समाचार
९ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो […]
९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना […]
८ साउन, वीरगञ्ज । पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेमा वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका ५ जना थुनुवा पनि छन् । उनीहरु मध्ये […]
८ साउन, काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णय गरे अनुसार सरकारी वकिलले बिहीबार फैसला पुनरावलोकनको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । कोइरालाको […]
८ साउन, वीरगञ्ज । वीरगञ्ज–६ माईस्थानका श्यामनारायण वर्णवाललाई एक साताअघि ज्वरो आयो । ७० वर्षका उनलाई ज्वरो आएपछि परिवारका सदस्यले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाए । झन गाह्रो भएपछि सोमबार डा. निरज सिंहको क्लिनिकमा लगे । डा. सिंहले एडभान्स अस्पताल रिफर गरे । वर्णवालका छोरा प्रभाकरप्रसाद भन्छन्, ‘बुबालाई रातभर त्यही अस्पतालमा राख्यौं । मंगलबार बिहान […]
८ साउन, काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड प्ररेको छ । र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल […]
८ साउन, काठमाडौं । अहिले स्वदेशमा रोजगारी नपाएर छट्पटाइरहेका नेपाली युवाको जिज्ञासा छ, कहिलेबाट वैदेशिक रोजगारीमा जान पाइन्छ ? अहिले पनि श्रम गन्तव्य मुलुकबाट बिदामा आएकालाई नेपाल सरकारले फर्किनको लागि श्रम स्वीकृति दिइरहेको छ । तर नयाँ श्रम करार गरेर विदेश जान चाहनेहरू भने कहिलेबाट रोजगारी खुल्छ भनेर कुरेर बसिरहेका छन् । विदेशबाट बिदामा नेपाल […]
८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ का लागि केन्द्रीय बैंकले तय गरेको मौद्रिक व्यवस्थाप्रति प्रायः सबै क्षेत्र खुसी देखिए । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित देखिएको छ । ब्याजदर क्यापको विषयमा लघुवित्त क्षेत्रले चित्त दुखाए पनि अन्य सबै क्षेत्र खुसी देखिएका छन् । मौद्रिक नीतिले कृषि क्षेत्रलाई अझ उत्साहित पारेको छ । कृषि क्षेत्रमा […]
८ साउन, काठमाडौं । आगामी २६ र २७ गतेका लागि तोकिएको नेपाल उद्योग, वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको हो । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष […]
८ साउन, पोखरा । न घरेलु उद्योगमा दर्ता छ, न नगरपालिकामा सूचिकृत । सार्वजनिक स्रोत दोहन गर्छ, तर राजस्व बुझाउँदैन । शुक्लागण्डकी नगरपालिका–५, तनहुँमा प्रोफर क्रसर उद्योगले अवैध राज चलाएको छ । कानुनअनुसार १ असारदेखि १५ भदौसम्म ढुंगा, गिटी, बालुवा उत्खनन्, संकलन र ओसारपसार गर्न पाइँदैन । सञ्चालन अनुमति नलिएको प्रोफर क्रसरले घामपानी नभनेर रात […]
८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी संग्रहालयबाट गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालले नारायणहिटी संग्रहालयमा गणतन्त्र स्मारक राख्नु उपयुक्त नहुने बताए । ‘गणतन्त्र स्मारकका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ । जनताको आन्दोलन र सामाजिक आन्दोलनका कुराहरु राख्दै गणतन्त्रको […]
८ साउन, काठमाडौं । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मार्फत सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मक विषयमा न्यूनत्तम ‘सी’ ल्याउनै पर्ने व्यवस्था गरिएको हो । […]
८ साउन, काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला बिहीबार हात हल्लाउँदै सदरखोर डिल्लीबजारबाट निस्किए । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले पूर्वनिर्धारित जन्मकैदको सजाय ‘चर्को पर्न गएको आफ्नो चित्तमा लागेको’ भन्दै सजाय छुट दिएपछि कोइरालाको जेल अवधि छोट्टिएको हो । जघन्य अपराधमा नगण्य कारण देखाएर सजाय छोट्याइएको भन्दै सर्वोच्चको यो फैसला […]
८ साउन, काठमाडौं । रामको जन्म नेपालमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सांसदहरुले चासो देखाएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण सम्बन्धमा छलफल थियो । छलफलमा सहभागी सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारे सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् । सत्यतथ्य पत्ता लगाउनका लागि प्रधानमन्त्रीले भनेको पर्साको ठोरीमा उत्खनन गर्नुपर्ने कतिपय […]
८ साउन, बुटवल । सेवाग्राहीलाई आवश्यक परेका बेला तत्काल र सहजरुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश ५ का एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्य सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालयले एम्वुलेन्स सेवालाई सेवाग्राहीमैत्री र सूचना प्रविधिमैत्री बनाउन पहिलो चरणमा प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरेको हो । जीपीएस ट्रयाकिङ सिस्टम […]
८ साउन, काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकाको स्याउलीवाङका वासिन्दाले ६ दिनमा ३६ क्वीन्टल सलह टिपेर वडा कार्यालयमा बुझाएका छन् । असार १५ गतेदेखि गाउँको कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्डबाट सुलह संकलन गरेर गाउँलेले वडा कार्यालयमा बुझाएका हुन् । साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याएमा प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेपछि गाउँले सलह जम्मा […]
८ साउन, बुटवल । निजी शैक्षिक संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐेन अनुसार सूचिकृत गर्नुपर्ने लगायतका माग गर्दै निजी विद्यालयका शिक्षक कर्मचारीहरुले बुटवलमा प्रदर्शन गरेका छन् । श्रम ऐन अनुसारकाे सेवा सुविधा तत्काल कार्यान्वयन गर्नुपर्ने, हालसम्म खाईपाई आएको सेवा सुविधा विनाशर्त तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गर्दै शिक्षक कर्मचारीहरुले बुटवलको ट्राफिकचोकमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् […]
८ साउन, काठमाडौं । श्रीमती हत्यामा अदालतबाट दोषी ठहर भई ८ वर्ष ६ महिना जेल बसेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइराला बिहीबार रिहा भएकै दिन उनीविरुद्ध सरकार न्यायिक पुनरावलोकनमा गएको छ । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका व्यक्तिको आधाभन्दा बढी सजाय घटाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनमा जाने निर्णय गरेको हो । नौ वर्षअघि पत्नीको हत्या […]
८ साउन, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ ले कोरोना रोकथाम र व्यवस्थापनमा ७३ लाख ८६ हजार ३ सय रुपैयाँ खर्च गरेको पाइएको छ । २०७६ चैत ११ गते लकडाउन सुरु भएपछि क्वारेन्टिन बनाउन थालेको वडा कार्यालयले त्यसपछिको ७७ दिनमा गरेको खर्च विवरण बुधबार सार्वजनिक गरेको थियो । वडाध्यक्ष जनक बमले सार्वजनिक […]
८ साउन, विराटनगर । प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जारी छैठौं अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । जारी अधिवेशनको अन्तिम बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अन्त्यको घोषणा गर्नेछन् । आार्थिक […]
८ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको विवरण लुकाउने विराट नर्सिङहोम (विराटनगर अस्पताल) ओपीडी र आकस्मिक कक्ष बन्द गराएको छ । बुधबार अस्पतालकै एकजना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय र स्थानीय प्रशासनसँगको समन्वयमा बिहीबार अस्पतालको ओपीडी र आकस्मिक सेवा बन्द गरिएको हो । महानगरपालिकाको […]
from समाचार – Online Khabar https://ift.tt/2CLvWFE
via IFTTT