Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

काठमाडौंको टोखामा सलहको झुण्ड (फोटो फिचर)

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पनि सलको ठूलो समूह देखा परेको छ । टोखा नगरपालिकाको झोरमा मकैबालीमा छपक्कै सलह किरा बसेका छन् । स्थानीले सलहलाई समातेर बोतलमा संकलन गरेका छन् । बालबालिका पनि सलह समात्दै खेलिरहेका छन् । आकाशमा पनि प्रशस्त मात्रामा सलह उडेको देखिन्छ । मंगलबार दक्षिणी क्षेत्रबाट प्रवेश गरेको सलह काठमाडौंको रानीवन, […]

उद्योग मन्त्रालय माताहतको दुई कम्पनी र एक समितिमा रोजगारीको अवसर

१७ असार, काठमाडौं । उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय मातहतको तीन वटा संस्थान तथा कार्यलयहरुले जनशक्ति माग गरेको छ । बुधबार छुट्टा छुट्टै सूचना प्रकाशित गर्दै मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी र इन्टरमोडल यातायात विकास समितिले जनशक्ति माग गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यकरी प्रमुख, […]

टोखामा पनि देखियो सलह : मादल बजाएर र धुँवा निकालेर भगाउन आग्रह

१७ असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पनि सलह किरा देखिएपछि सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी नगरपालिकाले खेतबारीमा थाल, टिन, मादल, लाउडस्पिकर र अन्य आवाज निस्कने साधन बजाएर सलह भागाउन सकिने बताएको छ । त्यस्तै खेतबारीमा आगो बालेर धुवाँ निकाल्ने, खेतको दुई छेउमा बसेर डोरी हल्लाउन पनि नगरपालिकाले अनुरोध […]

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

१७ असार, कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका-५ गेटाका २७ वर्षीय दिलबहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । आफ्नै घरमा मोटर जोडेर नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक विष्टलेले बताए ।

ललितपुर प्रहरीको हिरासतमा बलात्कार आरोपी मृत भेटिए

१७ असार, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका एक जना अभियुक्त झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिरहेका बेला हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएको अवस्थामा भेटिएका हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा […]

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि गाउँपालिकाका सबै कार्यालय बन्द

१७ असार, गोरखा । स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएपछि बारपाक सुलिकोट गाउँपालिका मातहतका सबै कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै असार २१ गतेसम्मका लागि स्वास्थ्य चौकीबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । बुधबार गोरखामा थपिएका तीन कोरोना संक्रमित मध्ये दुईजना बारपाक सुलीकोट गाउँपालिकाका हुन् । ‘एकजना सूर्यज्योती माविको क्वारेन्टिनमा बस्दै […]

ओलीले नेताहरुलाई बोलाएर भने– मलाई सबैतिरबाट आक्रमण भयो, सहयोग गर्नुस्

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्न नेताहरूसँग आग्रह गरेका छन् । पार्टी नेतृत्वले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीले आफू निकटका साथै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षका केही नेताहरूलाई बालुवाटारस्थित निवासमा बोलाएर बुधबार बिहान छलफल गरेका थिए । पूर्व माओवादीका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट […]

एमसीसी खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

१७ असार, वीरगञ्ज । अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियान पर्साले वीरगञ्जको घण्टाघर चोकमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी ‘राष्ट्रघाती’ रहेको भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले ‘विकासको नाममा देश बेच्न पाइँदैन’, लगायतका नारा लेखिएका प्लेकार्डहरु […]

सरकारलाई टेम्पो चालकको प्रश्न- अब कसरी बाँच्ने ?

१७ असार, काठमाडौंँ । कैलालीका विष्णु चौधरी घरबाट काठमाडौं आएको एक महिनामै सरकारले लकडाउनको घोषणा गर्‍यो । लकडाउन भन्ने कहिल्यै नसुनेका चौधरीले यत्ति बुझे, ‘यो भनेको आफ्नो ट्याम्पोको स्टेरिङसँग केही दिन सम्बन्धविच्छेद गर्नु हो ।’ विष्णुको कल्पना विपरीत लकडाउन लम्बियो । २८ वर्षीय टेम्पो चालक विष्णुलाई जीवन धान्न धौ-धौ पर्‍यो । ‘महिनाको १२ हजार तलब […]

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले सरकारबाट अनुदान पाउने

१७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंकास्पद तथा कोरोना संक्रमित व्यक्तिको उपचारबापत प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम सम्बन्धित संस्थालाई उपलब्ध गराउने तयारी थालेको छ । जोखिम मोलेर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा अस्पताललाई प्रोत्साहित गर्न मन्त्रालयले यस्तो तयारी थालेको हो । सामान्य र लक्षण नदेखिएका तर आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरूको […]

भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु

१७ असार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट ५०७ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट […]

ओलीले परामर्शमा बोलाएनन् पूर्वमाओवादी मन्त्रीलाई

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले नबोलाएका कारण पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र विना मगर छलफलमा गएनन् । एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘नबोलाएकाले बालुवाटार गइएन ।’ तर, पूर्वमाओवादी भए पनि हाल ओलीसँग नजिकिएका पूर्वमाओवादी मन्त्रीहरु रामबहादुर थापा (बादल) र […]

बिमा अभिकर्ताको बदमासी: कागजमै सीमित हुन्छ अर्बौंको कारोबार

१७ असार, काठमाडौं । केही वर्षअघि बैंकहरुमा एउटा बेतिथि थियो । एउटा बैंकले अर्को बैंकलाई १० करोड रुपैयाँ निक्षेप दिने र सोही बैंकबाट जसले निक्षेप दियो, त्यही बैंकले १० करोड रुपैयाँ निक्षेप दिने । १० करोड लिने-दिने गरे पनि बैंकमा पैसा त हुँदैनथ्यो । तर, निक्षेप धेरै देखाउनका लागि बैंकहरुले यसो गर्थे । यो बेतिथिले […]

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । संसद बैठक बुधबार दिउँसो १ बजे बस्ने तय भएको छ । संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुन्छ ।’ यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा […]

उद्धारमा खटिएका पाइलटको अनुभव : कोरोनासँग डर लाग्दैन

१७ असार, काठमाडौं । अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् । सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट नेपालीको उद्धार भइरहेको छ । यसरी भइरहेको उद्धारमा […]

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् । बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको […]

सरकार ! तमासा अति भयो : गगन थापा

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए । त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार […]

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

१७ असार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा […]

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

१७ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष […]

चितवनमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि

१७ असार, काठमाडौं । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

रेल्वे टेन्डरमा सेटिङ : १७ अर्बका ३० ठेक्का, एक दर्जन कम्पनीमात्रै योग्य

१७ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने गरी ठूलो रकमको ठेक्का निकालेको छ । विभागले काँकडभिट्टा–इनरुवा रेल्वे ट्रयाक निर्माणका लागि निकालेको टेन्डरअनुसार केही निर्माण व्यवसायीले मात्र ठेक्कामा बोलपत्र हाल्न पाउनेछन् । अहिले रेलमार्ग निर्माणको काम करिब एक दर्जन ठेकेदार कम्पनी मात्रै सहभागी हुन सक्ने गरी […]



from समाचार – Online Khabar https://ift.tt/3dJG26p
via IFTTT
Powered by Blogger.