समाचार
१८ असार, काठमाडौं । नयाँ खेलकुद ऐन लागु भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै खेलकुद ऐन २०४८ खारेज भएको छ । साथै नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव सहित वर्तमान पदाधिकारीहरु पदमुक्त भएका छन् । ऐनमा अहिलेका पदाधिकारीबारे स्पष्ट व्यवस्था उल्लेख नभएकोले अब राखेप सदस्य सचिवसहित पदाधिकारी […]
१८ असार, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजेपछि बस्नेछ । मन्त्रिपरिषद्को यो बैठक नियमित हो । त्यसैले बैठकमा नियमित मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख सत्तारुढ नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने अनुमान छ । यसअघि बुधबार प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीहरूसँग परामर्श […]
१८ असार, काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले जर्नेलहरुको काज सरुवा गरेको छ । सेनाको गुप्तचरी निकाय सैनिक इन्टलिजेन्सका महानिर्देशक पनि फेरिएका छन् । इन्टलिजेन्सको जिम्मेवारी जंगीअड्डाले उपरथी सरुवा सरोज प्रताप राणालाई दिएको छ । हाल इन्टलिजेन्समा रहेका झंकर कडायतले १५ साउनमा अवकाश पाउँदैछन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सहायक रथी विज्ञानदेव पाण्डेको पनि […]
१८ असार, कैलाली । अस्पताल पुर्याउन ढिलाइ गर्दा कैलालीमा एक महिलाको सर्पको डसाइबाट मृत्यु भएको छ । जिल्लाको उपमहानगरपालिका ९ की ३५ वर्षीया सम्पतुदेवी रानाको सर्पको डसाइबाट मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डसेको थियो । समयमै अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको जिल्ला प्रहरी […]
१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा […]
१८ असार, काठमाडौं । वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ । संविधानले नरोकेका पदाधिकारीमा निर्वाचित हुन (चुनिने अधिकार प्राप्त गर्न) अंगीकृत नागरिकले अंगीकृत नागरिकता प्राप्त गरेको पाँच वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ । अंगीकृत नागरिकता प्राप्त गर्नका लागि नै ७ वर्ष कुर्नुपर्ने गरी […]
१८ असार, विराटनगर । बुधबार मोरङको कानेपोखरीमा कोरोना संक्रमण पुष्टि भएका युवक मलेसियाबाट नेपाल फर्किएको पाइएको छ । उनी ७ असारमा मलेसियाबाट सरकारले उद्धार गरी ल्याइएका व्यक्ति हुन् । कानेपोखरी गाउँपालिका–५ का ती युवक ७ असार राति १ बजे कानेपोखरी आइपुगेका थिए । तर उनी क्वारेन्टिनमा नगई सिधै घर गएका थिए । मलेसियाबाट उनीसँगै अन्य […]
१८ असार, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारीका बेला फ्रन्टलाइनमा खटिएका सुरक्षा फौजले आफैं पिसीआर परीक्षण गर्ने तयारी थालेका छन् । फौजमा संक्रमितको संख्या बढ्दै जाँदा आफैं पीसीआर मेसिन खरीद गरेर परीक्षण गर्ने तयारी थालिएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पीसीआर मेसिन जडान गर्ने प्रक्रिया अघि बढाएका छन् । सेनाले […]
१८ असार, काठमाडौं । ३० को दशकमा नेपाली साहित्यको सर्वाधिक चर्चामा थिए कवि हरिभक्त कटुवाल (१९९२ असार १८–२०३७ भदौ २५) । चोटिला कविता र मर्मस्पर्शी गीत लेख्ने कटुवाल २०२६ सालमा जन्मभूमि असम छाडेर काठमाडौंमा बस्न थालेका थिए । अधिकांश साहित्यिक र परिचितले कटुवाललाई आफू र परिवारको चासो नगर्ने मानिसको रुपमा चित्रित गर्ने गरेका छन् । […]
१८ असार, काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो । बाराका […]
१८ असार, झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो । बेहुलीको घर पुग्न करिब ४१ किलोमिटर वर इलाका प्रहरी कार्यालय, झिलझिलेले ना १ ज ८८८५ नम्बरको माइक्रोलाई रोक्यो । त्यसअघि कतै पनि उनीहरुलाई रोकिएको थिएन । यादवका अनुसार उनको […]
१८ असार, गौर । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त […]
१८ असार, पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको […]
१८ असार, इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ […]
१८ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल जारी छ । छलफलमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्थायी समिति सदस्य शंकर पोखरेललगायका नेताहरु सहभागी छन् । यसअघि […]
१८ असार, कैलाली । मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले बुधवार मेसिन जडान गरेर नमुना परीक्षण गरिएको र बिहीबारबाट नियमित परीक्षण सुरु हुने जानकारी दिए । ‘हिँजो नमुना परीक्षण सफल भएको छ,’ उनले भने, ‘आजबाट नियमित […]
१८ असार, काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र […]
१८ असार, बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए । सो बिओपीको […]
१८ असार, काठमाडौं । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो । Video: Goats swabbed, isolated after goatherd tests positive for #COVID19 […]
१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, […]
१७ असार, काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका […]
from समाचार – Online Khabar https://ift.tt/2ZtvqUf
via IFTTT





















