समाचार
१३ वैशाख, चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका- ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ । भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी […]
१३ वैशाख, गुल्मी । जिल्लामा बाहिरबाट आउने तरकारी, फलफूल, अन्डा, मासु, कुखुरा, माछालाई विषादी जाँचपास अनिवार्य गरिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सतर्कता अपनाउन बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लाबाहिरबाट आउने तरकारी, फलफूल मासुलगायतको विषादी जाँचपास अनिवार्य चाहिने निर्णय गरेको गुलमीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । बैठकले क्वारेन्टाइन चेकजाँच […]
१३ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि विदा गर्न आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले ओली प्रवृत्ति भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । उनले भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् । यद्यपि स्पष्ट […]
१३ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् । भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ […]
१३ वैशाख, काठमाडौं । अमेरिकाको न्युयोर्कमा एकैदिन कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या गत मार्च ३१ यताकै कममा झरेको छ । शुक्रबार न्युयोर्कको सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४२२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको थियो । यसअघि मार्च ३१ मा ३९१ जनाको मृत्यु भएको थियो । अहिलेसम्म न्युयोर्कमा २१ हजारभन्दा […]
१३ वैशाख, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । रमजान पर्वको अवसरमा शनिबार बिहान शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन आग्रह गरेका हुन् । विश्व अहिले कोरोना महामारीको चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणको लागि लकडाउन समेत गरेको हुँदा सम्पूर्ण इस्लाम […]
१३ वैशाख, जनकपुरधाम । लकडाउनमा अलपत्र परेका सर्वसाधारणलाई काठमाडौंबाट लिएर उदयपुरतर्फ आउँदै गरेको बस शनिबार बिहान बर्दिवासको पाटुमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको तामाकोशी २ का बाबुराम विश्वकर्मा रहेका छन् । बस अनियन्त्रित भई पल्टिन लागेपछि उनी बसबाट हामफालेका थिए । महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी अनुसार बसका सहचालक […]
१३ वैशाख, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले दीर्घरोगीलाई घरमै औषधि निःशुल्क वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायात नचलेकोले एक महिनाका लागि औषधी निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । दीर्घरोगी एवम् लामो समयदेखि औषधि सेवन गर्ने व्यक्ति औषधिका लागि बुटवललगायतका […]
१३ वैशाख, काठमाडौं । कोभिड १९ का कारण संसारका धेरै होटेल र एयरलाइन्स डुब्दैछन्, लाखौं मानिसले तत्काल रोजगारी गुमाउँदैछन् । किनकी संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गरेको अध्ययन अनुसार अहिले संसारका ९४ प्रतिशत गन्तब्यमा यात्रा प्रतिवन्ध लागेको छ । खासगरी कोरोना भाइरसको संक्रमण बढेसँगै संसारका हरेकजसो मुलुकले विदेशी नागरिकको प्रवेशमा प्रतिवन्ध लगाएका छन् । […]
१३ बैशाख, काठमाडौं । पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो । शुक्रबार विकास तथा योजना निर्माणमन्त्री असद उमरले पाकिस्तानमा लकडाउन थप १५ दिन बढाउने निर्णय भएको बताएका हुन् । उमरले […]
१२ वैशाख, विराटनगर । विराटनगरको कोरोना विषेश अस्पतालमा भर्ना भएका २८ कोरोना संक्रमित एउटै समुदायका छन् । एक साता यताको अन्तरमा अस्पताल भर्ना भएका संक्रमितको दैनिकी कसरी बितिरहेको छ ? ‘कोरोना विशेष अस्पतालका चिकित्सक डाक्टर दीपक सिग्देल भन्छन्, ‘उहाँहरु बेडमै बसेर कुरान पढ्नु हुन्छ ।’ अस्पतालमा उपचार गराइरहेका २८ मध्ये १२ जना उदयपुरको त्रियुगा नगरपालिका– […]
१३ वैशाख, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण कम्तीमा एक सय ५० डाक्टरको मृत्यु भएको छ । इटालीको डाक्टर एसोसिएशनले शुक्रबार दिएको जानकारी अनुसार इटालीमा समग्र संक्रमितमा करिब १० प्रतिशत स्वास्थ्यकर्मीहरु छन् । यसैबीच इटालीको स्वास्थ्य स्याहार क्षेत्रको सुधारको लागि पर्याप्त कदम नचालिएको आवाज पनि उठ्न थालेको छ । इटालीको स्वास्थ्य स्याहार समूह एएनएएओले […]
१३ वैशाख, गलकोट । बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् । युवतीको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र […]
१३ वैशाख, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिए । उनले भने, ‘अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा […]
१३ वैशाख, काठमाडौं । चीनले कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको माग अस्वीकार गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेका हुन् । उनले कोरोना भाइरविरुद्ध चीनको लडाइँ कमजोर बनाउने कोसिस अन्तर्गत यस्तो माग राखिएको बताए । चीनको हुबेई प्रान्तस्थित वुहान शहरको पशुपंक्षी बजारबाट कोरोना […]
१३ वैशाख, काठमाडौं । लकडाउनका कारण भारतमा कोरोना संक्रमणको वृद्धिदर ८ प्रतिशतमा झरेको छ । लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर लकडाउनको एक महिना पछि आउँदा ८.१ प्रतिशतमा झरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनाअघि लकडाउन घोषणा गरेका थिए । त्यतिबेला […]
१३ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभर २७ लाख ९० हजार ९ सय ८६ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् […]
१३ वैशाख, काठमाडौं । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो । […]
१३ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ भने कुल मृतक संख्या ५१ हजार १७ पुगेको छ । अमेरिकामा कोरोना सक्रमितको संख्या ८ लाख ९० हजार पुगेको छ । तर अमेरिकामा […]
११ वैशाख, काठमाडौं । ‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् । फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् । ‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको […]
१२ वैशाख, काठमाडौं । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् । बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई धौलागिरि अञ्चल अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो । उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो […]
from समाचार – Online Khabar https://ift.tt/2Ky7h7Y
via IFTTT





















