Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकार ढाल्न पाइँदैन भन्दै बुटवलमा प्रदर्शन

१९ असार, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्किएपछि ओलीको बचाउमा बुटवलमा प्रदर्शन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा मिलनचोकमा शुक्रबार दिउँसो साढे ४ बजे प्रदर्शन भएको हो । प्रदर्शनका सहभागी धेरैजसो नेकपाभित्रको ओली समूहका थिए । कतिपय वडा तहका जनप्रतिनिधि पनि प्रदर्शनमा सहभागी […]

बारामा दुई स्थानीय तहले चट्याङ पीडितलाई राहत दिने

१९ असार, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाले चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दुवै पालिकाले आफ्नो पालिकामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको हो । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ शीतलपुरमा दुई जना र फेटा गाउँपालिका–१ त्रिवेणीमा २ जना गरी चार जना […]

प्रदेश १ मा कोरोना रोकथाममा २७ करोड ३३ लाख खर्च

१९ असार, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको […]

पर्सामा ग्यास लिक भएर आगलागी हुँदा एक जना वृद्धाको मृत्यु

१९ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ दशौतामा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आगलागीमा परी ७५ वर्षीया शारदा देवी कुशवाहाको मृत्यु भएको हो । आगलागीबाट गम्भीर घाइते शारदाको उपचारको क्रममा भारतीय सीमावर्ती इनर्वा बजारमा बिहीबार बिहान मृत्यु भएको इलाका प्रहरी […]

कर्णालीमा कोरोना परीक्षण समुदायस्तरमा विस्तार गरिने

१९ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण समुदायमा फैलिनसक्ने जोखिम रहेकाले परीक्षणलाई समुदायस्तरमा केन्द्रित  गर्न लागेको सामाजिक विकासमन्त्री दल रावलले बताए । ‘अब परीक्षणलाई समुदायमा केन्द्रित गर्नुपर्छ । भारतबाट आउनेको चाप पनि बिस्तारै घट्दै छ । यस कारण पनि हाम्रो ध्यान अब समुदायस्तरमा हुनुपर्छ’ उनले […]

नेपाली सीमा नजिक आइपुगेको सलहको झुण्ड वायुको चापले पर धकेलियो

१९ असार , काठमाडौं । देशैभर मनसुन सक्रिय भएपछि सलहको थप नयाँ झुन्ड नेपाल प्रवेशको सम्भावना कमजोर बनेको कृषि मन्त्रालयले जनाएको छ । सक्रिय मनसुनसँगै वायुको चाप पूर्वबाट पश्चिमतर्फ रहेको र भारत हुँदै हावाको चाप नेपालतर्फ नरहँदा वायुको चापमा चामत्कारिक परिवर्तन नआए तत्काल सलह प्रवेश हुन नसक्ने मन्त्रालय मातहतको प्राविधिक कार्यदलले निश्कर्ष निकालेको हो । […]

चितवनमा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

१९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन भएको छ । युवा तथा विद्यार्थीका नाममा भरतपुरको चौबिसकोठीमा गरिएको प्रर्दशनमा ठूलाे संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला प्रधानमन्त्री […]

लकडाउनमा पनि बैंकको व्यवसाय विस्तार, बैंकिङ रोजगारी के होला ?

१९ असार, काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी निकै आकर्षक बन्दै गएको बेला विश्वमा कोरोना भाइरसको त्रास सिर्जना भयो । सेवा-सुविधा राम्रै भएका कारण पनि बैंकिङ क्षेत्र रोजगारीका लागि पछिल्लो केही वर्ष यता निकै आकर्षण बढ्दै गएको थियो । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले व्यवस्थापन संकाय रोज्न थालेका थिए । कोरोना त्रासपछि धेरै क्षेत्रमा […]

पर्यटन र हवाई उद्योगले लकडाउन यता गुमायो ३४ अर्ब

१९ असार, काठमाडौं । सरकारले पर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको अनुमान गरेको छ । प्रतिमहिना यो क्षेत्रले १० अर्ब रुपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको सरकारले लकडाउन यता ३४ अर्ब नोक्सानी भइसकेको अनुमान गरिएको हो । यही अवस्था आगामी साउन ७ गतेसम्म जारी रहँदा नोक्सानी थप ७ अर्ब […]

सिंहदरवारबाट नेकपा नेतृत्वलाई दबाब–मिलेर खाऊ, हामीलाई सग्लो पार्टी देऊ

१९ असार, काठमाडौं । पार्टी विभाजन हुन नदिन नेकपाका दुवै गुटका विभिन्न तहका नेताहरुले सामुहिक दबाब दिने क्रम बढेको छ । घनश्याम भुसालको अगुवाईमा ११ जना स्थायी कमिटी सदस्यले शीर्ष नेतालाई ‘युद्धबिराम’ गर्न दबाब दिएलगत्तै युवा नेताहरुको अर्को भेला भएको छ । महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङसहित युवा केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले […]

कक्षा ११ को परीक्षा नलिन अभिभावक संघको सुझाव

१९ असार, काठमाडौं । अभिभावक संघ नेपालले कक्षा ११ को परीक्षा नलिन सुझाव दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा शुक्रबार आयोजित कार्यक्रममा संघले कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको परीक्षा लिनु आवश्यक नरहेको भन्दै यस्तो सुझाव दिएको हो । अभिभावक संघका अध्यक्ष केशव पुरी भन्छन्, ‘कानुन मै नभएको कक्षा ११ को परीक्षा लिन आवश्यक […]

तीन औद्योगिक क्षेत्रको स्थिति जानकारी गराउन स‌ंसदीय समितिको निर्देशन

१९ असार, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज, भैरहवा र सिमरा औद्योगिक क्षेत्रको वर्तमान स्थितिबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँग औद्योेगिक क्षेत्रहरुको अवस्थाबारे छलफल गर्दै उद्योग तथा वाणिज्य समितिले यस्तो निर्देशन दिएको हो । सप्तरीको बसबिटीमा गजेन्द्रनारायण सिंह राजविराज […]

इन्जिनियरविरुद्ध तीन करोड भ्रष्टाचारको मुद्दा

१९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा कार्यरत इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । इन्जिनियर आचार्यले पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले शुक्रबार मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवा प्रवेश गरेदेखि २०७६ जेठ […]

पेशागत सुरक्षा माग गर्दै काठमाडौंमा पत्रकारको प्रदर्शन

१९ असार, काठमाडौं । कोरोना महामारीमा समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् । पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस […]

क्यान्सर र मधुमेहका बिरामीको पनि कोरोना परीक्षण हुने

१९ असार, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ । अब क्याक्सर र डाइबिटिजका विरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । स्वास्थ्यकर्मीहरुको पनि परीक्षण हुने उनले बताए । उनका अनुसार पछिल्ला दिनहरुमा विदेशबाट आई क्वारेण्टिनमा बस्नेहरुको सङ्ख्या घट्दै […]

फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

१९ असार, काठमाडौं । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले राजीनामा दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको एक विज्ञप्तिअनुसार एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपतिले उनको राजीनामा स्वीकृत गरेको बताइएको छ । राजीनामा दिए पनि के कारण राजीनामा दिइएको हो भन्नेबारेमा भने केही बताइएको छैन । यद्यपि राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको […]

निजी विद्यालयलाई प्याब्सनले भन्यो : चोरबाटोबाट शुल्क नउठाउनू

१९ असार, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो । ‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि […]

‘विशेष प्याकेजका साथ चन्द्रागिरी केवलकार सञ्चालन गर्न तयार छौं’

१९ असार, काठमाडौं । चन्द्रागिरी हिल्सका सञ्चालक हेमराज ढकालले पर्यटकीय केन्द्र चन्द्रागिरी सञ्चालनमा ल्याउन आफुहरु तयार रहेको बताएका छन् । कोरोना त्राससँगै बन्द अवस्थामा रहेको चन्द्रागिरी केवलकार उच्च सुरक्षा सतर्कता अपनाएर खोल्न तयार रहेको उनले बताएका हुन् । आईएमई समुहका प्रवन्ध निर्देशक समेत रहेका ढकालले सरकारले खुला गर्न अनुमति दिए तत्कालै खुलाउन सकिने गरी तयारी […]

लद्दाखको भारत-चीन सीमा क्षेत्रमा पुगे मोदी

१९ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्रको भ्रमण गरेका छन् । शुक्रबार मोदी भारतको लद्दाखको चीन-भारत सीमाक्षेत्रमा पुगेका हुन् । उक्त क्षेत्रमा पुगेर उनले ‘विस्तारवादको युग’ सकिएको बताएका छन् । अचानक सीमाक्षेत्रको भ्रमणमा पुगेका उनले गत महिना भएको दुई तर्फका सेनाको झडपमा मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् […]

ओली–प्रचण्डबीच तीनघण्टा छलफल, बाँकी भोलि…

१९ असार, काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो […]

घरभाडा र बैंकको ब्याजमा छुट माग गर्दै प्रदर्शन

१९ असार, काठमाडौं । विभिन्न माग राख्दै कोरोना पीडित संघर्ष समितिको नाममा शुक्रबार ललितपुरमा प्रदर्शन भएको छ । लकडाउन अवधिको घरभाडा, बैंक ब्याज मिनाहा हुनुपर्ने, विद्यालय शुल्क, कर, कोरोना रोकथाममा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, सुकुम्बासी, विद्यार्थी र बेरोजगारलाई राहत प्याकेज दिनुपर्ने माग गरेका छन् । सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्न, कालोबजारी गर्नेलाई कारबाही […]



from समाचार – Online Khabar https://ift.tt/31JBZ7Q
via IFTTT
Powered by Blogger.