Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु

१८ असार, काठमाडौं । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो । बाराका […]

बिहेमा एउटा पास लिएर दुई वटा गाडी लैजाँदै हुनुहुन्छ ? प्रहरीले समात्ला !

१८ असार, झापा । सिराहाका रोहित यादव दुलही लैजान बुधबार दुई वटा गाडीमा झापा आए । तर, उनीसँग प्रशासनले दिएको एउटा मात्र सवारी पास थियो । बेहुलीको घर पुग्न करिब ४१ किलोमिटर वर इलाका प्रहरी कार्यालय, झिलझिलेले ना १ ज ८८८५ नम्बरको माइक्रोलाई रोक्यो । त्यसअघि कतै पनि उनीहरुलाई रोकिएको थिएन । यादवका अनुसार उनको […]

सहरका खुला ठाउँ मासेर मेयरको ‘ड्रिम प्रोजेक्ट’

१८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ माथि नगरपरिषद्मा छलफल चलिरहेको छ । लैनचौरमा बहुतले पार्किङ, तीनकुनेमा भूमिगत पार्किङ र सभाहलसहितको बुद्धपार्क तथा भृकुटीमण्डपमा विशाल सभाहल (मेगाहल) बनाउने योजनालाई बजेटमा समेटिएको छ । यी योजनाहरूमध्ये लैनचौरको बहुतले पार्किङ र तीनकुनेको बुद्धपार्क निर्माणको योजना जनप्रतिनिधिहरू निर्वाचित हुनु अघिको हो । महाभूकम्प पछि सहरमा […]

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक पक्राउ

१८ असार, गौर । स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । बुधबार साझ गौर–२ महादेवपट्टिबाट १० गौर–२ का २३ वर्षीय अविनाश गुप्ता पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त […]

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

१८ असार, पोखरा । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि हुने जिल्लामा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वत छन् । बाग्लुङको बागलुङ नगरपालिकाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको […]

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

१८ असार, इलाम । मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्‍याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्‍याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ […]

चन्दा संकलन गरेर किनेको पीसीआर मेसिन जडान, सरकारले खरिद गर्ने भनेको मेसिन अझै आएन

१८ असार, कैलाली । मुलुकभित्र र बाहिर रहेका नेपालीले चन्दा संकलन गरेर खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले बुधवार मेसिन जडान गरेर नमुना परीक्षण गरिएको र बिहीबारबाट नियमित परीक्षण सुरु हुने जानकारी दिए । ‘हिँजो नमुना परीक्षण सफल भएको छ,’ उनले भने, ‘आजबाट नियमित […]

कमाण्डरको आदेश अवज्ञा गरेको अभियोगमा जर्नेल बर्खास्त

१८ असार, काठमाडौं । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र […]

पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना

१८ असार, बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए । सो बिओपीको […]

कोरोना संक्रमणको आशंकामा ४७ बाख्रालाई क्वारेन्टिनमा राखियो

१८ असार, काठमाडौं । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो । Video: Goats swabbed, isolated after goatherd tests positive for #COVID19 […]

प्रधानमन्त्री ओलीको विपक्षमा नेकपाका ३१ स्थायी कमिटी सदस्य

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३१ स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् । नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, […]

बादलले छाडे प्रधानमन्त्री ओलीको साथ

१७ असार, काठमाडौं । पार्टीभित्रको अन्तरसंघर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तर साथ दिँदै आएका सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा बादलले बुधबारदेखि केपी ओलीको साथ छाडेका छन् । बुधबार साँझ ललितपुरको झम्सिखेलमा आयोजित ओली इत्तरका नेताहरुको छलफलमा गृहमन्त्री थापा खुलेरै प्रस्तुत भए । बुधबारै बिहान बालुवाटारमा ओली समूहको बैठकमा सहभागी भएता पनि बादल खुलेर प्रस्तुत भएका […]

प्रस्तावित ‘नेकपा एमाले’ का महासचिव भन्छन् : ओली आउँछन् भने स्वागत छ

१७ असार, काठमाडौं । बालुवाटारमा जोडतोडले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिँदै गर्दा सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ आयो– ‘नेकपा एमाले’ नाममा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता । यदि वर्तमान सरकार ढलेमा ओलीले पार्टी फुटाउन सक्ने आकलनकै बीचमा ‘नेकपा एमाले’ दर्ताका लागि निवेदन गएपछि त्यसले तरङ्ग ल्याउने नै भयो । नेकपाको स्थायी कमिटी बैठकमा […]

आईजीपीका दुई दाबेदार : हिलो छ्यापाछ्याप होइन, कानेखुसी

१७ असार, काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमाण्डर महानिरीक्षक (आईजीपी) चयन हुने बेला हरेक पटक संगठनभित्रका कमीकमजोरी छताछुल्ल हुने गरेका थिए । आफूलाई अब्बल साबित गराउन प्रतिस्पर्धीले एकअर्काबीच हिलो छ्यापाछ्याप गर्न कुनै कसर बाँकी राख्ने गरेका थिएनन् । तर २७ औं महानिरीक्षकका रुपमा ठाकुर ज्ञवाली नियुक्त हुँदै गर्दा कुनै विवाद देखिएन । ज्ञवालीको कार्यकाल पूरा […]

निजामती विधेयकमा सरकारको सहमति छैन : प्रधानमन्त्री

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयकको प्रतिवेदनबारे थप अध्ययन हुने बताएका छन् । बुधबार निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले असन्तुष्ट कर्मचारीका माग र चासोलाई ख्याल गरेर विधेयकमाथि थप अध्ययन हुने बताएका हुन् […]

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

१७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन् […]

नेपाल भ्रमणबारे विदेशबाट चासो : निजी क्षेत्र तयार, सरकार अलमलमै

१७ असार, काठमाडौं । पर्यटनमा नेपालको सबैभन्दा बलियो उत्पादन पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकले चासो देखाउन थालेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्न सफल चीन र युरोपका केही देशबाट नेपालको अवस्थाबारे जिज्ञासा राख्न थालिएको छ । खासगरी घनाबस्ती नभएका पहाडी र हिमाली पदयात्रा मार्गको अवस्थाबारे सोधखोज हुन थालेको व्यवसायीहरू बताउँछन् । होटेल संघ […]

सुर्खेतमा होटल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

१७ असार, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबारदेखि होटल, रेष्टुरेन्ट लगायतका खाजा, नास्ता पसल बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्देशन दिएको हो । बुधबार प्रशासन कार्यालयले शुक्रबारदेखि जिल्लामा सञ्चालित होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसल (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गर्न भन्दै […]

उपत्यका प्रवेश गर्ने नाकाबाट झण्डै ४ सय गाडी फर्काइयो

१७ असार, काठमाडौं । प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे […]

काठमाडौं उपत्यकामा १७ जना कोरोना संक्रमित थपिए

१७ असार, काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र ४ पुरुषमा संक्रमण देखिएको छ । पाटन अस्पतालमा गरिएको […]

को-को छन् नेकपा एमालेको केन्द्रीय समितिमा ? (सूचीसहित)

१७ असार, काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी गरेका छन् । नेकपा एमाले दल दर्ता गर्न खोज्ने को-को हुन् ? केन्द्रीय समितिमा को-को छ […]



from समाचार – Online Khabar https://ift.tt/2VEfMUR
via IFTTT
Powered by Blogger.