समाचार
१२ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनापछि कम आयस्रोत भएका मुलुकलाई परेको प्रभाव न्यूनीकरण गर्न ऋण स्थगन र ऋण मोचनको उपायमा जानु पर्ने सुझाव दिएका छन् । विश्व आर्थिक मञ्चका पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारीबीच भएको भिडियो कन्फ्रेन्सका क्रममा […]
१२ वैशाख, बुटवल । प्रदेश सभा ५ का सांसद सन्तोषकुमार पाण्डेय सीमावर्ती क्षेत्रको निरीक्षणका लागि शुक्रबार रुपन्देहीको कालीदह नाका पुगेका छन् । सीमाको निरीक्षण पश्चात बोल्दै सांसद पाण्डेयले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन दिँदै सीमामा खटिने सुरक्षाकर्मीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । ‘लकडाउन सफल पार्न सुरक्षाकर्मीहरुको महत्वपूर्ण भुमिका छ, त्यसैले उहाँहरु धन्यवादको पात्र […]
१२ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ५० हजारको नजिक पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल महिनामा मात्र अमेरिकामा औसतमा दैनिक दुई हजार मानिसको मृत्यु भएको देखिएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार नौ सय ५४ पुगेको छ । तर, वर्ल्डओमिटरको तथ्यांकमा भने […]
१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो । भूलवश प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरूले दुई सय […]
१२ वैशाख, काठमाडौं । कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ खेलमा मात्र पोख्त छैनन् समाजसेवामा पनि अगाडि छन् । आफूले खेलमा सफलता हासिल गर्न जति उनले दुःख गरेका छन्, अरुको दुःख पनि त्यति नै बुझ्छन् । नेपालमा गत मंसिरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्णपदक जितेका मन्डेकाजीले अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् […]
१२ वैशाख,काठमाडाैं। सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज बिहान काठमाडौँ आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बिहीबार बिहान सिङ्गापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे […]
१२ वैशाख, बुटवल । सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ । लकडाउनकै बीचमा बुटवलको पुष्पलाल चोकमा कालो ब्यानर र प्लेकार्डसहित नेविसंघले प्रदर्शन गरेको हो । संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, […]
१२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको […]
१२ वैशाख, काठमाडौं। शुक्रबार विनासकारी महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र सडकहरुको पुनर्निर्माणको काम अझै पनि सकिएको छैन । पुनर्निर्माणका क्रममा हालसम्म पुननिर्माण प्राधिकरणबाट मात्रै ३ खर्ब ८१ अर्ब रुपैँयाँ खर्च भएको छ । सरकार तथा दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ […]
१२ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग ग्दै शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँच/पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । सरकारले हालै मात्र राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता उपस्थित नहुँदा पनि बैठक बसी […]
१२ वैशाख, काठमाडौं । चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् । चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ […]
१२ वैशाख, ओखलढुङ्गा । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित किशोरीले मृत शिशुलाई जन्म दिएकी छन् । मोलुङ गाउँपालिका-१ की १६ वर्षीया अविवाहित किशोरीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी हुन् । मंगलबार साँझ क्वारेन्टाइनमा ल्याइएकी किशोरीको स्वास्थ्यमा बुधबार समस्या देखिएको थियो । केही समयपछि मृत शिशु जन्मिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी […]
१० वैशाख कैलाली । एउटा पुरानो साइकलको पछाडि एउटा पोको बाँधिएको छ । पोकोमाथि दुई वर्षको बच्चालाई राखेर धकेल्दै आशिष र सुस्मिता झण्डै चार सय किलोमिटर हिँडे । कैलालीको घोडाघोडी नगरपालिका-७ कृतिपुरका आशिष चौधरी बुटवलमा घर बनाउने काम गर्छन् । श्रीमती सुस्मिता पनि उनीसँगै मजदुरी गर्छिन् । उनीहरुका दुई सन्तान छन्, छोरी खुशी र छोरा […]
११ वैशाख, कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर […]
१२ वैशाख, काठमाडौं । भूकम्प गएको पाँच वर्षपछि आज अर्थात् वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी थियो । भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण कार्य लकडाउनको कारण पूरा हुन सकेन । ०७२ वैशाख १२ को भूकम्पले क्षति पुर्याएको रानीपोखरीलाई मल्लकालीन स्वरुपमा ल्याउने प्रयास भइरहेको छ । शिखर शैलीमा पुनर्निर्माण […]
१२ वैशाख, काठमाडौं । भारतको मध्यप्रदेशमा ६ वर्षीया बालिकालाई बलात्कार गरेर आँखासमेत फुटाइदिएको क्रूर घटना सार्वजनिक भएको छ । यो पासविक घटना मध्यप्रदेश राज्यको दमोह जिल्लाको बंशीपुर गाउँको हो । बालिकाले नचिनुन् भनेर बलात्कारीले आँखा फुटाइदिएको पीडित पक्षको भनाइ छ । साथीहरुसँग खेल्न बुधबार अपराह्न घर बाहिर निस्किएकी ती बालिका घर नफर्किएपछि खोजी सुरु गरिएको […]
१२ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार जारी सन्देशमा विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन आग्रह […]
१२ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले बन्दाबन्दीका कारण अलपत्र परेका प्रदेशका नागरिकलाई गन्तव्य पुग्न दिने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबारको प्रदेश सङ्कट व्यवस्थापन केन्द्र बैठकले सो निर्णय गरेको हो । प्रदेश बाहिरबाट सवारी साधनको व्यवस्था गरी समूहमा आएकालाई सोझै गन्तव्यस्थल पुग्न दिने, बाहिरबाट आएका, भाडा तिर्न सक्ने तर […]
१२ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको हो । त्यसैगरी विभागले मूल्यसूची […]
१२ वैशाख, काठमाडौं । वैशाख ४ गते स्वास्थ्य मन्त्रालय र कोभिड-१९ सँग सम्बन्धित विज्ञहरूले निष्कर्ष निकालेका थिए, अब लकडाउनको मोडल फेर्नुपर्छ, आशंकित समुदाय सिल हुन सक्छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै अगुवाइमा भएको त्यो छलफलले तत्काल गर्नुपर्ने दुई कामको सूची पनि बनाएको थियो । पहिलो काम, आशंकित समुदायका पूरै मानिसको र्यापिड टेस्ट गर्नुपर्छ । यसरी जाँच […]
१२ वैशाख, काठमाडौं । विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ । विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र […]
from समाचार – Online Khabar https://ift.tt/3aC5bhQ
via IFTTT





















