Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

तातोपानी नाकाबाट स्वास्थ्य सामाग्री आयात निन्तर

१२ वैशाख, काठमाडौं । तातोपानी नाका सञ्चालनमा आएपछिको आधि महिनामा हजारौ थान स्वस्थ्य सामाग्री नेपाल भित्रिएका छन। नाका सञ्चालनको १६ दिनमा कोभिड १९ बिरुद्ध लड्न प्रयोग हुने ११ प्रकारका हजारौ थान स्वस्थ्य सामाग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । यस अवधिमा एन नाईन्टीभाफईभ पीसीआर मेशिन २ थान, टेस्टीङ कीट २० हजार […]

अन्तरदेशीय ढुवानीका सवारी साधन चालकको कोरोना परिक्षण अनिवार्य

१२ वैशाख, काठमाडौं । विदेशबाट आयात हुने माल वस्तु बोकेको सवारी साधन चालकको अनिवार्य कोरोना परिक्षण हुने भएको छ । विदेशबाट माल वस्तु आयात गर्दा भित्रिन सक्ने कोरोना जोखिम न्युनिकरण गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका यस्तो व्यवस्था गरिएको हो । महामारीको अवस्थामा हुने ढुवानीका कारण कोरोना आयात हुनबाट रोक्न निर्देशिका जारी गरिएको स्वस्थ्य मन्त्रालयका […]

काठमाडौंबाट ७६ जना विद्यार्थी बोकेर श्रीलंकन एयरको जहाज फिर्ता

१२ वैशाख, काठमाडौं । श्रीलकाले नेपालबाट ७६ जना आफ्ना विद्यार्थीहरुलाई स्वदेश फिर्ता लगेको छ । शुक्रबार श्रीलंकन एयरको जहाजले उनीहरुलाई लगेको हो । चार्टर्ड जहाज काठमाडौंबाट साढे १२ बजे कोलम्बोका लागि उडेको छ । श्रीलंकाले केही दिनयता दक्षिण एसियाली मुलुकहरुबाट आफ्ना विद्यार्थीहरुलाई फिर्ता लगिरहेको छ । श्रीलंकाले भारत, पाकिस्तान र नेपालबाट आफ्ना विद्यार्थीलाई लैजाने अभियान […]

तीन दिनमै १० हजार बढी मानिस रामेछाप भित्रिए

१२ वैशाख, रामेछाप । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी हट्ने संकेत नदेखिएपछि रामेछापका स्थानीय तहले काठमाडौँमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गरी गाउँ फर्काएका छन् । रामेछाप जिल्लामा तीन दिनको बीचमा १० हजारभन्दा बढी मानिसहरु गाउँ भित्रिएका छन् । स्थानीय प्रशासनले बाहिरका मानिसहरुलाई जिल्ला भित्रिन नदिने निर्णय गरेपछि पालिकाहरुले आफैंले आफ्ना नागरिकलाई ल्याउन […]

सरकारको नियम मिच्दै इन्डोनेसियामा रमजानमा सयौंको भेला

१२ वैशाख, काठमाडौं । इन्डानेसियामा सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै सयौं मानिस रमजानका लागि भेला भएका छन् । इन्डोनेसियाको अचे प्रान्तमा सयौंको संख्यामा मानिसहरू बिहीबार रमजान मनाउन भेला भएका हुन् । यो प्रान्तलाई इन्डोनेसियाको सबैभन्दा धेरै अन्धविश्वास व्याप्त भएको प्रान्त मानिन्छ । बिहीबार रमजान मनाउने क्रममा मानिसहरूले कुममा कुम जोडेर प्रार्थना गरेका थिए […]

कम आयस्रोत भएका देशलाई बचाउन अर्थमन्त्री खतिवडाका तीन सुझाव

१२ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनापछि कम आयस्रोत भएका मुलुकलाई परेको प्रभाव न्यूनीकरण गर्न ऋण स्थगन र ऋण मोचनको उपायमा जानु पर्ने सुझाव दिएका छन् । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच भएको भिडियो कन्फ्रेन्सका क्रममा […]

प्रदेश सांसद पाण्डेयद्वारा कालीदह नाकाको निरीक्षण

१२ वैशाख, बुटवल । प्रदेश सभा ५ का सांसद सन्तोषकुमार पाण्डेय सीमावर्ती क्षेत्रको निरीक्षणका लागि शुक्रबार रुपन्देहीको कालीदह नाका पुगेका छन् । सीमाको निरीक्षण पश्चात बोल्दै सांसद पाण्डेयले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिँदै सीमामा खटिने सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । ‘लकडाउन सफल पार्न सुरक्षाकर्मीहरूको महत्वपूर्ण भूमिका छ, त्यसैले उहाँहरू धन्यवादको पात्र […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक

१२ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार नौ सय ५४ पुगेको छ । तर, वर्ल्डओमिटरको तथ्यांकमा भने […]

महाभूकम्प गएकै दिन रानीपोखरी उद्घाटन गर्ने योजना अधुरै

१२ वैशाख, काठमाडौं । भूकम्प गएको पाँच वर्षपछि आज अर्थात् वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी थियो । भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण कार्य लकडाउनको कारण पूरा हुन सकेन । ०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको रानीपोखरीलाई मल्लकालीन स्वरुपमा ल्याउने प्रयास भइरहेको छ । शिखर शैलीमा पुनर्निर्माण […]

अमेरिकी कम्पनीको कोरोना भाइरसको औषधि परीक्षण असफल

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो । भूलवश प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरूले दुई सय […]

‘प्रधानमन्त्रीले राजनीतिक भाइरस थपिदिनुभयो’

१२ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सिङ्गो देश कोरोना भाइरसविरुद्ध लडिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर देशमा ‘राजनीतिक भाइरस’ थपिदिएको बताएका छन् । प्रधानमन्त्रीले अब अध्यादेश फिर्ता लिएर देशलाई एकताबद्ध गर्नुपर्ने सिटौलाको सुझाव छ । सरकारले अध्यादेश फिर्ता लिएन भने देश मुठभेडतिर जाने विश्लेषण गर्दै कांग्रेस नेता सिटौलाले अनलाइनखबरसँग भने, […]

मनकारी मन्डेकाजी, दुःखमा परेकालाई सहयोग गर्दै

१२ वैशाख, काठमाडौं । कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ खेलमा मात्र पोख्त छैनन् समाजसेवामा पनि अगाडि छन् । आफूले खेलमा सफलता हासिल गर्न जति उनले दुःख गरेका छन्, अरुको दुःख पनि त्यति नै बुझ्छन् । नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णपदक जितेका मन्डेकाजीले अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् […]

सिङ्गापुरबाट स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जहाज काठमाडौं आइपुग्याे 

१२ वैशाख,काठमाडाैं। सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बिहीबार बिहान सिङ्गापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे […]

बुटवलमा नेविसंघको प्रदर्शन

१२ वैशाख, बुटवल । सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ । लकडाउनकै बीचमा बुटवलको पुष्पलाल चोकमा कालो ब्यानर र प्लेकार्डसहित नेविसंघले प्रदर्शन गरेको हो । संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, […]

पुनर्निर्माणमा हालसम्मको सरकारी खर्च ३ खर्ब ८१ अर्ब रुपैँयाँ

१२ वैशाख, काठमाडौं। शुक्रबार विनासकारी महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र सडकहरुको पुनर्निर्माणको काम अझै पनि सकिएको छैन । पुनर्निर्माणका क्रममा हालसम्म पुननिर्माण प्राधिकरणबाट मात्रै ३ खर्ब ८१ अर्ब रुपैँयाँ खर्च भएको छ । सरकार तथा दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ […]

अध्यादेश फिर्ता गर्न माग गर्दै नेविसंघको प्रदर्शन

१२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँच/पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी […]

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी

१२ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ […]

क्वारेन्टाइनमा बसेकी किशोरीले जन्माइन् मृत शिशु   

१२ वैशाख, ओखलढुङ्गा । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित किशोरीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका-१ की १६ वर्षीया अविवाहित किशोरीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी किशोरीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी […]

छोराछोरी घिस्याउँदै पाँच दिन हिँडेर घर फर्किए मजदुर दम्पती

१० वैशाख कैलाली । एउटा पुरानो साइकलको पछाडि एउटा पोको बाँधिएको छ । पोकोमाथि दुई वर्षको बच्चालाई राखेर धकेल्दै आशिष र सुस्मिता झण्डै चार सय  किलोमिटर हिँडे । कैलालीको घोडाघोडी नगरपालिका-७ कृतिपुरका आशिष चौधरी बुटवलमा घर बनाउने काम गर्छन् । श्रीमती सुस्मिता पनि उनीसँगै मजदुरी गर्छिन् । उनीहरुका दुई सन्तान छन्, छोरी खुशी र छोरा […]

एनप्याब्सनका उपाध्यक्ष मृत भेटिए, हत्याको आशंका

११ वैशाख, कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर […]

आज मन्त्रिपरिषद् बैठक, अध्यादेशबारे छलफल हुने

१२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको […]



from समाचार – Online Khabar https://ift.tt/34Z47Uf
via IFTTT
Powered by Blogger.