Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुदूरपश्चिम, कर्णाली र गण्डकीका सवारीमा पनि अब इम्बोस्ड नम्बर प्लेट

९ साउन, काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा फेरि इम्बोस्ड नम्बर प्लेटको वितरण सुरु भएको छ । एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले संयुक्त रुपमा सुरुआत गरे । बाग्मती प्रदेशका निजी चार पांग्रे सवारी सवारी साधनमा इम्बोस्ड जोड्ने जिम्मा पाएको टेकुस्थित भेहिकल फिटनेस टेस्ट […]

महोत्तरीमा लागूऔषधसहित तीनजना पक्राउ

९ साउन, जनकपुरधाम । महोत्तरीको मनरासिस्वा नगरपालिकाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मनरासिस्वा नगरपालिका–१ स्वास्थ चौकी अगाडिबाट मोटरसाइकलमा सवार तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ४ बस्ने २६ वर्षीय नविन मण्डल, वडा नम्बर–५ बस्ने १९ वर्षीय राजीब कापर र जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय जितेन्द्र झा छन् । […]

वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै विरोध

९ साउन, बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सामुदायिक वनको जग्गामा कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । वडा नम्बर-१ को राजकुडा सामुदायिक वनभित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीयको माग र आवश्यकता विपरित नगरपालिका, वडा र सामुदायिक वनबाट […]

त्रिविमा व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि

९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ । नयाँ […]

५० प्रतिशत कैद भुक्तान गरेकालाई बाँकी छुट दिने प्रस्ताव

९ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका र आचरण सही भएका कैदीबन्दीलाई बाँकी कैद छुट दिने प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘कारागार विधेयक’माथिको छलफलमा पोखरेलले कैदीबन्दीलाई आधा कैद छुट दिनुपर्ने प्रस्ताव राखेका हुन् । जेलको क्षमता […]

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३३ डिस्चार्ज

९ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका आठजना, कालीकोट दुई र जाजरकोटका एकजना रहेको रहेको सामाजिक विकास […]

स्क्यान्डलका पर्याय दुर्गेश थापा : फ्यानको मुटु जलिरहेछ !

पछिल्ला दिनहरुमा नेपाली संगीत क्षेत्रमा स्क्यान्डल किङको उपमा पाउन थालेका छन् गायक दुर्गेश थापाले । उनीमाथि एकपछि अर्को विवाद आइरहँदा अब त यस्तो लाग्छ कि उनी विवादमा नै मज्जा लिन थालिसके । गत वर्षको तिजमा ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ बोलको गीतबाट हिट भएका थिए दुर्गेश । एउटै गीतले चर्चाको शिखरमा पुर्‍याएपछि उनले फेरि […]

सरकारले भन्यो-रोजगारीमा जापान जान पाइने लोभमा पैसा नबुझाउनू

९ असार, काठमाडौं । सरकारले जापान रोजगारीमा पठाइदिने भन्दै भएको प्रचारमा ध्यानाकर्षण भएको जनाएको छ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै केही जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण प्रचार गरिरहेको बताएको छ । त्यस्ता नाममा रकम समेत […]

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै माइतीघरमा प्रदर्शन

९ साउन, काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध प्रदर्शन भएको छ । शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रधानन्यायाधीश […]

रुपन्देहीमा करेन्ट लागेर महिलाको मृत्यु

९ साउन, बुटवल । करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार […]

सहकारीले ऋण तिर्ने भाखा १ वर्षसम्म सार्न सक्ने

९ साउन, काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो […]

कांग्रेसले भन्यो :  परीक्षण घटाएर सरकारले संक्रमण कम भएको भ्रम छरिरहेको छ

९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमणको जोखिम कम भएको भ्रम छरेको आरोप लगाएको छ । कांग्रेसको कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी कांग्रेसले पटक पटक ध्यानाकर्षण गराउँदा पनि परीक्षणको दायरा फराकिलो पार्नुपर्ने आवश्यकतालाई गम्भीरताका साथ नलिएको बताएको छ  । ‘उल्टो परिक्षणको दायरा घटाएर संक्रमणको […]

घुस लिएको आरोपमा इन्जिनियर र सव-इन्जिनियर पक्राउ

७ साउन, काठमाडौं । लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीकाप्रसाद गुरुङ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारा अधिकारीले जानकारी दिए । मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका […]

वीरगञ्जमा भाेलिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

९ साउन, वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज […]

बोलाएर खाजा खुवाए, घर छेऊमै एसिड हान्न लगाए

९ साउन, काठमाडौं । डल्लु बस्दै आएका रौतहटका मोहम्मद आलमले ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई ‘बहिनी’ भनेर सम्बोधन गर्थें । पवित्राकी दिदी पनि तीन वर्षदेखि आलमकै गार्मेन्ट उद्योगमा काम गर्थिन् । एक रेस्टुराँमा गरिरहेको काम छाडेपछि बेरोजगार भएका बेला पवित्राले पनि केही समय त्यही गार्मेन्टमा काम गरिन् । राम्रो जागिर पाएपछि भने गार्मेन्टको काम छाडिन् […]

रञ्जन कोइराला छुटेपछि सांसदहरुको प्रश्न–न्याय मरेकै हो ?

९ साउन, विराटनगर । हत्या अभियोगमा कैद सजाय माफ भएर बिहीबार जेलमुक्त भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको विषयले प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा प्रवेश पाएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले हत्यारालाई छाड्दा गलत नजिर बस्ने भन्दै आपत्ती जनाए । जारी अधिवेशनको अन्तिम बैठकको शून्य समयमा बोल्दै नेकपा प्रदेश सभा सदस्य अम्बिका […]

‘मन्त्रीज्यू, काठमाडौंका सडकमा हिँड्न सकिएन’

९ साउन, काठमाडौं । वर्षायाम लागेसँगै देशभर बाढी पहिरोको प्रकोप बढेको छ । बाटाहरु थुनिएका छन् । राजमार्गहरु अवरुद्ध छन् । ग्रामीण भेगका सडकमा पैदल हिँड्नसमेत सकिँदैन । ग्रामीण भेगको कुरा छाडौं, यतिबेला मुलुकको संघीय राजधानी काठमाडौंकै सडकको अवस्था पनि दयनीय बनेको छ । काठमाडौंमा यस्तो रोग वर्षेनी देखा पर्ने गर्छ । करिब तीन महिना […]

ठूला आयोजनाले चाहिएजति नदीजन्य सामग्री उत्खनन गर्न पाउने

९ साउन, काठमाडौं । सरकारले ठूला, राष्ट्रिय गौरवका, रुपान्तरणकारी र प्राथमिकता प्राप्त आयोजनालाई निर्माण सामग्रीको अभाव हुन नदिने व्यवस्था गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले ढुंगा, गिट्टी तथा बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत गरी ठूला आयोजनामा निर्माण सामग्री अभाव हुन नदिने व्यवस्था गरेको हो । उक्त मापदण्डअनुसार अब ठूला आयोजनालाई चाहिने […]

नुवाकोटमा घर भत्किँदा वृद्धको मृत्यु   

९ साउन, नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु […]

केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो : प्रचण्ड

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको दाबी गरेका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्मचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्ड अर्का अध्यक्ष ओलीमाथि आक्रमक देखिए । […]

कञ्चनपुरमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

९ साउन, कैलाली । कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ । जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । ‘बिहीबार राति नै आरोपीलाई पक्राउ गरेका हौँ’ उनले भने, ‘हामी […]



from समाचार – Online Khabar https://ift.tt/3hDeF0t
via IFTTT
Powered by Blogger.