समाचार
२० असार, काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’ This afternoon I felt a slight fever and immediately […]
१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार डिसेम्बरसम्म संरचना निर्माणको काम […]
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् । ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ […]
१९ असार, काठमाडौं । नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रण गर्न हेलिकप्टरमार्फत विषादी छर्न सांसदहरुले माग गरेका छन् । साथै उनीहरुले विज्ञसमक्ष सलहबारे विभिन्न प्रश्न उठाएका छन् । सलहको प्रवेश र रोकथामका उपायबारे शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद र मन्त्रालयका विज्ञहरुवीच छलफलको आयोजना गरिएको थियो । सलहको ठूलो झुण्ड नेपाल प्रवेश […]
१९ असार, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई आग्रह गरेको छ । केही विद्यालयहरूले सरकारको निर्देशन विपरीत शुल्क उठाउन थालेका बेला प्याब्सनले यस्तो आग्रह गरेको हो । ‘हामी विद्यालय सञ्चालकहरू साँच्चै असहज अवस्थामा छौं’ प्याब्सन अध्यक्ष टीकाराम पुरी भन्छन्, ‘तर शिक्षा मन्त्रालयलाई अवधारणा पत्र बुझाइसकेको अवस्थामा कुनै पनि […]
१९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् । यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार […]
१९ असार, वीरगञ्ज । बाराको विश्रापुर गाउँपालिका– ५ इटियाहीका मखन साह कानुलाई धानको बिउ काट्ने क्रममा केहीले टोक्यो । सर्पले टोकेको आशंकामा स्थानीयले बिरामी लैजान एम्बुलेन्स बोलाए । एम्बुलेन्स बोलाएको ठाउँ भन्दा आधा किलोमिटर परैबाट फर्कियो । स्थानीयले साइकलमा राखेर नेशनल मेडिकल कलेजमा पुर्याए । तर उनको उपचारका क्रममा मृत्यु भयो । वर्षा लागेदेखि नै […]
१९ असार, काठमाडौं । निजी विद्यालयमा कार्यरत शिक्षकहरुले आफूहरुलाई तलब दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । लकडाउनका कारण गत चैतदेखि निजी विद्यालय बन्द हुँदा आफूहरुले तलब नपाएको भन्दै उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाले हाम्रो तलबको व्यवस्था गर, सरकार हाम्रा लागि होइन र ?, हामी अभिभावकको विश्वासप्रति […]
१९ असार, काठमाडौं । बैंकिङ क्षेत्रको रोजगारी निकै आकर्षक बन्दै गएको बेला विश्वमा कोरोना भाइरसको त्रास सिर्जना भयो । सेवा-सुविधा राम्रै भएका कारण पनि बैंकिङ क्षेत्र रोजगारीका लागि पछिल्लो केही वर्ष यता निकै आकर्षण बढ्दै गएको थियो । नेपालमा उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थीहरुले व्यवस्थापन संकाय रोज्न थालेका थिए । कोरोना त्रासपछि धेरै क्षेत्रमा […]
१९ असार कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल प्रयोगशाला ललितपुर, शिक्षण अस्पताल प्रयोगशाला र धनगढीस्थित प्रयोगशालामा भएको परीक्षणमा एकै दिन ५ सय १५ जनामा कोरोना संक्रमण भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १४७ जना, त्रिवि शिक्षण अस्पतालमा ९६, पाटन अस्पतालमा […]
१९ असार, सुर्खेत । सुर्खेतमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीलाई संकटमा पार्ने काम भइरहेको र भारतीय चलखेलमा सरकार ढाल्न खोजिएको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन गरिएको हो । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा र्याली निकालेका हुन् । प्रधानमन्त्री […]
१९ असार, वीरगञ्ज । प्रदेश २ मा २३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार धनुषामा १६, महोत्तरीमा ६ जना र पर्सामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगञ्जमा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो । […]
१९ असर, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे । बागमती प्रदेश सरकारले आर्थिक वर्ष […]
१९ असार, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापत शुल्क लिन थालेपछि जिल्लामा संकलित स्वाबको नमुना अन्यत्र पठाउन थालिएको छ । प्रतिष्ठानले एउटा नमुनाको ५ हजार ५ सय रुपैयाँको दरले रकम लिने जनाएको छ । प्रतिष्ठानले सबै पालिकाहरुलाई पत्राचार गरी हालसम्म गरिएको परीक्षणको रकम मागेको छ । प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार […]
१९ असार, कैलाली । बझाङमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका-७ का १८ वर्षीय युवकले शुक्रबार आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले जानकारी दिए । ‘उनीमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार साँझ आएको हो । जेठ १९ गते भारतबाट आएर उनी क्वारेन्टिनमा बस्दै आइरहेका थिए । असार १३ […]
१९ असार, कैलाली । तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको मृत्युबारे छानबिन गर्न प्रेस युनियनले मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिलाका प्रेस युनियनका अध्यक्षले शुक्रबार मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्लाको प्रशासनलाई निर्देशन दिने […]
१९ असार, गुल्मी । गुल्मीमा पहिरोले दुईवटा घर र एउटा घुम्ती पसल बगाउँदा २ बालबालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अरु ६ जना घाइते भएका छन् । गुल्मीको इस्मा गाउँपालिका– १ मा बिहीबार राति ईश्वरा खत्री र बसन्त सारुको घर तथा भगीरथ घिमिरेको घुम्ती पसल बगाएको हो । प्रहरीका अनुसार […]
१९ असार, विराटनगर । शुक्रबार प्रदेश १ मा थप ३८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५-५ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ महिला, अर्जुनधारामा ६ पुरुष र २ महिला, बिर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, […]
१९ असार, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्किएपछि ओलीको बचाउमा बुटवलमा प्रदर्शन भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश ५ को आयोजनामा मिलनचोकमा शुक्रबार दिउँसो साढे ४ बजे प्रदर्शन भएको हो । प्रदर्शनका सहभागी धेरैजसो नेकपाभित्रको ओली समूहका थिए । कतिपय वडा तहका जनप्रतिनिधि पनि प्रदर्शनमा सहभागी […]
१९ असार, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाले चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । दुवै पालिकाले आफ्नो पालिकामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग गर्ने भएको हो । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ शीतलपुरमा दुई जना र फेटा गाउँपालिका–१ त्रिवेणीमा २ जना गरी चार जना […]
१९ असार, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको […]
from समाचार – Online Khabar https://ift.tt/2C74WzH
via IFTTT






















