Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अन्तिम पर्दा पनि खस्छ…

– यो शोकसभा हो ! – आधा टेबल कालो कपडाले छोपिएको छ, – आधा टेबल सेतो कपडाले छोपिएको छ ! – टेबलमाथि एउटा चित्र छ- दुर्गा बरालको चित्रकारिता ! – चित्र हो स्वर्गीय श्री हरिभक्त कटुवालको ! – यो पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित शोकसभा हो ! म कोठाको अन्तिम पङ्क्तिमा बसेर कार्यक्रम सूची बनाउन […]

उद्धारमा हिँडेको सेनाको गाडी दुर्घटना

२० असार, बझाङ । केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसीमा गएको पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ । केदारस्युँ गाउँपालिकाको वडा नम्बर चार बाग्थलामा नजिकै सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन् । गाडीमा १५ जना सवार थिए । अविरल […]

क्वारेन्टिनबाट घर गएकी महिलाको मृत्यु

२० असार कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षीया महिलाको मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए । भारतबाट जेठ २६ गते श्रीमान‍्‍सँगै फर्किएकी उनमा प्यारालाइसिस र रक्तचापको समस्या रहेको नगर प्रमुख साउदले बताए । ‘स्थानीय तहले तयार […]

कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध

२० असार, गोरखा । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन् । जिल्ला सुरक्षा समितिको बैठकले पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको गोरखा नगरपालिका-१२ र शहीद लखन गाउँपालिका-१ को सीमा क्षेत्र लुदी दोभानमा व्यवस्थापन गर्ने निर्णय गरेको हो । तर स्थानीयले त्यस क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै विरोध […]

प्युठानमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२० असार, प्युठान । प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं. ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं. को टिपर दुर्घटना हुँदा वडा नं. ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ […]

गोकर्ण विष्ट राहत लिएर आए, घाइते लिएर गए

२० असार, गुल्मी । शुक्रबार गुल्मीमा पहिरोमा परेर घाइते भएका ५ जनालाई उपचार गर्न काठमाडौं लगिएको छ । नेपाली सेनाको हेलिकोप्टमार्फत् घाइतेहरुलाई काठमाडौं लगिएको हो । पूर्वमन्त्री तथा संसद गोकर्ण विष्ट पहिरो प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर आएका थिए । प्रभावित क्षेत्रको अवलोकन गरेपछि हेलिकोप्टरमा २ परिवारका ५ जना घाइतेहरुलाई लिएर उनी काठमाडौं फर्किए । […]

गोरखाका कोरोना संक्रमितको शव दरौंदी र लुदी खोला दोभान नजिक व्यवस्थापन गरिने

२० असार, गोरखा । शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गरिने भएको छ । शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शव गोरखा नगरपालिका वडा नम्वर १२ र शहिद लखन गाउँपालिका वडा नम्वर १ को सिमानामा व्यवस्थापन गर्ने निर्णय गरेको हो । शव व्यवस्थापनको जिम्मा नेपाली […]

कतारमा बिरामी परे, नेपाल फर्केको तीन दिनमै बिते

२० असार, पोखरा । ‘अब त छिट्टै घर फर्किन्छु । भिसा पनि सकिँदै छ, फेरि काममा नफर्किने गरी आउँछु होला नआत्तिनू,’ कतारबाट श्रीमतीलाई उनले फोन गरेर भने । नेपाल फर्किने तयारी गर्दै कम्पनीमा प्रक्रिया मिलाउँदै थिए, कोरोना भाइरस कोभिड–१९ ले माहामारीको रुप लिइहाल्यो । घर फर्किने तयारी गरिरहेका गोरखा पालुङटार नगरपालिकाका ४४ वर्षीय पुष्कर (नाम […]

‘उपत्यकाकै ढलमा भेटियो कोरोना भाइरस’

२० असार, काठमाडौं । उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य […]

बझाङ पहिरो : दुई जनाको शव भेटियो

२० असार, बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको र केही व्यक्तिहरू अझै सम्पर्कविहीन रहेको स्थानीयले बताएका छन् । मृतकको पहिचान भएको छैन । पहिरोका कारण १८ घर पुरिएका छन् । दुई वटा घरमा क्षति पुगेको छ । यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको […]

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

२० असार, बुटवल । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आत्महत्या गर्नेहरुमा गाउँका २ सय […]

काठमाडौंबाट आज ११ अन्तर्राष्ट्रिय उडान

२० असार, काठमाडौं । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट […]

नेपाली सेनाका प्रवक्तामा पौडेल

२० असार, काठमाडौं ।  नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

पूर्वतयारी नसकी हतारमा ३२ अर्बको रेल्वे ठेक्का

२० असार, काठमाडौं । रेल विभागले असार १४ र १७ गते गरी ५४ वटा ठेक्काको बोलपत्र आह्वान गर्‍यो । पूर्व–पश्चिम रेलमार्ग अन्तरगत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन  रु.३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान भएका हुन् । विभागले पहिलो दिन ३० वटा र भोलिपल्ट २४ वटा ठेक्काको लागि सूचना निकालेको छ । […]

नेकपाको स्थायी कमिटी बैठक स्थगित

२० असार, काठमाडौं । नेकपा स्थायी कमिटीको आज निर्धारित बैठक स्थगित भएको छ । बैठक असार २२ गते सोमबार बस्नेछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताउँछन् । शुक्रबार दुवै अध्यक्षले छलफल गर्ने र शनिबार स्थायी कमिटी बैठक बस्ने शीर्ष तहमा सहमति भएको थियो […]

जनकपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था गम्भीर

२० असार, वीरगञ्ज । प्रदेश २ मा दुई जना कोरोना संक्रमितको अवस्था गम्भिर रहेको पाइएको छ । दुवै जना महोत्तरीबाट रिफर भई जनकपुरस्थित लेभल–२ कोभिड अस्पतालमा भर्ना भएका छन् । शुक्रबार राति साढे १० बजे महोत्तरीको रामगोपालपुरबाट ३० वर्षीय एक युवकलाई जनकपुरस्थित अस्पतालमा ल्याइएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि रामगोपालपुरको क्वारेन्टिनबाट उनलाई रिफर गरिएको […]

कान्ति अस्पतालमा उपचाररत १३ महिने शिशुलाई कोरोना संक्रमण

२० असार, काठमाडौं । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत १३ महिनाको शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार कोरोना पुष्टि भएको उनलाई गत आइतबार उपचारका लागि उदयपुरबाट ल्याइएको थियो। कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै, शिशुको अवस्था भने […]

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

२० असार, पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् । देवचुली नगरपालिकाका २० देखि ३९ […]

बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो, स्थानीय भन्छन्- १७ घर पुरिए

२० असार, काठमाडौं । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले अनलाइनखबरसँग भने, ‘पहिरो आयो भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको छ तर क्षतिको विवरण आइसकेको छैन ।’ उनले बागथला […]

गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु

२० असार, काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर […]

गत वर्ष बनाइएको सिँचाइ बाँध बाढीले भत्कायो

२० असार,बुटवल । भारी वर्षाका कारण आएको बाढीले कपिलवस्तुको विजयनगर गाउँपालिकास्थित डगडई सिँचाइ बाँध भत्काइदिएको छ । विजयनगर–३ मा रहेको बाँधको पूर्वतिरबाट माटो पटान गरी बनाइएको भाग बाढीले भत्काएको हो । प्रदेश सरकारको १५ लाखको अनुदानमा अघिल्लो वर्ष उक्त बाँध निर्माण गरिएको थियो । सो बाँधमार्फत हुने सिँचाइबाट ४ सय किसानहरु लाभान्वित हुँदै आएका डगडई […]



from समाचार – Online Khabar https://ift.tt/2Atbto2
via IFTTT
Powered by Blogger.