Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अब डोल्पा अस्पतालमै शल्यक्रियासहितको प्रसूति सेवा  

१२ वैशाख, डोल्पा । सदरमुकाम दुनैमा रहेको एक मात्र जिल्ला अस्पतालले शल्याक्रियासहितको प्रसूति सेवा दिन थालेपछि अस्पतालमा सुत्केरी गराउनेको संख्यामा वृद्धि भएको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सक नै नियुक्ति गरेर शल्यक्रियासहितको प्रसुति सेवा सुरु गरेपछि सुत्केरी गराउने महिलाको संख्या बढेको हो । जिल्लामै जटिल अवस्था भएका गर्भवतीको पनि सफल शल्यक्रिया हुन थालेकाले […]

काठमाडौं प्रहरी प्रमुखमा श्याम, अपराध महाशाखामा दिपक

१२ वैशाख, काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी श्यामलाल ज्ञवालीलाई दिएको छ । उनी हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत् छन् । श्याम प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीका भाइ समेत हुन् । त्यस्तै, महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा एसएसपी दिपक थापालाई पठाइएको छ । थापा यसअघि प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन […]

जोखिम मोलेर बिरामीको सेवा गर्दा विशेष सन्तुष्टि

१२ वैशाख, डोटी । ‘म सुदूरपश्चिमको पहिलो कोरोना भाइरस संक्रमितको ‘ट्राभल हिस्ट्री’ लिइरहेकी थिएँ । विवरणहरू फाराममा भर्दै गर्दा उहाँको रिपोर्ट पोजेटिभ भएको खबर आयो । त्यो सुन्दा आफू उभिएको भुइँ सरेजस्तो लाग्यो ।’ यो अनुभव हो सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्सिङ्ग इन्चार्ज सीमा शर्माको । आफूले हेर्दै आएको बिरामीमा कोरोना संक्रमण भएको थाहा भएपछि […]

‘प्रवासीको भोट र नोट काम लाग्ने, आफू जोगिन छोरालाई पारि राख्ने ?’

१२ वैशाख, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कोरोना भाइरस (कोभिड-१९) संक्रमणविरुद्ध लड्ने बेला गुट र फुटमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार बिहान बसेको समितिको बैठकमा कोभिड-१९ ले नेपालमा परेको प्रभाव र यसको प्रभावकारी समाधानको विषयमा छलफल भएको थियो । छलफलमा सहभागी सांसदहरूले सरकारको कार्यशैलीको आलोचना गरे । खासगरी […]

अध्यादेश फिर्ता लिँदैमा अपराधलाई उन्मुक्ति दिन मिल्दैन : कांग्रेस

१२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा […]

सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिबाट खारेज

१२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि […]

चिनीको आपूर्ति व्यवस्था कस्तो छ ?

१२ वैशाख, काठमाडौं । नेपालीको भान्सामा अत्यावश्यक वस्तुमध्ये चिनी एक हो । छिनछिनमा चियाको चुस्किदेखि मिठाईका परिकारसम्म अनिवार्य चिनीमा मुलुक आत्मनिर्भर भने छैन । नोवल कोरोना भाइरसका कारण लकडाउन लम्बी रहँदा चिनी उत्पादन, आपूर्ति, मौज्दात, बजार मूल्य लगायतका बिषय महत्वपूर्ण बनेको छ । गत वर्ष सामान्य अवस्थामा चिनीको दैनिक खपत २० हजार मेट्रिक टन र […]

सरकारको विश्लेषण : तीन लाख श्रमिक स्वदेश फर्किन सक्छन्

१२ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९)का कारण श्रम गन्तव्य मुलुकहरूमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किन सक्ने विश्लेषण गरेको छ । साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान लगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक छन् । त्यहाँ १५ लाख बढी नेपाली कार्यरत छन् । ती मुलुकहरूमा अवैध काम गरिरहेका नेपालीको संख्या […]

‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

१२ वैशाख, रत्ननग । कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ । बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष-जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ । केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान […]

प्रधानमन्त्रीले भने- काठमाडौं कोरोना बिरामी मुक्त हुँदा सन्तोष लागेको छ

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताएका छन् । शुक्रबार बिहान आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्विट गर्दै यस्तो बताएका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।’ […]

जनकपुरको कोरोना रिपोर्ट काठमाडौंमा पुनः परीक्षण गरिने

१२ वैशाख, जनकपुरधाम । अब प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको कोरोना परीक्षणका नमूना पुनः परीक्षणका लागि काठमाडौं समेत पठाइने भएको छ । परीक्षणका क्रममा सर्लाहीका बालकको नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि यो अस्पतालमा हुने परीक्षण पुनः परीक्षण गरिने भएको हो । सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय किशोर गत वैशाख ५ गते […]

भोजपुरका कोरोना संक्रमितको उदयपुर कनेक्सन

१२ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङका २६ वर्षीय युवक ३० फागुनमा साउदी अरबबाट नेपाल आएका थिए । ११ चैतमा घर पुगेका उनलाई विदेशबाट आएको ४१ दिनपछि कोरोना संक्रमण देखियो । यससँगै उनमा देखिएको कोरोनाको स्रोतको खोजी सुरु भएको छ । ‘कन्ट्याक ट्रेसिङमा हामी जुटेका छौं,’ जिल्ला प्रहरी कार्यालय […]

भोजपुरका कोरोना संक्रमितलाई विराटनगर पठाउने निर्णय

१२ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएका भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङका युवकलाई उपचारका लागि विराटनगर ल्याइने भएको छ । ३० फागुनमा साउदी अरबबाट फर्किएका उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि भएको थियो । लगत्तै उनलाई घोडेटारस्थित स्वास्थ्य केन्द्रको आइसोलेसन वार्डमा राखिएको छ । थप उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल पठाइने निर्णय भएको जिल्ला […]

लकडाउनबारे निर्णय भएन, अर्को बैठकमा छलफल हुने

१२ वैशाख, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको म्याद सोमबार (वैशाख १५ गते) सकिँदैछ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने अनुमान गरिएको थियो । तर, आगामी बैठकबाट निर्णय गर्ने सहमतिसहित शुक्रबारको बैठक सकिएको एक मन्त्रीले बताए । ‘लकडाउन थप्ने/नथप्नेबारे आज निर्णय भएन’ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि एक मन्त्रीले अनलाइनखबरसँग भने,‘ […]

गहुँको समर्थन मूल्य ३०१५ रुपैयाँ तोकियो

१२ वैशाख, काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मूल्य तोकेको हो । सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ । यसअघि आर्थिक वर्ष ०७४/०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यसयता […]

भूकम्पका पाँच वर्ष : पुनर्निर्माणका उपलब्धि र सिकाइ

आज वैशाख १२ । पाँच वर्षअघि आजकै दिन गोरखा जिल्लाको बारपाकमा केन्द्रबिन्दु भई भूकम्प जाँदा नेपालले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोर्नु परेको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले पुर्‍याएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको करिब साढे चार वर्ष पुगेको छ । आजका दिनमा बसेर विगतलाई समीक्षा गर्दा हामी सन्तोष र […]

तातोपानी नाकाबाट स्वास्थ्य सामग्री आयात निरन्तर

१२ वैशाख, काठमाडौं । तातोपानी नाका सञ्चालनमा आएपछिको आधा महिनामा हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन्। नाका सञ्चालनको १६ दिनमा कोभिड १९ विरुद्ध लड्न प्रयोग हुने ११ प्रकारका हजारौं थान स्वास्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। यस अवधिमा एन ९५ पीसीआर मेसिन दुई थान, टेस्टिङ किट २० हजार […]

अन्तरदेशीय ढुवानीका सवारी साधन चालकको कोरोना परिक्षण अनिवार्य

१२ वैशाख, काठमाडौं । विदेशबाट आयात हुने माल वस्तु बोकेको सवारी साधन चालकको अनिवार्य कोरोना परिक्षण हुने भएको छ । विदेशबाट माल वस्तु आयात गर्दा भित्रिन सक्ने कोरोना जोखिम न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका यस्तो व्यवस्था गरिएको हो । महामारीको अवस्थामा हुने ढुवानीका कारण कोरोना आयात हुनबाट रोक्न निर्देशिका जारी गरिएको स्वस्थ्य मन्त्रालयका […]

काठमाडौंबाट ७६ जना विद्यार्थी बोकेर श्रीलंकन एयरको जहाज फिर्ता

१२ वैशाख, काठमाडौं । श्रीलकाले नेपालबाट आफ्ना ७६ जना विद्यार्थीलाई स्वदेश फिर्ता लगेको छ । शुक्रबार श्रीलंकन एयरको जहाजले उनीहरूलाई स्वदेश फिर्ता गराएको हो। चार्टर्ड जहाज काठमाडौंबाट साढे १२ बजे कोलम्बोका लागि उडेको छ। श्रीलंकाले केही दिनयता दक्षिण एसियाली मुलुकहरूबाट आफ्ना विद्यार्थीलाई फिर्ता लगिरहेको छ। श्रीलंकाले भारत, पाकिस्तान र नेपालबाट आफ्ना विद्यार्थीलाई लैजाने अभियान चलाएको […]

…अब त के बाँचुला र ?

११ वैशाख, काठमाडौं । ‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् । फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् । ‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको […]

तीन दिनमै १० हजार बढी मानिस रामेछाप भित्रिए

१२ वैशाख, रामेछाप । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी हट्ने संकेत नदेखिएपछि रामेछापका स्थानीय तहले काठमाडौँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गरी गाउँ फर्काएका छन् । रामेछाप जिल्लामा तीन दिनको बीचमा १० हजारभन्दा बढी मानिसहरु गाउँ भित्रिएका छन् । स्थानीय प्रशासनले बाहिरका मानिसहरुलाई जिल्ला भित्रिन नदिने निर्णय गरेपछि पालिकाहरुले आफैंले आफ्ना नागरिकलाई ल्याउन […]



from समाचार – Online Khabar https://ift.tt/2KwHsFu
via IFTTT
Powered by Blogger.