समाचार
११ वैशाख, उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमणको स्रोत भारतबाट आएका एक युवक भएको निष्कर्ष नजिक आफूहरु पुगेको प्रदेश सरकारका एक उच्च अधिकारीले बताएका छन् । भुल्केमा पहिलो पटक ५ वैशाखमा १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । नुरी मस्जिदमा बसेका १६ जमातीमध्ये ११ भारतीय र एक नेपालीमा कोरोना संक्रमण […]
११ वैशाख, काठमाडौं । झमक्कै साँझ परेको छ । चोकको लागेको मान्छेको भिडले दशैंको बेलाको बसपार्कको झल्को दिइरहेको छ । कसैले नानीबाबु च्यापेका छन्, कोही ज्येष्ठ नागरिकलाई साहारा दिँदै हिँडेका छन् । झोला, पोका, सा–साना सुटकेश नबोक्ने कोही छैनन् । सबै गाडीको पर्खाइमा छन् । बुधबार साँझ जडिबुटीमा क्षेत्रमा जम्मा भएकाहरु ‘गाडी आउँछ कि आउँदैन […]
११ वैशाख, काठमाडौं । बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकीकरण घोषणा भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने, झण्डा समाजवादीकै रहने र चुनावचिन्ह राजपाको (छाता) रहने गरी शरदसिंह भण्डारीको घरमा बुधबार राति पार्टी एकता टुंगो लागेको छ । डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले पार्टी […]
११ बैशाख, जनकपुरधाम । कोरोना नदेखिएपछि अस्पतालबाट डिस्चार्ज भइसकेका १४ वर्षीय किशोर अर्काे जाँचमा संक्रमित पाइएपछि उनलाई उपचारका लागि वीरगञ्ज लगिने भएको छ । ती बालकलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाउन लागेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । ‘एम्बुलेन्स बोलाइसकेका छौं, केहीबेरमै उनलाई वीरगञ्ज पठाउन लागेका छौं,’ उनले भने । सर्लाहीको धनकौल […]
११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बिहीबार यस्तो विषम परिस्थितिमा राज्यका सबै निकाय विशेष रुपमा संवेदनशील हुन आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘कुनै पनि भूमिकामा […]
११ वैशाख, काठमाडौं । नेपालमा लकडाउनको सकसपूर्ण यात्रा आजबाट दोस्रो महिनामा प्रवेश गरेको छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले प्रयोग गरेको यो अस्त्रको प्रभावकारिता विश्लेषण गर्दै नयाँ रणनीति बनाउने ठीक समय हो यो । फ्रान्सबाट नेपाल फर्केकी एक युवतीमा कोरोना संक्रमण देखिएसँगै सरकारले ११ चैतबाट देशलाई लकडाउनमा राखेको थियो । ती युवती (प्रसिद्धी श्रेष्ठ) […]
११ वैशाख, काठमाडौं । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीबीच अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश […]
११ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ह्याण्ड सेनिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालय विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको ल्याबमा ह्याण्ड सेनिटाइजर उत्पादन गरिएको हो । सेनिटाइजर उत्पादन कार्यको अनलाइन उद्घाटन उक्त विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले गरेका छन् । कार्यको प्रारम्भ गर्दै उपकुलपति प्राडा सिंहले सेनिटाइजर उत्पादन विश्वव्यापी महामारीका […]
११ वैशाख, विराटनगर । भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन । ससँगै कोरोना […]
११ वैशाख, सप्तरी । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेपछि दुवै पार्टीका कार्यकर्ताले खुसियाली मनाएका छन् । पार्टी एकीकरण भएको खुसियालीमा सप्तरीका नेता/कार्यकर्ताहरुले बिहीबार साँझ दीपावली गरेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा जसपाका कार्यकर्ताले संयुक्त रुपमा मैनबत्ती प्रज्वलन गरेका हुन् । जनताको अपेक्षा अनुसार एकीकरण भएकोमा […]
११ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण सन् २०२० मा विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने भएको छ । विश्व बैङ्कले कोरोनाका कारण विप्रेषण आप्रवाहमा पर्नसक्ने सम्भावित असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार नेपालमा सन् २०२० मा १४ प्रतिशतको गिरावट आउने अनुमान छ । सन् २०१९ मा नेपालले आठ खर्ब १० रुपैयाँ […]
११ वैशाख, काठमाडौं । भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैँ अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । मध्यपुर अस्पताल ठिमी अस्पतालमा उपचारको क्रममा साँझ […]
११ वैशाख, काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् । बिहीबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए । […]
११ वैशाख, काठमाडौं । बाँकेको बैजनाथपुरमा नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका-२ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउत रहेको कोहलपुरका डीएसपी कुलदिप चन्दले अनलाइनखबरलाई जानकारी दिए । बैजनाथपुर-२ को पित्तमारीमा निर्माण भइरहेको क्षेत्रीय कारागार नजिकैको नालामा जमेको […]
११ वैशाख, बुटवल । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई बुटवल उपमहानगरले सुरु गरेको छ । प्रतिकोरोनाको प्रभावकारी अभियानसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरिएको हो । सेवा अवरुद्ध हुन नदिन स्वास्थ्यकर्मी पीपीई लगाएर काममा खटिएका छन् । कोभिड-१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी सँगै थप […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच कामम खटिएका फोटो पत्रकारहरुलाई माक्स तथा स्यानिटाइजर सहयोग गरिएको छ । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरुको सुरक्षाकाका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले माक्स तथा स्यानिटाइजर सहयोग गरेका हुन् । आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधी उत्पादक संघका तर्फबाट महासचिब बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि का कार्यकारी […]
११ बैशाख, कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार कतारको बन्दी गृहमा […]
११ वैशाख, काठमाडौं । सरकारले भारतमा कोरोना भाइरस (कोभिड-१९) को जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने/नगर्ने विषयमा निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउनको समयमा […]
११ वैशाख, काठमाडौं । नेकपा सांसद महेश बस्नेतले आफूहरूमाथि अपहरणको आरोप लगाउनेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई आफूहरूले नभई डा.बाबुराम भट्टराईका मान्छेले अपहरण गरेको बस्नेतको प्रत्याआरोप छ । डा.यादवकै इच्छा र समाजवादी पार्टीका प्रमुख सचेतकको आग्रहमा आफूहरू यादवलाई लिन महोत्तरी गएको बस्नेतले अनलाइनखबरलाई बताए । यादवले अपहरण भएको […]
११ वैशाख, बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले कोरोना नियन्त्रण, उपचार र राहतमा गरिने खर्च पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । राहत वितरण पहुँचका आधारमा भएको देखिएकाले निश्चित मापदण्डका आधारमा गर्न पनि समितिले निर्देशन दिएको छ । प्रदेश ५ सरकारले कोरोना नियन्त्रण, उपचार र राहतका लागि हालसम्म ३३ करोड ७३ लाख रुपैयाँ […]
११ वैशाख, कैलाली । कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ५० वर्षीया महिलालाई बिहीबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । यसअघि […]
from समाचार – Online Khabar https://ift.tt/35544q2
via IFTTT






















