Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित !

८ साउन, काठमाडौं । आगामी २६ र २७ गतेका लागि तोकिएको नेपाल उद्योग, वाणिज्य महासंघको साधारणसभा पुनः स्थगित भएको छ । महासंघको बुधबार बसेको पदाधिकारी बैठकले निर्वाचन तोकिएको समयमा नगर्ने निर्णय गरेको हो । नयाँ मिति भने तोकिएको छैन । सरकारले सभा सम्मेलन गर्न अनुमति दिएको १५ दिनभित्रमा चुनाव गर्ने निर्णय भएको महासंघका वरिष्ठ उपाध्यक्ष […]

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउनुपर्छ : माधव नेपाल

८ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटी संग्रहालयबाट गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता समेत रहेका नेपालले नारायणहिटी संग्रहालयमा गणतन्त्र स्मारक राख्नु उपयुक्त नहुने बताए । ‘गणतन्त्र स्मारकका लागि छुट्टै संग्रहालय बनाउनुपर्छ । जनताको आन्दोलन र सामाजिक आन्दोलनका कुराहरु राख्दै गणतन्त्रको […]

कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

८ साउन, काठमाडौं । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन तथा प्रमाणीकरण कार्यविधि’ मार्फत सैद्धान्तिकमा ‘डि प्लस’ र प्रयोगात्मक विषयमा न्यूनत्तम ‘सी’ ल्याउनै पर्ने व्यवस्था गरिएको हो । […]

राम जन्मभूमिबारे खोजी गर्न सांसदहरुको माग

८ साउन, काठमाडौं । रामको जन्म नेपालमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सांसदहरुले चासो देखाएका छन् । बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण सम्बन्धमा छलफल थियो । छलफलमा सहभागी सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारे सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् । सत्यतथ्य पत्ता लगाउनका लागि प्रधानमन्त्रीले भनेको पर्साको ठोरीमा उत्खनन गर्नुपर्ने कतिपय […]

प्रदेश ५ का एम्बुलेन्समा जीपीएस जडान

८ साउन, बुटवल । सेवाग्राहीलाई आवश्यक परेका बेला तत्काल र सहजरुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश ५ का एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्य सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालयले एम्वुलेन्स सेवालाई सेवाग्राहीमैत्री र सूचना प्रविधिमैत्री बनाउन पहिलो चरणमा प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरेको हो । जीपीएस ट्रयाकिङ सिस्टम […]

प्युठानमा ६ दिनमा गाउँलेले टिपे ३६ क्वीन्टल सलह

८ साउन, काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकाको स्याउलीवाङका वासिन्दाले ६ दिनमा ३६ क्वीन्टल सलह टिपेर वडा कार्यालयमा बुझाएका छन् । असार १५ गतेदेखि गाउँको कोठीभीरमा आएर बसेको सलहको ठूलो झुण्डबाट सुलह संकलन गरेर गाउँलेले वडा कार्यालयमा बुझाएका हुन् । साउन २ गते गाउँपालिकाले सलह टिपेर ल्याएमा प्रतिकिलो ५० रुपैयाँ दिने निर्णय गरेपछि गाउँले सलह जम्मा […]

बोर्डिङ स्कुलका शिक्षक तलब माग्दै सडकमा

८ साउन, बुटवल । निजी शैक्षिक संस्थालाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐेन अनुसार सूचिकृत गर्नुपर्ने लगायतका माग गर्दै निजी विद्यालयका शिक्षक कर्मचारीहरुले बुटवलमा प्रदर्शन गरेका छन् । श्रम ऐन अनुसारकाे सेवा सुविधा तत्काल कार्यान्वयन गर्नुपर्ने, हालसम्म खाईपाई आएको सेवा सुविधा विनाशर्त तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग गर्दै शिक्षक कर्मचारीहरुले बुटवलको ट्राफिकचोकमा प्लेकार्डसहित प्रदर्शन गरेका हुन् […]

कोरोना नियन्त्रणमा एउटै वडाको खर्च ७३ लाख

८ साउन, कैलाली । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ ले कोरोना रोकथाम र व्यवस्थापनमा ७३ लाख ८६ हजार ३ सय रुपैयाँ खर्च गरेको पाइएको छ । २०७६ चैत ११ गते लकडाउन सुरु भएपछि क्वारेन्टिन बनाउन थालेको वडा कार्यालयले त्यसपछिको ७७ दिनमा गरेको खर्च विवरण बुधबार सार्वजनिक गरेको थियो । वडाध्यक्ष जनक बमले सार्वजनिक […]

प्रदेश १ को अधिवेशन शुक्रबारदेखि अन्त्य

८ साउन, विराटनगर । प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जारी छैठौं अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । जारी अधिवेशनको अन्तिम बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अन्त्यको घोषणा गर्नेछन् । आार्थिक […]

विराटनगर अस्पतालको ओपीडी र आकस्मिक कक्ष बन्द

८ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना संक्रमितको विवरण लुकाउने विराट नर्सिङहोम (विराटनगर अस्पताल) ओपीडी र आकस्मिक कक्ष बन्द गराएको छ । बुधबार अस्पतालकै एकजना अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय र स्थानीय प्रशासनसँगको समन्वयमा बिहीबार अस्पतालको ओपीडी र आकस्मिक सेवा बन्द गरिएको हो । महानगरपालिकाको […]

भेरी अस्पतालका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले स्रोत नखुलेको १६ लाख १३ हजार ९७५ रुपैयाँसहित अस्पतालबाट नियन्त्रणमा लिएको शाखा अधिकृत मिनराज थापाले बताए । थापाका अनुसार खनालको कार्यकक्षमा रहेको दराजबाट […]

संसदीय समितिमा कालापानी र एमसीसीबारे छलफल गर्न माग

८ साउन, काठमाडौं । सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्याबारे संसदीय समितिमा छलफलको माग गरेका छन् । विहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्बन्धी छलफल थियो । छलफलमा सहभागी सांसदहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नक्सामा समेटिएको तर, भारतीय फौज त्यस क्षेत्रबाट नहटेको भन्दै परराष्ट्रमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग राखेका हुन् । पूर्वगृहमन्त्री […]

अर्थमन्त्रीले भने-आर्थिक वृद्धि ७ प्रतिशत, २.१ प्रतिशत मात्रै-विश्व बैंक

८ साउन, काठमाडौं ।बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले ‘नेपाल डेभलपमेन्ट अपडेट २०२० प्रतिवेदन’ भर्चुअल सेमिनारमा सार्वजनिक गरे । यो प्रतिवेदनमा विश्व बैंकले सन् २०२१ (२०७७/७८)मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशत हाराहारी मात्र रहने प्रक्षेपण गरिएको छ । तर, यही प्रतिवेदन सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडाले आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने रटान दोहोर्‍याए । […]

रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० मै

८ साउन, काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथारोहण साउन १० मा नै गर्ने निर्णय भएको छ । ललितपुर महानगरपालिकामा बिहीबार बसेको गुठी संस्थान, ज्यापु समाज, ज्योतिषहरू लगायतको भेलाले शनिबार नै रथारोहण गर्ने निर्णय गरेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख राजन भुजुले जानकारी दिए । बुधबार दिउँसो पनि यही निर्णय भएको थियो । तर संस्थानले कोरोना भाइरसका […]

धार्मिकस्थलको जग्गा अतिक्रमण यकिन गर्न निर्देशन

८ साउन, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र पुरातत्व विभागका अधिकारीसँग छलफल गरी समितिले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिर लगायतका धार्मिक स्थलको जग्गा अतिक्रमण भएको वा नभएको यकिन गर्न निर्देशन दिएको हो । […]

सुदूरपश्चिम थप ३५ जनामा कोरोना पुष्टि, कञ्चनपुरका मात्रै २६ जना

८ साउन कैलाली । बिहीबार सुदूरपश्चिम प्रदेशमा ३५ जना कोरोना भाइरस -कोभिड-१९)का सक्रमित थपिएका छन् । तीमध्ये २६ जना कञ्चनपुर जिल्लाका हुन् । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ५ जना, शुक्लाफाटाका १३ र […]

अन्तर्राष्ट्रिय क्षेत्र हेर्न सांसदका ८ समूह गठन

८ साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विश्वका विभिन्न क्षेत्र हेर्ने गरी सांसदहरुको ८ वटा समूह गठन गरेको छ । हरेक समूहमा ४ जना सांसद रहेका छन् । विश्वलाई क्षेत्रगत रुपमा विभाजन गरी ती क्षेत्रका देशको समग्र विषय (सम्बन्ध, व्यापार, संस्कृति, कुटनीति लगायत) मा अध्ययन र अनुसन्धान गरी मूल समितिलाई सुझाव दिने गरी समूह […]

महालेखाको निर्देशन कुल्चिदै बीमा संस्थान

८ साउन, काठमाडौं । मुलुकभर ३९ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थान भने बेथितिको भारीले थिचिएको छ । सरकारी नीति–नियमलाई अटेर गर्दै आएको संस्थाले महालेखा परीक्षणले दिएको निर्देशनलाई पनि वास्ता गर्दैन । हरेक वर्ष साधारण सभा गर्नुपर्ने, लेखा परीक्षण गराएर पारित गर्नैपर्ने नीतिगत व्यवस्थालाई […]

अख्तियारका एक तिहाइ उजुरी स्थानीय तहका

८ साउन, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका छन् । अख्तियारको बुटवल कार्यालयका अनुसार दर्ता उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहसंग सम्बन्धित रहेका छन् । कुल उजुरीको ३६ प्रतिशत स्थानीय तहका र त्यसपछि शिक्षासम्बन्धी २५ प्रतिशत रहेको छ । स्थानीय तहमा हुने विकास निर्माण र योजनामा कमिसन खाएका लगायतका उजुरी […]

नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशी लगानी भित्र्याउन अपिल

८ साउन, काठमाडौं ।  सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री […]

बाढी पहिरोपछि दोब्बर बढ्यो तरकारीको भाउ

८ साउन, पोखरा । पोखरा नयाँ बजारकी शान्ता लिम्बुले मंगलबार किलोको ३० रुपैयाँ तिरेर तरकारी किनेकी थिइन् । बिहीबार बिहान तरकारी बजार पुगेर त्यही तरकारी किन्दा एक पाउको ३५ रुपैयाँ तिर्नुपर्‍यो । बजारमा धेरै तरकारी पनि देखिनन् उनले । सधैं भरिभराउ हुने तरकारी बजार बिहीबार लिम्बुले खाली खाली देखिन् । भनिन्, ‘तरकारी पनि छोइनसक्नु महंगो […]



from समाचार – Online Khabar https://ift.tt/2OPNYZY
via IFTTT
Powered by Blogger.