Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना भाइरस : २७ लाख ९० हजार संक्रमित, १ लाख ९५ हजारको मृत्यु

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभर २७ लाख ९० हजार ९ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् […]

मुस्लिम समुदायको रमजान सुरु, घरमै बसेर नमाज पढ्न आग्रह

१३ वैशाख, काठमाडौं । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो । […]

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

१३ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ । अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ । तर अमेरिकामा […]

…अब त के बाँचुला र ?

११ वैशाख, काठमाडौं । ‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् । फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् । ‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको […]

कोरोनालाई जित्दै बागलुङकी १९ वर्षीया युवती डिस्चार्ज

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अन्सु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो । उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी […]

संसदीय समितिको निष्कर्ष – लकडाउनको नीति हेरफेर गर्नुपर्छ

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण लामो समयदेखि बस्न नसकिरहेका संसदीय विषयगत समितिका बैठकहरु बस्न थालेका छन् । मन्त्रिपरिषदको बैठक २५ जनासम्म भन्दै बसेको र सामाजिक दुरी कायम गरेकोलाई नजिर मान्दै संसदीय समितिका बैठकहरु पनि बाक्लिन थालेका हुन् । शुक्रबार राष्ट्रियसभाका तीनवटा समिति बैठक बसे । सबैको एउटै निष्कर्ष र सुझाव छ- अब लकडाउनको […]

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् । सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले […]

कोरोना संक्रमण देखिएसँगै दमकमा उच्च सतर्कता, सबैलाई घरमै बस्न मेयरको आग्रह

१२ वैशाख, काठमाडौं । झापाको दमकका ६२ वर्षीय वृद्धमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । दमक नगरपालिकाले सतर्कता अपनाउन र घरमै बसिदिन नगरवासीसँग अनुरोध गरेको छ । मेयर रोमनाथ ओलीले अनलाइनखबरसँग भने, ‘एक जनामा संक्रमण देखिएको छ, हामीले कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्य थालिसकेका छौं ।’ एक महिना अघि यूएईबाट आएका […]

‘सांसद अपहरण’को आरोपमा प्रधानमन्त्री किन मौन ?

वैशाख १० गते बुधबार नेपालको राजनीतिक वृत्तमा एउटा अनौठो घटना भयो । समय सान्दर्भिक नदेखिएको उक्त घटना क्षणभरमै सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा छरपस्ट छरियो । मान्छेले आ–आफ्ना अनुभूति पोखे, प्रायः विपक्षमा । समाजवादी पार्टीले आफ्ना नेता डाक्टर सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अपहरण गरिएको दाबी गर्‍यो । उक्त पार्टीका सूचना तथा प्रचार विभाग […]

प्रेमिकालाई भेट्न बोलाएर सामूहिक बलात्कार

१२ वैशाख, विराटनगर । मोरङ्मा प्रेमीको संलग्नतामा किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । एक १७ वर्षीया किशोरीलाई उनकै प्रेमीले बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धानबाट खुलेको हो । प्रहरीले घटनामा संलग्न समूहका चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको बताएको छ । संलग्न भएका दुईजना भने फरार रहेको डीएसपी […]

सप्तरी र सिराहाका स्थानीय तहलाई स्वास्थ्य सामग्री

१२ वैशाख, जनकपुरधाम । सप्तरी र सिराहाका केही स्थानीय तहलाई कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सप्तरीको बिष्णुपुर र राजगढ गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । यस्तै, सिराहाको सिराहा, कल्याणपुर तथा कर्जन्हा नगरपालिकामा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । वेल्ट हङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित […]

पर्साको पचरुखीमा राहतको नाममा कुहिएको चामल ! 

१२ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नं ५ पचरुखीमा वितरण गरिएको राहतका खाद्यान्न मध्ये चामल कुहिएको पाइएको छ । वैशाख ६ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वितरण गरिएको राहतको चामल कुहिएको पाइएको हो । वडाले वैशाख ६ गते पचरुखी र भिगना टोलका २ सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरेको थियो । […]

‘सुनको चुरा लगाउनेले राहत नलिनुस् भन्दा रिसाए’

१२ वैशाख, काठमाडौं । डेढ लाखभन्दा बढीको ज्यान लिइसकेको कोेभिड–१९ (कोरोना भाइरस) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल पनि लकडाउन भएको एक महिना कटेको छ । साँझ–बिहान खान नपाउनेहरूलाई विभिन्न स्थानीय सरकारले राहत वितरण पनि गरेको छ । राहत वितरणमा खटेका जनप्रतिनिधिहरू आवश्यक नै नपर्ने व्यक्तिहरू समेत राहत लिन आएर हैरान पारेको बताउँछन् । आफ्नै […]

असईविरुद्ध वडाध्यक्षद्वारा सीडीओलाई ज्ञापन

१२ वैशाख, काठमाडौं । लकडाउनको समयमा मदिरा पसल बन्द नगराएको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिकाका वडाध्यक्षले प्रहरी सहायक निरीक्षण (असई) उदयभान यादवमाथि कारबाहीको माग गरेका छन् । शुक्रबार गाउँपालिकको ५ नं वडाका वडाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेयले वडाकै लेटरहेडमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएर यादवमाथि कारबाहीको माग गरेका हुन् । पाण्डेयले बुझाएको पत्रमा गाउँपालिकाको वडा नं ५ बलुहवाअन्तर्गत […]

भारतको क्वारेन्टाइनमा २५ दिन बसेर फर्किए १०२ नेपाली

१२ वैशाख, बुटवल । भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन सुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ । पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिबार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव […]

सुदूरपश्चिममा १० हजार बढीको र्‍यापिड टेस्ट, ९ जनाको रिपोर्ट पोजेटिभ

१२ वैशाख कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जनामा र्‍यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाे छ।  १० हजार २०४ जनामा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा दुई-दुई जना तथा अछाममा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी […]

सुरक्षा घेरामा भुल्के, अत्यावश्यक वस्तु अभाव

१२ वैशाख, विराटनगर । पछिल्लो समय कोरोनाको संक्रमणको ‘हटस्पट’ बनेको छ उदयपुरको भुल्के । २८ जना संक्रमित भेटिएपछि सुरक्षाकर्मीको घेरामा राखिएको यस गाउँका स्थानीयवासी त्रसित छन् । भुल्केको नुरी मस्जिदमा बसेका र आसपासमा ती संक्रमित भेटिएका थिए । लगत्तै गाउँलाई पूर्णरुपमा सिल गरिएको छ । तर, कोरोनाबाट बच्न अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति हुन सकेको छैन […]

भूकम्पको ५ वर्ष : नेपालमा चिनियाँ सहयोग परियोजनामा प्रगति कति ?

१२ वैशाख, काठमाडौं । नेपालमा विनाशकारी भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गतेको भूम्पपछि पुनर्निर्माणको लागि चीनले विभिन्न पाँच क्षेत्रका २५ पुनर्निर्माण परियोजनालाई अनुदान दिएको छ । ती पाँच क्षेत्रहरुमा संरचना निर्माण, हिमाली क्षेत्रको बसोबास, ऐतिहासिक सम्पदा पुनर्निर्माण, संकटको पूर्वतयारी र स्वास्थ्य रहेका छन् । अहिले यीमध्ये १२ […]

कोरोना परीक्षण गर्न सबै पालिकामा स्वास्थ्यकर्मीको टोली

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एक जना रहेको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाका अनुसार हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उपमहानगरपालिकामा ३ वटा […]

प्रदेश २ का सबै जिल्लामा स्वास्थ्यकर्मीको टोली, १५ सय बढी नमूना संकलन गर्ने लक्ष्य

१२ वैशाख, काठमाडौं । सरकारले प्रदेश २ मा कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरेको छ । प्रदेश २ का ८ वटै जिल्लाका २७ स्थानहरुमा १५ सय भन्दा बढी स्वाब नमूना संकलनका लागि टोली परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टोलीमा स्वास्थ्य सेवा विभाग, नेपाली सेना, स्वास्थ्यकर्मी र प्रयोगशालाका […]

तिलोत्तमामा खेतीयोग्य जग्गा बाँझो राख्न नपाइने !

१२ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाउने गरी गरेको निर्णय कार्यान्वयनमा कडाइ गरेको छ । बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए संधियार (छिमेकी) वा अन्य व्यक्तिले खेती गर्न सक्ने नगर कार्यपालिका वैठकले निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन […]



from समाचार – Online Khabar https://ift.tt/2Y7S4Cv
via IFTTT
Powered by Blogger.