं ३को प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । प्राधिकरण व्यवस्थापनले बुधबार प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत रहेका ६ वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग […]
१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को चौथो दिन एकाएक उसु खेलका क्रममा विवाद भयो । लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा रेफ्री र खेल पदाधिकारी विरोधमा उत्रिए, दर्शकले पानीको बोतल फाले । कारण थियो, चौथोलाई स्वर्ण दिन खोज्नु । उसु थाउलोको पुरुष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा […]
१८ मंसिर, काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतम ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनी करारमा […]
१८ मंसिर, चितवन । भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा बुधबार बिहान गैँडा मृत अवस्थामा भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सिसुवारमा गैंडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार बिहान ९:३० बजेको समयमा खाग र खुरसहितको गैँडा भेटिएको खबर प्राप्त भएको हो । सो स्थानमा नदीले बगाएको अवस्थामा […]
१८ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ डाउनहिलमा नेपालले दुई स्वर्ण जितेको छ । यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २७ पुगेको छ । बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका […]
from समाचार – Online Khabar https://ift.tt/34MuyLO
via IFTTT






















