Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अन्तर्राष्ट्रिय क्षेत्र हेर्न सांसदका ८ समूह गठन

८ साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विश्वका विभिन्न क्षेत्र हेर्ने गरी सांसदहरुको ८ वटा समूह गठन गरेको छ । हरेक समूहमा ४ जना सांसद रहेका छन् । विश्वलाई क्षेत्रगत रुपमा विभाजन गरी ती क्षेत्रका देशको समग्र विषय (सम्बन्ध, व्यापार, संस्कृति, कुटनीति लगायत) मा अध्ययन र अनुसन्धान गरी मूल समितिलाई सुझाव दिने गरी समूह […]

महालेखाको निर्देशन कुल्चिदै बीमा संस्थान

८ साउन, काठमाडौं । मुलुकभर ३९ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थान भने बेथितिको भारीले थिचिएको छ । सरकारी नीति–नियमलाई अटेर गर्दै आएको संस्थाले महालेखा परीक्षणले दिएको निर्देशनलाई पनि वास्ता गर्दैन । हरेक वर्ष साधारण सभा गर्नुपर्ने, लेखा परीक्षण गराएर पारित गर्नैपर्ने नीतिगत व्यवस्थालाई […]

अख्तियारका एक तिहाई उजुरी स्थानीय तहका

८ साउन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका छन् । अख्तियारको बुटवल कार्यालयका अनुसार दर्ता उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसंग सम्बन्धित रहेका छन् । कुल उजुरीको ३६ प्रतिशत स्थानीय तहका र त्यसपछि शिक्षासम्बन्धी २५ प्रतिशत रहेको छ । स्थानीय तहमा हुने विकास निर्माण र योजनामा कमिसन खाएका लगायतका उजुरी […]

नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशी लगानी भित्र्याउन अपिल

८ साउन, काठमाडौं ।  सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री […]

बाढी पहिरोपछि दोब्बर बढ्यो तरकारीको भाउ

८ साउन, पोखरा । पोखरा नयाँ बजारकी शान्ता लिम्बुले मंगलबार किलोको ३० रुपैयाँ तिरेर तरकारी किनेकी थिइन् । बिहीबार बिहान तरकारी बजार पुगेर त्यही तरकारी किन्दा एक पाउको ३५ रुपैयाँ तिर्नुपर्‍यो । बजारमा धेरै तरकारी पनि देखिनन् उनले । सधैं भरिभराउ हुने तरकारी बजार बिहीबार लिम्बुले खाली खाली देखिन् । भनिन्, ‘तरकारी पनि छोइनसक्नु महंगो […]

प्रचण्डको निजी सचिवालयले भन्यो : जनार्दन शर्मा पार्टी एकताकै पक्षमा

८ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मा (प्रभाकर) को बचाउ गरेको छ । प्रेस संयोजक विष्णु सापकोटाले वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् । ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ,’ […]

जहाजमा पुरै सीटमा बस्नेछन् यात्रु, उडान संख्या भने घट्ने

८ साउन, काठमाडौं । सरकारले १ भदौबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्ने अनुमति दिएपछि वायुसेवा कम्पनीहरुले टिकट बुकिङ खुला गरेका छन् । तर हवाई यात्रा पहिलाभन्दा केही झण्झटिलो हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु, वायुसेवा प्रदायक कम्पनी र विमानस्थल संचालनका दौरान पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा निर्देशिका बनाएर सार्वजनिक गरिसकेको छ । निर्देशिका पालना प्रभावकारी […]

लुम्बिनीको सभा तथा ध्यान हल निर्माण अन्तिम चरणमा

८ साउन, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा तथा ध्यान हल’ निर्माण अन्तिम चरणमा पुगेको छ । २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि २०७७ असोजसम्म थप गरिएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुसार पाँच हजार जना क्षमताको सभा […]

रकम लुटिएको नक्कली योजना बनाउने तीनजना पक्राउ

८ साउन, जनकपुरधाम । धनुषामा रकम लुटिएको नाटक गरेर आपसमा बाँड्ने सहमति गरेका तीनजनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका २ बस्ने २० वर्षीय धिरजकुमार अधिकारी, शहीदनगर नगरपालिका-७ ताराटोल बस्ने २१ वर्षीय सुजित मण्डल र जनकपुर उपमहानगरपालिका-१६ का २१ वर्षीय छोटु झा छन् । पक्राउ परेकामध्ये अधिकारी यदुकोहास्थित मोटरसाइकल शोरुमका कर्मचारी […]

कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण, २४ जना दैलेखका

८ साउन, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको […]

दैलेखको ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा

८ साउन, सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस फैलिन नदिन निषेधाज्ञा जारी गरेको जनाएको छ । निषेधाज्ञा बिहीबारदेखि नै लागु हुनेछ । ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । बुधार आएको रिपोर्टमा […]

विराट नर्सिङ होमले लुकायो कोरोना संक्रमित

८ साउन, विराटनगर । सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ । विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर प्रयोगशालामा टिपाइएका नाम, ठेगाना र टेलिफोन नम्बरका आधारमा प्रहरी र विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाको टोलीले आइसोलेसनमा ल्याउन संक्रमितको […]

दशैंसम्म रथयात्रा नगरे रातो मत्स्येन्द्रनाथलाई भक्तपुरले दाबी गर्ने

८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी नआएको भए अहिले रातो मत्स्येन्द्रनाथको रथयात्रा चलिरहेको हुन्थ्यो । तर कोरोनाले नेपालकै सबैभन्दा लामो रथयात्रा नराम्ररी प्रभावित भयो । सुरुमा त रथ नै बनाउन रोकियो । तर असार १० गतेदेखि रथ बनाउन थालियो तर रथयात्रा हुने वा नहुने अन्यौल कायमै रह्यो । लकडाउन केही खुकुलो भएपछि […]

सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

८ साउन, काठमाडौं । सरकारी छाप किर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७० चैत १७ गते सरकारी छाप कीर्ते र ठगी मुद्दामा महतलाई दोषी ठहर […]

कोरोना नियन्त्रणको विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड-१९)को सामना  र नियन्त्रण गर्नका लागि  विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् । सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापित देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका हुन् । […]

नहरमा मृत भेटिएका सशस्त्र प्रहरी जवानको हत्या आशंका, तीनजना पक्राउ

८ साउन, जनकपुरधाम । सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–३ मखनाहाका २५ बर्षीय जयकेशकुमार यादव, २० बर्षीय मंगला भनिने दिपेशकुमार […]

सर्वोच्चको फैसलाविरुद्ध सरकारी वकिल आजै पुनरावलोकनमा जाने

८ साउन, काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । स्रोतका अनुसार सोही निर्णयका आधारमा बिहीबार नै सरकारी वकिल फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै […]

चल्न थाले सार्वजनिक यातायात (फोटो फिचर)

८ साउन, काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त घोषणा गरेपछि बिहीबारदेखि धेरै सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । यसअघि पनि फाट्टफुट्ट सार्वजनिक यातायात चले पनि व्यवसायीका प्रतिनिधिमूलक संस्थाले आफ्ना केही माग सम्बोधन भएपछि मात्र यातायात चलाउने घोषणा गरेका थिए । व्यवसायी र मजदुरका माग सरकारले सम्बोधन गर्ने बताएपछि […]

स्रोत नखुलेको २० लाखसहित सिरहामा एकजना पक्राउ

८ साउन, लहान (सिरहा) । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एकजनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाको अर्नमा गाउँपालिका-४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिए । […]

रुपन्देहीमा खानेपानी कार्यालयमा तालाबन्दी 

८ साउन, बुटवल । रुपन्देहीको शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीको कार्यालयमा तालाबन्दी भएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागि विधान विपरित निर्वाचन समिति बनाइएको र समावेशीतालाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले कार्यालयको मूल गेटमा बिहीबार बिहान तालाबन्दी गरेको हो । उपभोक्तासहित झण्डै पाँचसय जनाको उपस्थितिमा नाराबाजी गर्दै उक्त पार्टीले गेटमा तालाबन्दी […]

प्रदेश १ प्रहरी कार्यालयका थप ४ जनामा कोरोना पुष्टि

८ साउन, काठमाडौं । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले अनलाइनखबरलाई बताए । बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा […]



from समाचार – Online Khabar https://ift.tt/2WPEpP8
via IFTTT
Powered by Blogger.