समाचार
११ वैशाख, सप्तरी । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) बनेपछि दुवै पार्टीका कार्यकर्ताले खुसियाली मनाएका छन् । पार्टी एकीकरण भएको खुसियालीमा सप्तरीका नेता/कार्यकर्ताहरुले बिहीबार साँझ दीपावली गरेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा जसपाका कार्यकर्ताले संयुक्त रुपमा मैनबत्ती प्रज्वलन गरेका हुन् । जनताको अपेक्षा अनुसार एकीकरण भएकोमा […]
११ वैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण सन् २०२० मा विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने भएको छ । विश्व बैंकले कोरोनाका कारण विप्रेषण आप्रवाहमा पर्न सक्ने सम्भावित असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार नेपालमा सन् २०२० मा १४ प्रतिशतको गिरावट आउने अनुमान छ । सन् २०१९ मा नेपालले ८ खर्ब १० […]
११ वैशाख, काठमाडौं । भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैं अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । मध्यपुर अस्पताल ठिमी अस्पतालमा उपचारको क्रममा साँझ […]
११ वैशाख, काठमाडौं । बाँकेको बैजनाथपुरमा नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथपुर गाउँपालिका-२ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउत रहेको कोहलपुरका डीएसपी कुलदिप चन्दले अनलाइनखबरलाई जानकारी दिए । बैजनाथपुर-२ को पित्तमारीमा निर्माण भइरहेको क्षेत्रीय कारागार नजिकैको नालामा जमेको […]
११ वैशाख, बुटवल । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई बुटवल उपमहानगरले सुरु गरेको छ । प्रतिकोरोनाको प्रभावकारी अभियानसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरिएको हो । सेवा अवरुद्ध हुन नदिन स्वास्थ्यकर्मी पीपीई लगाएर काममा खटिएका छन् । कोभिड-१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी सँगै थप […]
११ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासकाबीच कामम खटिएका फोटो पत्रकारहरुलाई माक्स तथा स्यानिटाइजर सहयोग गरिएको छ । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटोपत्रकारहरुको सुरक्षाकाका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले माक्स तथा स्यानिटाइजर सहयोग गरेका हुन् । आईएमएसका अध्यक्ष दिपक मलहोत्रा, औषधी उत्पादक संघका तर्फबाट महासचिब बिप्लव अधिकारी, देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि का कार्यकारी […]
११ वैशाख, काठमाडौं । अमेरिकी एक वरिष्ठ स्वास्थ्य अधिकारीले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर थप घातक बन्न सक्ने चेतावनी दिएका छन् । अमेरिकामा सामान्य रुघाखोकीको मौसम सुरु हुने बेला भएकाले यसको दोस्रो लहर थप घातक बन्न सक्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का निर्देशक रोबर्ट रेडफिल्डले बताएका हुन् । उनले सबै अमेरिकी नागरिकलाई […]
११ वैशाख, काठमाडौं । सरकारले भारतमा कोरोना भाइरस (कोभिड-१९) को जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने/नगर्ने विषयमा निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भनेका छन्, ‘जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन ।’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना भएको पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले लकडाउनको समयमा […]
११ वैशाख, बुटवल । प्रदेश ५ को सार्वजनिक लेखा समितिले कोरोना नियन्त्रण, उपचार र राहतमा गरिने खर्च पारदर्शी बनाउन सरकारलाई निर्देशन दिएको छ । राहत वितरण पहुँचका आधारमा भएको देखिएकाले निश्चित मापदण्डका आधारमा गर्न पनि समितिले निर्देशन दिएको छ । प्रदेश ५ सरकारले कोरोना नियन्त्रण, उपचार र राहतका लागि हालसम्म ३३ करोड ७३ लाख रुपैयाँ […]
९ वैशाख, काठमाडौं । युवा फुटबलर राजेश परियार २०७६ चैतको दोस्रो साता घुम्नका लागि छिमेकी जिल्ला धादिङ पुगे । साथी विशाल वाइवासँगै उनी त्यता गएका थिए । कोरोनाको सन्त्रास बढेकाले देशभर फुटबल गतिविधि रोकिएको थियो । न्युरोड टिम (एनआरटी) बाट क्लब फुटबल खेल्ने उनी फुर्सदमा थिए । त्यसैले साथीसँगै हान्निए, धादिङ गल्छी नजिकै रहेको मछेडीखोला […]
११ वैशाख, काठमाडौं । काठमाडौँ महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएको भन्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन काठमाडौँ महानगरपालिकाले सरोकारवालहरूसँग छलफल गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अगुवाइमा भएको छलफमा महानगरपालिकाका […]
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा खुसी व्यक्त गरेका छन् । देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् । देउवाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक […]
११ वैशाख, काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका-९ बजराहागुठी बस्ने ४० वर्षीय रामेश्वर मण्डल रहेका छन् । बिहीबार आफ्नै घरमा जस्ताको छानो लगाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मण्डलको उपचारको क्रममा एडभान्स अस्पताल कल्याणपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस […]
११ वैशाख, काठमाडौं । प्रदेश २ को सत्तारुढ दुई दल समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ मा खुशीको माहौल बनेको छ । यी दुवै पार्टीका नेतादेखि बुद्विजिवीहरुले पनि यो एकतालाई सकारात्मक रुपमा लिएका छन् । प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह समाजवादी र राजपा नेपालको […]
११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण शैली’मा काठमाडौं ल्याएको आरोप लागेका नेकपाका सांसदले सोही पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको आग्रहमा आफूहरू यादवको घर गएको बताएका छन्। नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल सांसद यादवलाई लिन काठमाडौंबाट महोत्तरी पुगेका थिए। समाजवादी पार्टीकै नेताको आग्रहमा लकडाउनका बेला यादवलाई काठमाडौं […]
११ वैशाख, काठमाडौं । आय वृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिम न्यूनीकरण गर्दै २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल देशमा स्तरोन्नती गर्ने लक्ष्यसहित सरकारले १५ औं योजना कार्यान्वयन थालेको छ । १५ औं पञ्चवर्षीय योजनाको आधार वर्ष हो, चालु आर्थिक वर्ष २०७६/०७७ । यसमै टेकेर वर्तमान सरकारले चुनावमा प्रतिवद्धता व्यक्त गरेका धेरै वाचा […]
११ वैशाख, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १४ वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ । सर्लाही धनकौल गाउँपलिका–५ का उनी लकडाउनको अवधिमा दिल्लीबाट घर फर्किएका थिए । उनलाई स्थानीय तहले हरकठवास्थित क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा उनीहरूको र्यापिड डायग्नोस्टिक टेस्ट विधिबाट परीक्षण गरिएको थियो । त्यसमा पोजेटिभ आएपछि नारायणी अस्पताल […]
११ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरूको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । काठमाडौंमा बिहीबार बसेको महासंघको बैठकले उच्च जोखिमकाबीच पनि सञ्चारकर्मीहरूले जनतालाई सुसूचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोना संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरूको र्यापिड टेस्ट गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । […]
११ वैशाख, काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसुर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमति पाएको हो । जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । यसअघि बुधबार […]
११ वैशाख, बैतडी । भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) गर्ने भएको छ । भारतबाट जिल्ला भित्रिएका चार हजार १२२ जनाको आरडीटी गरिने भएको हो । चैत महिनामा भारतबाट फर्केका सबैको आरडीटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना जिल्ला भित्रिएका […]
११ वैशाख, काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई थप ३ करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । अमेरिकाले डब्ल्यूएचओलाई दिने सहयोग रोक्ने निर्णय गरेको केही समयपछि चीनले यस्तो घोषणा गरेको हो । चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँका लागि यो सहयोग लिन लागिएको बताएको छ । यसअघि अमेरिकाले डब्ल्यूएचओले यो महामारीलाई नियन्त्रण गर्न […]
from समाचार – Online Khabar https://ift.tt/3eIKiF2
via IFTTT






















