समाचार
१८ असार, कैलाली । मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले बुधवार मेसिन जडान गरेर नमुना परीक्षण गरिएको र बिहीबारबाट नियमित परीक्षण सुरु हुने जानकारी दिए । ‘हिँजो नमुना परीक्षण सफल भएको छ,’ उनले भने, ‘आजबाट नियमित […]
१८ असार, काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र […]
१८ असार, बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए । सो बिओपीको […]
१८ असार, काठमाडौं । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो । Video: Goats swabbed, isolated after goatherd tests positive for #COVID19 […]
१७ असार, काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका […]
१७ असार, काठमाडौं । हरेक विहान ओछ्यानबाट उठ्नासाथ स्वयम्भूतिर हानिन्छन् बलराम बराल । मर्निङ वाकमा हिँडेका होइनन् उनी । स्वयम्भूको डाँडोमा उक्लिएर काठमाडौंको प्रातकालिन दृष्यपानका लागि पनि होइन । केहीबेरको लम्बाइमा बलराम चक्रपथका छेउछाउमा पार्क गरिएका केही बसहरुको सामुन्ने रोकिन्छन् । एकछिन टोल्हाउँछन् । अनि एउटा किसानले दुध दुहुने बेला भैंसीलाई सुम्सुम्याएजस्तो ती बसहरु सुम्सुम्याउँछन् […]
१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता । यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो । नेकपाको स्थायी कमिटी बैठकमा […]
१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, […]
१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् । तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा […]
१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयकको प्रतिवेदनबारे थप अध्ययन हुने बताएका छन् । बुधबार निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले असन्तुष्ट कर्मचारीका माग र चासोलाई ख्याल गरेर विधेयकमाथि थप अध्ययन हुने बताएका हुन् […]
१७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् […]
१७ असार, काठमाडौं । पर्यटनमा नेपालको सबैभन्दा बलियो उत्पादन पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकले चासो देखाउन थालेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न सफल चीन र युरोपका केही देशबाट नेपालको अवस्थाबारे जिज्ञासा राख्न थालिएको छ । खासगरी घनाबस्ती नभएका पहाडी र हिमाली पदयात्रा मार्गको अवस्थाबारे सोधखोज हुन थालेको व्यवसायीहरू बताउँछन् । होटेल संघ […]
१७ असार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसल बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । बुधबार प्रशासन कार्यालयले शुक्रबारदेखि जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न भन्दै […]
१७ असार, काठमाडौं । प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे […]
१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको […]
१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ […]
१७ असार, काठमाडौं । निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) ले बुधबार संयुक्त रुपमा आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सनका […]
१७ असार, जनकपुरधाम । प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका केही पत्रकारले बुधबार जलाएका छन् । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारले स्थानीय जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् । ‘कुनै पनि मिडियामा समाचार आउँदा […]
१६ असार, वीरगञ्ज । रौतहटका स्वास्थ्यकर्मीले आफूमा कोरोना संक्रमण पुष्टि भएपछि प्रयोगशालामाथि नै अविश्वास गरेकामा जनकपुर प्रादेशिक प्रयोगशालाका अधिकारीले असन्तुष्टि जनाएका छन् । जनकपुर प्रयोगशालामा असार १५ गते परीक्षण गर्दा रौतहट जिल्ला स्वास्थ्य कार्यालयमा स्वाब संकलन गरिएका २३ बर्षकी महिला, २७, ५२, ५४ र ५२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु ४ जना […]
१७ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवासायीहरुले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले लकडाउनमा अन्य व्यवसाय खोल्न छुट दिए जस्तै होटल व्यवसाय पनि खोल्न पाउनुपर्ने माग राखेका हुन् । कोरोना भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय अपनाएर व्यवसाय सञ्चालनका लागि अनुमति दिन उनीहरुले सरकारसँग आग्रह गरेका छन् । बुधबार उनीहरुले […]
१७ असार, जनकपुरधाम । प्रदेश २ सरकारले २०७७ सालमा वार्षिक सार्वजनिक विदा कटौती गरेर ६ दिनमा झारेको छ । संघीय सरकारले दिने सार्वजनिक विदाबाहेक प्रदेश सरकारले निर्णय गरेर पनि प्रदेशभर सार्वजनिक विदा कायम गर्न सक्छ । यसअघि २०७६ सालमा संघीय सरकारले दिएको विदाबाहेक ११ दिन सार्वजनिक विदा दिँदा प्रदेश सरकारको आलोचना भएको थियो । २०७७ […]
from समाचार – Online Khabar https://ift.tt/38o756f
via IFTTT






















